सिन्धुलीका ३ जिल्ला संघबीच एकीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीका ३ जिल्ला संघबीच एकीकरण 

सिन्धुली । जिल्लाका ३ सहकारी संघहरुबीच एकीकरण भएको छ ।  जिल्ला उपभोक्ता सहकारी संघ लि.सिन्धुली, जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि. सिन्धुली र जिल्ला सहकारी संघ लि. सिन्धुलीबीच एकीकरण भई जिल्ला सहकारी संघ लि. सिन्धुलीको नामवाट सन्चालन हुने भएको छ । एकीकरणसँगै अब सिन्धुलीमा जिल्ला संघहरुको संख्या ८ बाट घटेर ६ कायम भएको छ । जिल्ला सहकारी संघ सिन्धुलीको २०७८ भदौं ९ गते बुधवार २८ औं स्थापना दिवसका अवसरमा बागमती प्रदेश सहकारी विभागका रजिष्टार विक्रम प्रसाद पाण्डेयले एकीकृत प्रमाण पत्र हस्तान्तरण गर्नुभएको हो । प्रमाण पत्र हस्तान्तरण गर्दै रजिष्टार पाण्डेयले संख्यात्मक रुपमा जिल्ला संघहरु बढ्नुभन्दा गुणात्मक जिल्ला संघ बनाउन सिन्धुली जिल्लाको सहकारी अभियानले खेलेको भुमिकाको स्वागत स्वागत गर्नुभयो । 

निति निर्माताहरु नै ऐन तथा निति नियमावलीको परिपालक नभएको, दोहोरो संचालक, एकल नेतृत्व निरन्तर हाबी भएको जस्ता विषयहरुले अभियान शुद्धिकरण हुन नसकेको अवस्थामा अभियन्ताहरुबाटै त्याग सुरु गर्नु पर्ने जिल्ला सहकारी संघका अध्यक्ष कृष्ण राज के.सी.ले बताउनुभयो । एकीकरण त्याग वाट प्राप्त हुने भएकाले सहकारी अभियानको वृद्धि विकासका लागि “गर कि मर” को सिद्धान्त अग्रजहरुले नै अबलम्न गर्न नसके अभियानले गति नलिने भएकाले जिल्ला संघहरु वाटै मर्जरको अभियान सुरुवात गरी प्रारभिक संस्थाहरु माझ यो कार्यक्रम लैजान लागिएको एकिकृत वहुउद्धेश्य सहकारी संघका नि.अध्यक्ष खडानन्द तिमल्सिनाले बताउनुभयो ।

कोभिड प्रभावकाबीच स्थापना दिवसलाई जमघटरहित बनाई विधागत संघहरुलाई एकाकार गर्दा दिवसले सार्थकता पाउने भएकाले अन्य कार्यक्रमलाई स्थगित गरी सोही दिन एकीकरणको अवसर जुराइएको जिल्ला सहकारी संघ सिन्धुलीका महासचिव नवराज कोइरालाले बताउनुभयो । जिल्लाका ५११ प्रारम्भिक संस्थाहरुको अभिभावक जिल्ला सहकारी संघमा १७७ वटा सहकारी संघ, संस्थाहरु आबद्ध गराई ५,१२,००० सेयर पुँजी, १,९६,२७,५०० बचत सहित कुल २,०२,२२,८२६.८५ को वासलात पुगेको छ । जिल्ला सहकारी संघले पूर्ण व्यावसायिक कारोबारसहित सुविधा सम्पन्न कार्यालय तथा तालिम हलसहितको कार्यालय २०७८ असोज १ गते उद्घाटन गरेको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप