सहकारी व्यवस्थापक कोर्षको दोस्रो व्याचको कक्षा प्रारम्भ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी व्यवस्थापक कोर्षको दोस्रो व्याचको कक्षा प्रारम्भ 

नेफ्स्कूनले सहकारी व्यवस्थापक कोर्षमा दोस्रो व्याचको कक्षा आजबाट प्रारम्भ गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँगको सम्बन्धन प्राप्त सहकारी व्यवस्थापक कोर्षको दोस्रो चरणमा नेफ्स्कूनले २० जनालाई प्रवेश परीक्षामा छनौट गरी अनलाईन मार्फत कक्षा सञ्चालन गरेको हो । दोस्रो चरणको व्यवस्थापन कोर्षको औपचारिक शुभारम्भ एव्म अभिमुखीकरण हिजो सम्पन्न भई आजबाट कक्षा सञ्चालनमा आएको हो ।   

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारी व्यवस्थापक विषयक कक्षाका दोस्रो सत्रमा सहभागी प्रशिक्षार्थीहरुलाई हिजो आयोजित भर्चुअल कार्यक्रममार्फत स्वागत गर्नुभएको थियो । अध्यक्ष पौड्यालले, नेफ्स्कूनले सुरु गरेको सहकारी व्यवस्थापक कोर्षको पठनपाठनसँग प्रशिक्षार्थीहरुको गुणस्तर प्रमाणीकरण साथसाथै सीप विकास र कार्यशैली विकासको चरणले सफलता प्राप्त गर्ने, त्यो नै समग्र अभियानको सफलतासँग जोडिने विचार व्यक्त गर्नुभएको थियो । 

नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले शिक्षा तथा तालिमको माध्यमबाट सहकारी अभियानमा दक्ष जनशक्ति निर्माणमा सहकारी व्यवस्थापक कोर्ष कोशेढुंगा सावित हुने बताउनुभएको थियो । सिकाई निरन्तरको प्रक्रिया हो, दीगो वित्तीय सहकारी निर्माण गर्न एवम् सहकारीमा दक्ष सीपयुक्त जनशक्ति विकास गर्न तालिम उपयुक्त हुने विचार व्यक्त गनुृभएको थियो । 

६ सय घण्टाको छोटो अवधिको तालिम अन्तर्गतको सहकारी व्यवस्थापक कोर्ष कम्तिमा ९ महिनाको अवधिमा सम्पन्न हुनेछ । नेफ्स्कून र सीटीईभीटीले तयार पारेको पाठ्यक्रममा सहकारी परिचय, योजना निर्माण, सुशासन, भौतिक व्यवस्थापन, वित्तीय व्यवस्थापन, सूचना प्रविधि व्यवस्थापन, बस्तु तथा सेवाको विकास, प्रवर्धन र बजारीकरण, जोखिम व्यवस्थापन गरी १५ वटा विषयहरु तय गरी सैद्धान्तिक र व्यावहारिक पाठ्यभार छुट्याईएको छ ।

नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमल्सीनाले सञ्चालन गर्नुभएको अभिमुखिकरण कार्यक्रम सहजीकरण संघका बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिना र तालिम अधिकृत सुमन राज घिमिरे गर्नु भएको थियो । भर्चुअल कक्षामा सहभागी प्रशिक्षार्थीहरुले सहकारीको पृष्ठभूमिसहित आआफ्नो परिचय प्रस्तुत गर्नुभएको थियो भने सहकारी व्यवस्थापक तालिमको माध्यमबाट प्राप्त ज्ञान सीपले संस्थालाई स्तरीय, प्राविधिमैत्री र गुणस्तर प्रमाणिकृत बनाउन सबल व्यवस्थापकीय नेतृत्व हासिल हुनेमा विश्वस्त रहेको धारणा व्यक्त गर्नुभएको थियो । कोभिड १९ महामारीको विद्यमान परिस्थितिका कारण नेफ्स्कूनले यस बर्षको सहकारी व्यवस्थापक कोर्षको सुरुवाती कक्षा पनि भर्चुअल माध्यम मार्फत गर्ने तयारी गरेको हो । कोर्षका ८० प्रतिशत कक्षा व्यवहारिक र बाँकी २० प्रतिशत मात्र सैद्धान्तीक कक्षा हुनेछन् भने कोर्ष अभौतिक रुपमा विहान ७ बजे देखि ९ बजे सम्म सञ्चालन हुनेछ । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१९ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप