सामूहिक विकास साकोस र कल्पवृक्ष साकोस बीच एकीकरण हुने 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामूहिक विकास साकोस र कल्पवृक्ष साकोस बीच एकीकरण हुने 

रुपन्देही । तिलोत्तमा नगरपालिका वार्ड नं. ३ मा अवस्थित सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लि. र तिलोत्तमा नगरपालिका वार्ड नं. ७, भलवारीमा अवस्थित कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्था लि. का बीचमा एकिकरण सम्वन्धमा आज एक कार्यक्रमका बीच प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको छ । 

सामूहिक विकास साकोसका अध्यक्ष सुरेन्द्र कुमार वर्माको अध्यक्षतामा सम्पन्न एकीकरण सम्झौता कार्यक्रममा सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाको तर्फवाट एकीकरण कार्यदल संयोजक लक्ष्मण ज्ञवाली र कल्पवृक्ष साकोसको तर्फवाट सो साकोसका अध्यक्ष एवं कार्यदल संयोजक वेचु प्रसाद चौधरीले प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियो । 

कार्यक्रममा वोल्दै कल्पवृक्ष साकोसका अध्यक्ष चौधरीले दोहोरो सदस्यता अन्त्य गरी सबल र सुशासित संस्था निर्माणका लागि एकीकरणको आवश्यकता महसुश गरी प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । यसैगरी उक्त कार्यक्रममा सामूहिक विकास साकोसका अध्यक्ष सुरेन्द्र कुमार वर्माले सहकारी ऐन अनुसार दोहोरो सदस्यता एवं प्रभावकारी सञ्चालनका लागि एकीकरण फलदायि हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले अब छिट्ट नै यस क्षेत्रका धेरै सहकारी संस्थाहरुलाई एकीकरण अभियानमा जोड्दै लैजाने नीति संस्थाले लिएको जानकारी गराउनुभयो । हालसालै मात्र सामूहिक विकास साकोस र मणिप्रभा साकोसबीच एकिकरण सम्वन्धमा प्रारम्भिक सहमति भएको थियो । 

२०५० सालमा स्थापीत सामूहिक विकास साकोसमा हाल ८ हजार शेयर सदस्य रहेका छन् भने संस्थाको कुल पूँजी २ अर्व ८० करोड रहेको छ । संस्थाले गत आर्थिक वर्षमा ६ करोड ८६ लाख मुनाफा आर्जन गर्न सफल भएको छ । 
 
भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१२ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप