सदस्य सेवा पहुँच विस्तार गर्दै नेफ्स्कून
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सेवा पहुँच विस्तार गर्दै नेफ्स्कून

कैलाली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आफ्ना सदस्य संघ संस्थाहरुलाई प्रवाह गर्ने सेवाको पहुँच विस्तार गर्ने क्रममा आज सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको धनगढीमा धनगढी सेवा केन्द्र कार्यालय शुभारम्भ गरेको छ । 

बचत तथा ऋण सहकारी सञ्जालको सवलीकरण मार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य अनुरुप संघले सदस्य संस्थाहरुलाई सहज हुगे गरी कार्यालय सञ्जाल विस्तार गरिरहेको छ । कार्यालयको शुभारम्भ एक समारोहका बीच संघका अध्यक्ष परितोष पौड्लले गर्नुभएको थियो । उक्त समारोहको अध्यक्षता संघका सञ्चालक सदस्य तथा सुदुरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष माधव जोशीको सभापतित्वमा सम्पन्न भएको थियो भने समारोहमा विशिष्ट अतिथिको रुपमा प्रदेश सहकारी रजिष्ट्रार गोकुल प्रसाद बोहराको उपस्थिति रहेको थियो । 

त्यसैगरी राष्ट्रिय सहकारी बैंक लि. का सञ्चालक तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. कैलालीका अध्यक्ष शिवा थापा, जिल्ला सहकारी संघ लि. कैलालीका अध्यक्ष फणिराज सापकोटा, जिल्ला बचत संघ कञ्चनपुरका अध्यक्ष भवानी चन्द, नेफ्स्कून फिल्ड कार्यालय ब्यवस्थापन उप समितिका सदस्यहरु भुपेन्द्र थापा, सुरत बोगटी, बद्री प्रसाद भट्टराई, प्रेमलता देवी गौतम, साकोस म्यानेजर्स क्लबका अध्यक्ष छविलाल जैसी लगायतका सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

सुदुरपश्चिम प्रदेश अन्तर्गत डडेलधुरा र कञ्चनपुरमा फिल्ड कार्यालय सञ्चालन गरिरहेको नेफ्स्कूनले आज धनगढीमा ३३ औं सेवा कार्यालय को शुभारम्भ गरेको हो । 

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

८ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२३ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप