साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियानः सहभागीहरुको विचार
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियानः सहभागीहरुको विचार

(नेफ्स्कूनले साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियानु विषयक प्रदेशस्तरीय कार्यक्रमको सुरुवात यही असोज १० गते गरेको थियो । पहिलो दिन प्रदेश नं २, गण्डकी र सुदूर पश्चिम प्रदेशमा कार्यक्रम आयोजना गरिएका थिए । तीमध्ये प्रदेश नं २ को कार्यक्रम महोत्तरीको बर्दिबासमा आयोजना गरिएको थियो । बचत तथा ऋण सहकारी अभियानमा संलग्न तथा सरोकारवालाहरु बीच अभियानका सामयिक सवालहरुमा साझा अवधारणा विकास गरी साझा सेवाहरुको प्रबलीकरण तथा सञ्जाल निर्माणको उद्देश्यले सञ्चालित कार्यक्रमका सम्बन्धमा सहभागीहरुको बिचार यहाँ समेटेका छौं ।)

‘कार्यक्रमले उत्प्रेरणा प्रदान गरेको छ’

सुधिर कुमार पाण्डे
अध्यक्ष, शुभारम्भ साकोस
विद्यापति चोक, जनकपुर

कार्यक्रम राम्रो भयो । प्रदेश नं २ मा यस प्रकारको भव्य कार्यक्रम भयो र यसको उपलब्धि पनि राम्रो भएको मानेको छु । प्रदेशको साकोस अभियानका विषयमा र नेफ्स्कूनको गतिविधिमा छलफल भएको छ । लिखित रुपमा सुझावहरु पनि पेश भएका छन् । यसबाट पनि नेफ्स्कूनका सेवाका बारेमा यहाँका संघ संस्थाका प्रतिनिधिहरुलाई सबैको सामु बोलेर भन्दा लेखर प्रतिक्रिया दिने मौका मिलेको छ । यहाँका संघ संस्थाहरुले देखाउने गरी गतिविधिहरु गर्न नसकिरहेको अवस्थामा यस प्रकारको कार्यक्रमले उत्प्रेरणा र सञ्जाल महत्व पनि थप प्रष्ट पारेको छ । म नेफ्स्कूनको जनकपुर फिल्ड व्यवस्थापन उपसमिति सदस्य भएका कारण पनि यो आयोजनाबाट एकदमै खुसी छु । नेफ्स्कूनले यहाँका साकोसहरुलाई आफ्नो र अभियानको महत्व प्रष्ट पार्न सकेको छ भने संघको आगामी साधारण सभाका लागि सुझावहरु पनि संकलन गरेको छ ।

‘सहभागीहरुको जिज्ञासा मेटियो’

नवीन कर्ण
सञ्चालक, आस्था साकोस
जनकपुर-११, धनुषा

अहिलेसम्मकै फरक कार्यक्रम लाग्यो । सहभागीहरुबाट पनि मौखिक र लिखित सकारात्मक प्रतिक्रियाहरु प्राप्त भएका छन् । खासगरी नेफ्स्कूनका सेवाका बारेमा सहभागीहरुले जान्ने बुझ्ने मौका पाए भने संघका तर्फबाट पनि प्रष्ट पार्ने कोशिस भयो । सञ्जाल विस्तार र अभियानबीच एकता, साकोस एकरुपता प्रणाली, स्थिरीकरण कोष र स्तरीकरण कार्यक्रम आदिका बारेमा धेरै सहभागीहरुको जिज्ञासा मेटियो । यस्तै नेफ्स्कूनले विकास गर्न लागेको प्रविधिका बारे पनि जानकारी पाइयो । यस्ता किसिमका कार्यक्रमहरु समय समयमा भैरहनुपर्छ । कही केही आलोचना भएमा त्यसलाई पनि सकारात्मक रुपमा लिदैं अघि बढ्नुपर्छ । आलोचनाबाट आत्तिनु हुँदैन । मुख्य कुरो कार्यक्रम, तालिम शिक्षा जस्ता विषयहरुको निरन्तरता हो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप