बनेपास्थित सक्षम साकोसको २७ औं स्थापना दिवसमा पुस्तक विमोचनसहित सम्मान कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बनेपास्थित सक्षम साकोसको २७ औं स्थापना दिवसमा पुस्तक विमोचनसहित सम्मान कार्यक्रम

काभ्रे । बनेपा नगरपालिका–७ स्थित सक्षम बचत तथा ऋण सहकारी संस्था लि.ले २७ औं स्थापना दिवस तथा ‘बनेपा स्तवन’ पुस्तक विमोचन कार्यक्रम गरेको छ । अध्यक्ष रमेश काजी श्रेष्ठका अनुसार २०५१ साल साउन १९ गते डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भएको सक्षम साकोसले कोभिडका कारण केही ढिलो गरी साउन ३० गते शनिवार स्थापना दिवसको कार्यक्रम गरेको हो ।

ज्ञानकाजी मानन्धरद्वारा लिखित ‘बनेपा स्तवन’ पुस्तक २०६३ सालमा पहिलोपटक प्रकाशित भएको थियो । दोस्रो संस्करणका रुपमा प्रकाशित उक्त पुस्तक सक्षम साकोसको स्थापना दिवस कार्यक्रमका अवसरमा विमोचन गरिएको थियो । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नेफ्स्कूनका पूर्व अध्यक्ष एवम् सहकारी अग्रज कैलाशभक्त प्रधानाङ्ग, राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी सुब्बा, साहित्यकार मोहन दुवाल, संस्थाको सञ्चालक समिति, व्यवस्थापन समुहसँगै सीमित सदस्यहरुको सहभागिता थियो । 

कार्यक्रममा बनेपाको कला, संस्कृति र साहित्यको क्षेत्रमा लामो योगदान पुर्याउनुभएका भुषणभूमि श्रेष्ठलाई सम्मानित गरिएको थियो भने स्थानीय पहिचान बोकेपनि हाल लोपोन्मुख ‘राजारानी’ नृत्य प्रस्तुत गरिएको थियो । सक्षम साकोसले उक्त नाच संरक्षणका लागि केही रकम सहयोग समेत गरेको छ । स्थापना दिवसको अवसरमा युटुबमार्फत गरिएको अन्तर्वार्तामा संस्थाका अध्यक्ष श्रेष्ठले ‘बनेपा स्तवन’ बनेपाको स्वस्थानी जस्तै भएको भन्दै पुस्तकमा बनेपाको इतिहास, संस्कृति, चाडपर्व, रीतिरिवाज, मानन्धरहरुको सहकार्यसम्बन्धी परम्परा आदि विषयहरु समेटिएको जानकारी गराउनुभयो ।

सञ्चालक ओमप्रसाद मानन्धरले आर्थिक पाटो मात्र नभई समाजका अगुवाहरुलाई पुरस्कृत र सम्मानित गर्ने काम संस्थाले गर्दै आएको बताउनुभयो । सहकारीको मर्म र भावनाअनुरुप संस्था अघि बढ्दै गएको उहाँको दाबी थियो । संस्थाकी प्रबन्धक पार्वती थापाले संस्थाले गरेका कामकारबाहीको बारेमा जानकारी गराउँदै कोरोना कहरबीच संस्थाको सेवा निरन्तरता योजना बारे बताउनुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१४ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१४ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप