तुलसीपुरस्थित सहयोगी साकोसको ११ औं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तुलसीपुरस्थित सहयोगी साकोसको ११ औं बार्षिक साधारणसभा सम्पन्न

दाङ । तुलसीपुर उपमहानगरपालिका–५ मा अवस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रुप बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका का नगर प्रमुख घनश्याम पाण्डेले गर्नुभएको थियो । कार्यक्रमका अन्य अतिथिहरुमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालीसे र स्थानीय सहकारीकर्मीहरु लगायत सहभागी हुनुभएको थियो ।  

संस्थाका अध्यक्ष खत्रीले विशेष सम्बोधन गर्नुभएको साधारणसभामा सञ्चालक समितिको तर्फबाट संस्थाका सचिव दुर्गा प्रसाद शर्मा, कोषाध्यक्ष पहल बहादुर रोकाहा र लेखा सुपरीवेक्षण समितिका संयोजक लाल बहादुर के.सी.ले क्रमशः बार्षिक प्रगति प्रतिवेदन तथा चालु आ.व.को लागि प्रस्तावित बजेट तथा कार्यक्रम, आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

सदस्य केन्द्रित सेवा प्रभाव र प्रविधि विकासलाई जोड दिँदै आएको सहयोगी साकोसले आगामी दिनमा पनि समय सापेक्ष प्रविधि विकास र व्यावसायिक विकासको निरन्तरतामा जोड दिने लक्ष्य अगाडि सारेको छ । 

आ.व. २०७७।०७८ को असार मसान्तसम्म संस्थाको सेयर पुँजी १ करोड १२ लाख २७ हजार ४ सय पुगेको छ । सोहि अवधिमा संस्थाले ८ करोड ४ लाख ८ हजार ९७ रुपैया बचत संकलन, ७ करोड ८५ लाख ४८ हजार ५ सय ३५ रुपैया ऋण लगानी, १ करोड २० लाख ४९ हजार ७ सय ५५ रुपैया सञ्चालन मुनाफा गर्न सफल भएको संस्थाले जनाएको छ । 

त्यसैगरी साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी सदस्य, जेष्ठ सदस्य, वाल बचत सदस्य, २०७७ सालमा उत्कृष्ट अंक ल्याई कक्षा १२ पास गर्ने छात्र÷छात्राहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । असोज ९ गतेदेखि सदस्य उपस्थिति सहित शुभारम्भ गरिएको साधारणसभाको औपचारिक समापन असोज १३ गते गरिएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप