नेफ्स्कून सेवा केन्द्र लेटाङको आयोजनामा सदस्य आबद्धता अभिमुखीकरण सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून सेवा केन्द्र लेटाङको आयोजनामा सदस्य आबद्धता अभिमुखीकरण सम्पन्न 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को सुनसरी फिल्ड कार्यालय अन्तर्गत लेटाङ सेवा केन्द्रको आयोजनामा शुक्रबार सदस्य आबद्धता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नं. १, प्रदेश बचत संघका उपाध्यक्ष हरि प्रसाद सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा लेटाङ सेवा केन्द्र अन्तर्गतका १० बचत तथा ऋण सहकारी संस्थाबाट गरी १७ प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रदेश बचत संघका उपाध्यक्ष सुवेदीले बचत तथा ऋण सहकारी संस्थाहरु अब सुशासन र स्वनियमनमा चल्नुको विकल्प नरहेको बताउँदै  सहभागी साकोस प्रतिनिधिहरुलाई ढिलो नगरि नेफ्स्कूनमा आबद्ध हुन र नीति, विधि र प्रविधि प्रयोगमार्फत सञ्चालनमा आउन जोड दिनुभयो । 

कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहाल र सुनसरी फिल्ड कार्यालय इन्चार्ज पवन घिमिरेले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन लेटाङ सेवा केन्द्र प्रमुख गणेश भण्डारीले गर्नुभएको थियो ।  
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप