दिगो विकास लक्ष्य प्राप्तिमा प्रारम्भिक संस्थाको भूमिका खोज्दै पोखरा रोयल साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दिगो विकास लक्ष्य प्राप्तिमा प्रारम्भिक संस्थाको भूमिका खोज्दै पोखरा रोयल साकोस

काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संंस्था लि.ले दिगो विकास लक्ष्य कार्यान्वयनमा प्रारम्भिक संस्थाको भूमिकाका विषयमा सरोकारवालाहरुसँग रायसुझाव लिने तयारी गरेको छ । विश्व विकास र समृद्धिका साझा अवधारणामा एउटा प्रारम्भिक सहकारी संस्थाले के कस्तो भूमिका कसरी निर्वाह गर्न सक्छ र त्यसका लागि के कस्ता संरचनात्मक व्यवस्थाहरु आवश्यक छन् भन्ने विषयमा बहस चलाउनु बाञ्छनीय भएकोले पोखरा रोयलले यस विषयमा भोलि एक दिवसीय गोष्ठी आयोजना गर्दैछ । ‘दिगो विकास लक्ष्य कार्यान्वयनमा सहकारीको भूमिका’ विषयक गोष्ठी भदौं २६ गते शनिबार पोखरा महानगरपालिका १० बुद्धचोकस्थित रोयल दिदीबहिनी किचनको सभाहलमा बिहान साढे ११ बजेबाट आयोजना गर्न लागिएको साकोसले जानकारी गराएको छ ।

दिगो विकासका लक्ष्यसँग जोडेर प्रारम्भिक सहकारी संस्थाले गर्न लागेको सम्भवत यो पहिलो कार्यक्रम हो । राष्ट्रिय सहकारी महासंघले दिगो विकासका सम्बन्धमा बेलाबखत कार्यक्रम गरेपनि अन्य निकायबाट यही विषयलाई केन्द्रमा राखेर सम्भवतः हालसम्म कार्यक्रम गरिएको छैन । 

दिगो विकास लक्ष्य सन् २०१५ देखि सन् २०३० का लागि राष्ट्र संघले तयार पारेको १७ वटा लक्ष्यहरु, १६९ परिमाणात्मक लक्ष्य र २१३ सूचकहरु निर्धारण गरिएको विकास र समृद्धिको साझा अवधारणा हो । नेपाल सरकारले १५ औं योजनाको आधार पत्रसँगै आर्थिक वर्ष २०७३/७४ देखि वार्षिक विकास कार्यक्रमको विवरणमा यसका हरेक क्रियाकलापहरु कुन लक्ष्यसँग सम्बन्धित छ भनेर संकेत समेत राख्न थालेको छ भने अन्तर्राष्ट्रिय सहकारी महासंघले समेत यसलाई आत्मसात गर्दै विश्वभरका सहकारीहरुको साथ र सहयोग खोजेको छ ।

‘खासमा दिगो विकासका लक्ष्यहरु हासिल गर्न प्रारम्भिक सहकारी संस्थाको भूमिका, सम्भावना, गर्नुपर्ने कामहरु, अभिलेखीकरण आदिका विषयमा रायसुझाव र जानकारी लिन यो कार्यक्रम आयोजना गरेका हौं, ’पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले भन्नुभयो, ‘वास्तवमा हामी पनि यो विषयमा धेरैभन्दा धेरै जानकारी हासिल गर्न चाहन्छौ, त्यसैले किन यसै विषयमा कार्यक्रम नराख्ने भनेर तयारी गरेका हौ ।’ उहाँले साकोसको आसन्न साधारण सभालाई समेत ध्यानमा राखी केही ‘इनपुट’ मिल्ने अपेक्षा समेत भोलिको कार्यक्रमबाट गरेको बताउनुभयो । पोखरा रोयल साकोसको २० औं वार्षिक साधारणसभा आगामी असोज १० गतेदेखि १६ गतेसम्म आयोजना हुँदैछ । दिगो विकास लक्ष्य कार्यान्वयनमा सहकारीको भूमिका र त्यसका सम्बन्धमा कार्यालयमा गर्नुपर्ने व्यवस्था र अभिलेखका बारेमा सबैको राय सुझाव लिई पोखरा रोयले अबका दिनमा ठोस काम गर्ने रणनीतिसहित कार्यक्रमको साइत जुराइएको हो ।

‘भोलिको कार्यक्रमले साकोस सञ्चालक समिति, व्यवस्थापन समुहसँगै स्थानीय तह, जिल्ला र प्रदेशका सहकारीसम्बद्ध अधिकारीहरुका बीच दिगो विकासका विषयमा थप प्रष्ट हुने अवसर जुराउनेछ, ’प्रमुख कार्यकारी अधिकृत गुरुङले साकोस आवाजसँग भन्नुभयो, ‘हामी आफ्नो ठाउँबाट दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा काम गर्न र गरेका कामहरुको अभिलेखीकरण गरी सरोकारवालाहरुसमक्ष रिपोर्टिङ र सदस्यहरुसमक्ष जानकारी प्रस्तुत गर्न चाहन्छौं । यसले जिल्लाका अन्य सहकारीहरुलाई पनि यो संवेदनशील विषयमा गम्भीर बन्न ध्यानाकर्षण गराउने अपेक्षा र विश्वास लिएका छौं ।’ 

कार्यक्रममा गण्डकी प्रदेश, प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा.गिरीधारी शर्मा पौडेलले दिगो विकास लक्ष्य कार्यान्वयनमा सहकारीको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भन्ने आर्थिक मामिला बीट हेर्ने पत्रकारहरुकातर्फबाट पनि प्रस्तुतिकरण हुने साकोसका प्रमुख कार्यकारी अधिकृत गुरुङले बताउनुभयो । कार्यक्रममा स्थानीय सहकारी अभियन्ता र सरकारी अधिकारीहरुले पनि खुलारुपमा धारणा राख्नुहुनेछ ।

‘यसलाई बटम अप अप्रोचका रुपमा समेत लिन सकिन्छ,’ प्रमुख कार्यकारी अधिकृत गुरुङले भन्नुभयो, ‘कार्यक्रममा रोयल साकोसका अतिरिक्त जिल्लादेखि प्रदेशसम्मका सहकारी अभियन्ताहरु, आर्थिक मामिलाका विज्ञहरु र कलमजीवी पत्रकारहरु, वडादेखि प्रदेशसम्मका सहकारी कार्यालयका कर्मचारीहरुको सहभागिता रहनेछ ।’

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१९ घण्टा अगाडि

बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१९ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
बारा स्थित सिमरा महिला साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

१९ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१९ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

पाठकबाट थप