सदस्य सेवा पहुँच विस्तार गर्दै नेफ्स्कून
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सेवा पहुँच विस्तार गर्दै नेफ्स्कून

कैलाली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आफ्ना सदस्य संघ संस्थाहरुलाई प्रवाह गर्ने सेवाको पहुँच विस्तार गर्ने क्रममा आज सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको धनगढीमा धनगढी सेवा केन्द्र कार्यालय शुभारम्भ गरेको छ । 

बचत तथा ऋण सहकारी सञ्जालको सवलीकरण मार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य अनुरुप संघले सदस्य संस्थाहरुलाई सहज हुगे गरी कार्यालय सञ्जाल विस्तार गरिरहेको छ । कार्यालयको शुभारम्भ एक समारोहका बीच संघका अध्यक्ष परितोष पौड्लले गर्नुभएको थियो । उक्त समारोहको अध्यक्षता संघका सञ्चालक सदस्य तथा सुदुरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष माधव जोशीको सभापतित्वमा सम्पन्न भएको थियो भने समारोहमा विशिष्ट अतिथिको रुपमा प्रदेश सहकारी रजिष्ट्रार गोकुल प्रसाद बोहराको उपस्थिति रहेको थियो । 

त्यसैगरी राष्ट्रिय सहकारी बैंक लि. का सञ्चालक तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. कैलालीका अध्यक्ष शिवा थापा, जिल्ला सहकारी संघ लि. कैलालीका अध्यक्ष फणिराज सापकोटा, जिल्ला बचत संघ कञ्चनपुरका अध्यक्ष भवानी चन्द, नेफ्स्कून फिल्ड कार्यालय ब्यवस्थापन उप समितिका सदस्यहरु भुपेन्द्र थापा, सुरत बोगटी, बद्री प्रसाद भट्टराई, प्रेमलता देवी गौतम, साकोस म्यानेजर्स क्लबका अध्यक्ष छविलाल जैसी लगायतका सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

सुदुरपश्चिम प्रदेश अन्तर्गत डडेलधुरा र कञ्चनपुरमा फिल्ड कार्यालय सञ्चालन गरिरहेको नेफ्स्कूनले आज धनगढीमा ३३ औं सेवा कार्यालय को शुभारम्भ गरेको हो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

७ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

७ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप