साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान: सहभागीहरुको बिचार
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान: सहभागीहरुको बिचार

(नेफ्स्कूनले 'साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान' विषयक प्रदेशस्तरीय कार्यक्रमको सुरुवात यही असोज १० गते गरेको थियो । पहिलो दिन प्रदेश नं २, गण्डकी र सुदूर पश्चिम प्रदेशमा कार्यक्रम आयोजना गरिएका थिए । तीमध्ये प्रदेश नं २ को कार्यक्रम महोत्तरीको बर्दिबासमा आयोजना गरिएको थियो । बचत तथा ऋण सहकारी अभियानमा संलग्न तथा सरोकारवालाहरु बीच अभियानका सामयिक सवालहरुमा साझा अवधारणा विकास गरी साझा सेवाहरुको प्रबलीकरण तथा सञ्जाल निर्माणको उद्देश्यले सञ्चालित कार्यक्रमका सम्बन्धमा सहभागीहरुको बिचार यहाँ समेटेका छौं ।)

‘लिखित सुझाव संकलन गरिएको राम्रो लाग्यो’

यज्ञ प्रसाद प्रसाई
व्यवस्थापक
नव विकास बचत तथा ऋण सहकारी संस्था लि.
चन्द्रपुर न.पा.–४, चन्द्रनिगाहपुर रौतहट ।

नेफ्स्कूनको कार्यक्रम सधैं झैं स्तरीय रह्यो । प्रदेश स्तरीय संघ संस्थालाई समेटेर विस्तारित मञ्चका रुपमा सदस्य संस्थाहरुसँग बैठक गरेर सुझाव संकलन गरेको प्रशंसनीय छ । सरोकारवाला निकायलाई निमन्त्रणा गरेर सहकारी र साकोस अभियानका जल्दाबल्दा विषयहरुमा अवगत गराइयो । प्रदेश ऐनका लागि सहकारी मन्त्रायलाई जानकारी गराइयो । सबै संस्थाका प्रतिनिधिहरुसँग सुझाव संकलनका लागी फारम वितरण गरिएको कार्य राम्रो लाग्यो ।

नेफ्स्कूनले आयोजना गरेका कार्यक्रम विषयवस्तु उपर विश्लेषण गरी समसामयिक विषयमा छलफल गरिएको हुन्छ । कार्यक्रम संचालन गर्नेहरुमा विषय वस्तुको राम्रो ज्ञान हुन्छ । हल तथा खान पान व्यवस्था पनि राम्रो छानिएको हुन्छ । यसको मतलब के हो भने पूर्व तयारी राम्रो हुन्छ । संघले लक्षित गरेका व्यक्तिहरुको उपस्थिति रामै्र रह्यो । नेफ्स्कूनले सञ्चालन गरेको स्तरीकरण कार्यव्रmममा सबै संस्थालाई आबद्ध गर्नै योजना बनाउन, बचत तथा ऋण सहकारी अभियानको सुरक्षा कवच स्थिरीकरण कोषमा सबैको योगदान सुनिश्चित गर्न खोजिएको विषय राम्रो लाग्यो । 

‘नेफ्स्कूनको हालसम्मको गतिविधि बारे स्पष्टता भयो’

निर्जला लुईटेल
व्यवस्थापक
बडहरी साकोस, धनुषा ९

समग्रमा कार्यक्रम राम्रो रह्यो । प्रदेशस्तरीय भेला आयोजना गर्नु, सुझाव र गुनासोहरुको सुनुवाई हुनु, संकलन गर्नु धेरै राम्रो काम हो । यो कार्यक्रमले नेफ्स्कूनको हालसम्मको गतिविधि बारे स्पष्टता भयो । यसैगरी, साकोसहरुको समस्या तथा सुझाव संकलन पनि भयो । साकोस एकरुपता प्रणाली तथा प्रविधिमैत्री अभियानका बारेमा स्पष्ट पारियो र धेरै सहभागीहरुले जान्ने बुझ्ने चेष्टा गर्नुभयो । सहभागिता र आयोजनाका दृष्टिले पनि बृहत् कार्यक्रम रह्यो । यद्यपि, नेफ्स्कूलने विकास गर्दै गरेको नवीन प्रविधिका बारेमा थप जानकारी हासिल गर्न मन थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप