हाम्रो जनकल्याण, दोलखाको २४ औं वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो जनकल्याण, दोलखाको २४ औं वार्षिक साधारणसभा सम्पन्न

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को २४ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । कोभिड–१९ को संक्रमणलाई ख्याल गर्दै सहकारी विभागले जारी गरेको मार्गदर्शन अनुसार कार्य क्षेत्रका विभन्नि १४ स्थानमा क्षेत्रगत साधारण सभा आयोजना गरी साधारण सभामा सदस्यको प्रजातान्त्रिक अधिकारलाई सुनिश्चित गरिएको थियो । साथै क्षेत्रगत रुपमा छुटेका सदस्यहरुलाई मुख्य कार्यालय, अग्रगामी सेवा केन्द्र र नगद संकलन केन्द्र चरिकोटमा असोज २० गतेसम्म उपस्थिति गर्ने व्यवस्था गरी ५८.४५ प्रतिशत शेयर सदस्यको उपस्थिति र छानिएका प्रतिनिधिको उपस्थिति सहित असोज २१ गते  साधारण सभा सम्पन्न गरेको हो । 

साधारण सभाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक जिवस राज खड्काले दोलखामा मात्र नभई नेपालको बचत तथा ऋण सहकारी अभियानको एउटा राम्रो उदाहरण बन्न सफल भएको बताउँदै छिट्टै संस्थाले एकीकरणमार्फत कार्य क्षेत्र विस्तार गर्ने योजनाले संस्थाका गतिविधिहरु थप प्रभावकारी हुने बताउनु भयो । त्यसैगरी संघको तर्फबाट संस्थाले प्रस्ताव गरेका योजना तथा कार्यक्रममा सहयोग गर्न सञ्चालक समितिमा जानकारी गराउने बताउनु भयो । 

संस्थाका अध्यक्ष राजन श्रेष्ठले अध्यक्षता ग्रहण गर्दै शेयर सदस्यको अधिकतम सन्तुष्टिका लागि नीति, कार्यक्रम तथा बजेट निर्माण गरिएको र परिवर्तित परिस्थितिहरु र जोखिमको मात्रालाई समेत ख्याल गरी सदस्यमुखी कार्यक्रम मार्फत प्रतिस्पर्धी वित्तीय बजारमा संस्थालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाका सचिव मान बहादुर केसी, कोषाध्यक्ष अर्जुन कार्की र लेखा सुपरीवेक्षण समिति संयोजक भरत प्रसाद खतिवडाले शेयर सदस्यहरुले लिखित वा मौखिक रुपमा उठाएका सवालहरुको जवाफ दिनुभएको थियो । त्यसैगरी पूर्व अध्यक्ष रामचन्द्र बस्नेतले संस्थाले कहिले पनि नीति नियमको पालनामा कमजोरी नगरेको र अब शेयर सदस्यको अर्थोपार्जनसँग जोडेर लघु ऋण कार्यक्रम सञ्चालनले थप सदस्यहरुलो फाइदा लिने बताउनु भयो ।

२४ औं वार्षिक साधारण सभाको निर्णय सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले संस्था अब प्रविधिको प्रयोगलाई व्यापक बनाउँदै उद्यमशीलता प्रबद्र्धनमा केन्द्रित हुने बताउनु भयो । साधारण सभाको समपान समारोहमा उत्कृष्ट कारोबार गर्ने १४ जना शेयर सदस्यलाई नगद पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरिएको थियो । पुरस्कृत हुने शेयर सदस्यमा उत्कृष्ट शेयर खरिद गर्ने भवानी प्रसाद चौलागाई, ऐच्छिक बचतकर्ता सिता भट्टराई वली, शिवलाल चौलागाई, प्रविधिगत भुक्तानीतर्फ मनोज न्यौपाने, मासिक ऋणतर्फ कमला न्यौपाने, पासाङ तामाङ, दैविक ऋणतर्फ सुमन चौलागाई, नवराज खतिवडा, अञ्जु खड्गी, मासिक बचततर्फ भैरब बहादुर दाहाल, सोम माया बिक, दैनिक बचततर्फ सुन्दर प्रकाश खड्का, सन्तोष भुजेल र बिमा खडगी हुनुहुन्छ । 

संस्थाको असार मसान्तसम्म ७१ करोड ४८ लाख ९४ हजार सात सय ६७ रुपौयाँ बराबरको सम्पत्ति तथा दायित्व रहेको छ । त्यसैगरी ऋण लगानीतर्फ ४८ करोड ९१ लाख २४ हजार एक सय ५६ रुपैयाँ र बचत संकलनमा ५६ करोड १२ लाख ९२ हजार  ५३ रुपौयाँ रहेको छ । संस्थाले यो वर्ष ८८ लाख ३५ हजार चार सय २२ रुपैयाँ बचत नाफा गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नतेले जानकारी दिनुभयो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२० घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप