अकूको ४० औं वार्षिक साधारण सभा भर्चुअल सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अकूको ४० औं वार्षिक साधारण सभा भर्चुअल सम्पन्न

एशियाली ऋण महासंघ (अकू) को ४० औं वार्षिक साधारण सभा भर्चुअल विधिबाट आज सम्पन्न भएको छ । कोभिड महामारीका कारण भौतिक उपस्थितिमा कार्यक्रम गर्न परिस्थिति अनुकूल नभएकाले अकूको साधारण सभा भर्चुअल आयोजना गरिएको हो । अकू अध्यक्ष योनसुक किमको अध्यक्षता रहेको सभाले वार्षिक प्रतिवेदन तथा लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ । अकूकी प्रमुख कार्यकारी अधिकृत एलेनिता भी स्यान रोकी (लेनी) ले व्यवस्थापन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सभामा आसन्न अन्तर्राष्ट्रिय क्रेडिट युनियन डे (आइसीयू डे) लाई सफल पार्न खेल्नुपर्ने भूमिका तथा आयोजना गरिने कार्यक्रमका बारेमा समेत छलफल भएको थियो । प्रत्येक वर्ष अक्टोबरको तेस्रो बिहिबार मनाइने आइसीयू डे यो वर्ष अक्टोबर २१ (कार्तिक ४ गते) मनाइँदैछ । सभामा लेनीले कोरोना महामारीले पारेको असर र त्यसको न्यूनीकरणका चालिएका कदमका बारे पनि आज धारणाहरु प्रस्तुत गर्नुभएको थियो भने वर्षभरि भएका अन्य प्रमुख गतिविधिका बारेमा पनि संक्षिप्तमा प्रस्तुतीकरण गरिएको थियो । सभाले अकूको नयाँ सञ्चालक समितिका सदस्यहरुको निर्वाचन सन् २०२२ को मार्च महिना गर्ने गरी हाललाई स्थगित गरेको छ ।

त्यस्तै, सबैभन्दा ठूलो वार्षिक भेलाले दोलखाको जनसचेतन साकोसका पूर्व अध्यक्ष सहकारी अभियन्ता यज्ञराज ढुङ्गेललाई Outstanding Credit Union Volunteer र बिन्धवासिनी साकोस, बनेपाका प्रमुख कार्यकारी अधिकृत के बि लामालाई Credit Union Executive अवार्ड गर्ने अकूको निर्णयलाई समेत अनुमोदन गरेको छ । सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका तर्फबाट अध्यक्ष परितोष पौड्याल र कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल सहभागी हुनुहुन्थ्यो । अध्यक्ष पौड्याल साधारण सभा प्रतिनिधिका रुपमा र कामु प्रकाअ पोखरेल अवलोकनकर्ताका रुपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा अध्यक्ष पौड्यालले अकूका गतिविधिहरुमा नेफ्स्कूनको पूर्ण समर्थन तथा ऐक्यबद्धता जनाउँदै साधारण सभा सफलताको कामना गर्नुभएको थियो । सभामा अकू अध्यक्ष, सञ्चालक समितिका पदाधिकारी, उच्च व्यवस्थापनसँगै एशिया प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका प्रतिनिधि तथा अवलोकनकर्ताहरुको सहभागिता थियो ।

सन् १९७१ मे १९ मा स्थापना भएको एशियाली बचत तथा ऋण सहकारीहरुको एक मात्र क्षेत्रीय महासंघ यसै वर्ष स्थापनाको ५० औं वर्ष प्रवेश गरेको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप