सहकारी अभियानद्वारा सर्वसाधरणका लागि कोभिड सचेतना अभिबृद्धि कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियानद्वारा सर्वसाधरणका लागि कोभिड सचेतना अभिबृद्धि कार्यक्रम

काठमाडौं । जिल्ला बचत संघ मकवानपुरको अगुवाईमा सहकारी अभियानद्वारा हेटौंडाको सीमाचोकमा स्थापित कोभिड सचेतना सहायता कक्ष आजबाट समापन भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम सहकारी अभियानले असार २९ गतेदेखि साताव्यापी रुपमा सुरु गरेको कोभिड सचेतना कक्ष प्रशासनको अनुरोधमा १७ दिन सञ्चालन भई आज समापन भएको जिल्ला बचत संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठले जानकारी गराउनुभयो । 

जिल्लाका सहकारी संघ संस्थाहरुको स्वेच्छिक सहयोगमा सञ्चालन गरिएको कोभिड सचेतना सहायता कक्ष निकै प्रभावकारी रहेको र पूर्ण अनुशासित रुपले सम्पन्न भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । न्यूनतम एक हजार र अधिकतम दश हजारसम्मको स्वेच्छिक सहभागिता रहने गरी तयार भएको कोषबाटै सहायत कक्ष निर्माण, स्यानिटाइजर तथा मास्क खरिद, परिचालित कर्मचारीहरुका लागि खाना तथा खाजाको वन्दोवस्त र अडियो साउण्ड सिस्टमको व्यवस्थापन गरिएको थियो । 

कोभिड महामारीको समयमा मास्क नलगाई हिड्ने र सामाजिक दुरी पालना सम्बन्धी ज्ञान नभएका सर्वसाधरणहरुलाई मास्क वितरण, स्यानिटाइजर प्रयोग सिकाई, साबुन पानीले हात धुन अनुरोध गर्ने लगायतका कामहरु सहायता कक्षबाट हुने गरेको थियो । विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म जिल्लाका सहकारी संघ संस्थाका कर्मचारीहरुद्वारा उक्त सेवा सञ्चालन गरिएको थियो । दुई सिफ्टको आलोपालो प्रणालीमा सञ्चालन भएको कोभिड सहायता कक्षबाट धेरै सर्वसाधारणहरुले कोभिड सुरक्षा सम्बन्धी सूचना प्राप्त गर्नुभएको थियो । जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको निर्णय बमोजिम जिल्लाका अन्य संघ संस्थाहरुले पनि कोभिड सचेतना सहायता कक्ष सञ्चालन गरेका थिए ।

कोभिड महामारी जोखिमबाट सुरक्षित रहन नागरिकहरुलाई सचेतना अभिबृद्धि गराउने उद्देश्यले मकवानपुर जिल्ला विपद् व्यवस्थापन समितिले गरेको निर्णय सह्रानीय छ भने निर्णयको सफल कार्यान्वयनका लागि मकवानपुर जिल्लाको सहकारी अभियानको महत्वपूर्ण योगदान रहेको छ । 

कोभिड महामारी कायमै छ ! यसबाट सबैजना सचेत बनौं र सचेतना फैलाऔं । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप