बुटवलमा युथ करिअर एण्ड एक्शन सम्बन्धी प्रदेशस्तरीय गोष्ठी सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बुटवलमा युथ करिअर एण्ड एक्शन सम्बन्धी प्रदेशस्तरीय गोष्ठी सञ्चालन

रुपन्देही । राष्ट्रिय युवा परिषद्को आयोजना तथा वुटवल उप महानगर पालिका, सैनामैना नगरपालिका, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून), अन्तर्राष्ट्रिय श्रम संगठन नेपाल र आयोन नेपालको आर्थिक सहयोगमा युथ करिअर, इनिसियशन एण्ड एक्शन सम्बन्धी प्रदेश स्तरीय गोष्ठी वुटवलमा आज सम्पन्न भएको छ ।

राष्ट्रिय युवा परिषदका सञ्चालक एवम् लुम्बिनी प्रदेश संयोजक बाबुराम बन्जाडेको अध्यक्षतामा सम्पन गोष्ठीमा प्रमुख अथिति राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, विशिष्ट अथिति वुटवल उप माहानगरपालिकाका प्रमुख शिव सुवेदी, दैगिसरण गाँउपालिका का अध्यक्ष भागीराम चौधरी, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, राष्ट्रिय युवा परिषदका उप सचिव देवि प्रसाद अधिकारी, लुम्बीनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव भिम वली, जिल्ला युवा परिषदका अध्यक्षहरु, प्रदेश सदस्यहरु, विभिन्न पालिकाका अधिकृतहरु, युवा उद्यम ऋण परिचालन गर्ने साकोसका प्रतिनिधिहरुको सहभागिता रहेका थियो । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले राष्ट्रिय युवा परिषद र नेफ्स्कून बीच विगत ५ बर्ष देखी सदभावपूर्ण सहकार्य भई रहेको धारणा राख्नु भयो । परिषद्को साझेदारीमा जिरो ब्याज दरमा सहकारी मार्फत ग्रामिण क्षेत्र युवा उद्यम ऋण परिचालन प्रभावकारी रहेको धारणा राख्दै कोभिडको कारण पछिल्लो समय भुक्तानीमा केही समस्या देखिएको बताउनुभयो । कोभिड प्रभावित क्षेत्रमा देखिएको ऋण असुली समस्या समाधान गर्न परिषद र नेफ्स्कूनले समुहहरुलाई सघन अनुगमन र साक्षर गराउनु पर्ने धारणा राख्दै परिषद्सँगको सहकार्यलाई थप मजबुत बनाएर अघि बढ्ने विचार व्यक्त गर्नुभयो । 

कार्यक्रमका विशिष्ट अतिथि नगर प्रमुख सुवेदीले असल जीवन निर्वाहका लागि सीप, इलम र उद्यमशिलता हुनु पर्ने धारण राख्नु भयो । खासगरी सहकारीले उत्पादन र बजारीकरणमा विशेष जोड दिनुपर्ने बताउँदै एक व्यक्ति एक सहकारी नीति कार्यान्वयन अनिवार्य भएको विचार व्यक्त गर्नुभयो । 

कार्यक्रमका प्रमुख अथिति ढुंगेलले बैंकले कागजी प्रक्रिया र नाफामुुखी सोच राख्ने तर सहकारीले जनताको जीवनस्तर सुधारको आवश्यकतालाई नजिकबाट नियाल्ने भएकोले उद्यमशिलताको क्षेत्रमा विना धितो सहुलियत पूर्ण ऋण सहकारी मार्फत परिचालन गर्दा थप प्रभावकारी हुने धारणा राख्नु भयो । उहाँले भन्नुभयो, “युवा परिषद र नेफ्स्कूनको साझेदारीमा युवा उद्यमशिलता ऋण परिचालन गरे सँगै सरकारले सहुलिएत पूर्ण ऋणको अवधारणा अघि सारेको हो, ऋण असुली प्रक्रिया आफैमा चुनौतिपूर्ण भए पनि नेफ्स्कूनले तालिका बमोजिम भुक्तानी प्रक्रियामा उदाहरणीय काम गरेको छ ।”

युवा उद्यम कार्यक्रमको कार्यान्वयनको अवस्था र चुनौती बिषयक प्रस्तुति संघका रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले गर्नु भएको थियो । युवा उद्यमशिलता विकास सम्बन्धी प्रस्तुतिकरण युवा उद्यमी गोपाल पाण्डेले गर्नु भएको थियो भने परिषदको बजेट तथा कार्यक्रम सम्ब्न्धका युवा परिषदका उप सचिव देवि प्रसाद अधिकारीले गर्नु भएको थियो ।

 साथै Youth Career, Initiation and Action विषयका प्रस्तुतिकरण परिषदका संञ्चालक एव प्रदेश संयोजक बाबुराम बन्जाडेले गर्नु भएको थियो उक्त कार्यक्रममा स्वागत मन्तव्य जिल्ला युवा परिषद रुपन्देहीका अध्यक्ष सरोज पोखरलले गर्नु भएको कार्यक्रमको सञ्चालन परिषदका सञ्चालक एवं नेफ्स्कूनका सञ्चालक सन्दीप सापकोटाले गर्नु भएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप