विन्धवासिनी साकोसको एक लाख सदस्यसेवा सहित १० अर्ब सम्पत्ति पुर्याउने लक्ष्य
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विन्धवासिनी साकोसको एक लाख सदस्यसेवा सहित १० अर्ब सम्पत्ति पुर्याउने लक्ष्य

काभ्रे । काठमाडौं र काभ्रेपलाञ्चोक जिल्लाभर कार्य क्षेत्र विस्तार गरेको समुदायमा आधारित विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. ले आ.व. २०८१/०८२ सम्ममा एक लाख सदस्यमाझ सेवा र १० अर्ब सम्पत्ति पुर्याउने लक्ष्य लिएको जनाएको छ । 

साउन २१ देखि २३ गतेसम्म सञ्चालित बार्षिक समीक्षा एवं पाँचौ रणनीतिक व्यावसायिक योजना कार्याशाला गोष्ठीमा चालू आ.व. २०७८/७९ को निर्धारित लक्ष्य तथा प्रगति हासिल गर्नका लागि अपनाउनु पर्ने थप रणनीतिहरु बारे विस्तृत छलफल गरेको थियो ।

संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा आज सम्पन्न उक्त गोष्ठीमा २०७७ माघ महिनामा भएको अर्धबार्षिक समीक्षाको निष्कर्ष तथा रणनीतिहरु, कार्यान्वयनको अवस्था र गत आ.ब को वार्षिक समीक्षा तथा सबल पक्ष र सुधार गर्नुपर्ने पक्षहरुबारे छलफल भएको थियो । 

उक्त कार्यक्रममा संस्थाको कर्पोरेट कार्यालय लगायत ७ वटा सेवा कार्यालय र ७ वटा सेवा केन्द्रको गैह्र वित्तीय सेवा र लक्ष्य प्राप्तीका लागि अपनाईएका रणनीति प्रतिवेदन तथा कर्पोरेट कार्यालयका विभागीय व्यवस्थापकहरुले विभागीय प्रगति एवं रणनीति, प्रमुख व्यवस्थापकले  समष्टिगत वित्तिय प्रगति एवं लक्ष्य, ऋण उपसमितिबाट ऋण उपसमितिको प्रतिवेदन एवं रणनीति, लेखा सुपरीवेक्षण समितिले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन एवं रणनीति, लघुवित्त उपसमितिले लघुवित्त उपसमितिको प्रतिवेदन एवं रणनीति प्रस्तुत गर्नुभएको थियो भने संस्थाका सचिवले संचालक समितिले गरेका निर्णयको जानकारी गराउनु भएको थियो भने कोषाध्यक्षले समष्टिगत वित्तीय प्रगति माथि टिप्पणी गर्नुभएको थियो ।

तीन दिवसीय उक्त गोष्ठी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)को प्राविधिक सहयोगमा सम्पन्न गरिएको थियो । नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिना र तालिम अधिकृत कोमलराज अधिकारीले सहजिकरण गर्नु भएको थियो । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

११ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप