‘नेतृत्व विकास र सहज हस्तान्तरण प्राथमिक विषय हो’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘नेतृत्व विकास र सहज हस्तान्तरण प्राथमिक विषय हो’

सन्दर्भः सुयोग्य साकोसमा नयाँ नेतृत्व

काठमाडौं । काठमाडौं महानगरपालिका ३२ कोटेश्वर सेतीवती मार्गस्थित सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.ले दुरदर्शी नेतृत्व पाएको दाबी निर्वतमान अध्यक्ष चित्राकुमारी थामसुहाङ सुब्बाले गर्नुभएको छ । नेतृत्व ‘भिजनरी’ हुनुपर्छ भन्ने प्रमाणित मान्यता आत्मसात गर्दै आएको सुयोग्यमा त्यसै दुरदर्शी नेतृत्व चयन भएको उहाँले बताउनुभयो । 

‘भविष्यद्रष्टा नेतृत्व र बलियो व्यवस्थापनले मात्र संस्था अघि बढ्छ भन्ने कुरा सुयोग्यमा हिजो पनि थियो र आज पनि प्रमाणित भएको छ’ नवनिर्वाचित सञ्चालक समितिप्रति इंगित गर्दै निवर्तमान अध्यक्ष सुब्बाले भन्नुभयो, ‘‘नेतृत्व विकास र हस्तान्तरण महत्वपूर्ण कुरा हो, पद ओगटेर बस्ने भन्दा पनि उत्तराधिकारी (सक्सेसर) तयार गर्नुपर्छ भन्ने सिक्दै सिकाउँदै गरेको व्यक्तिले त्यसलाई व्यावहारिक परिणति दिन अध्यक्षको भूमिकाबाट अलग रहने निर्णय गरेँ ।’

सुयोग्य साकोसको असोज १६ गतेबाट सुरु भई असोज २१ गते सम्पन्न १४ औैं वार्षिक साधारण सभाले पम्फा न्यौपानेको नेतृत्वमा सञ्चालक समिति र प्रकाश रेग्मीको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेको थियो । पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशबप्रसाद बडालको प्रमुख आतिथ्यमा सम्पन्न सभाले उपाध्यक्षमा टेकबहादुर लिम्बु, सदस्यमा काजिमान सुब्बा, तेजप्रसाद गौतम, श्रीचन्द्र तण्डुकार, खुशमाया श्रेष्ठ र भगिमाया थामसुहाङ तथा लेखा सुपरिवेक्षण समिति सदस्यहरुमा टामलाल भुषाल र सुरेजा लिम्बु चयन गरेको थियो । देशभरका सहकारीहरुको माउ निकाय राष्ट्रिय सहकारी महासंघमा लामो समयदेखि व्यवस्थापकीय बागडोर सम्हाल्दै आउनुभएकी सुब्बाले स्थापनाकालदेखि आफु आबद्ध सुयोग्य साकोसमा १४ वर्ष अध्यक्ष भएर हिजोबाट विधिवत् विश्राम लिनुभएको हो ।

समुदायको विश्वासिलो सुयोग्य साकोसमा ‘भिजनरी’ लिडरशीप चयन भएको ‘आउटगोइङ’ अध्यक्ष सुब्बा दाबी गर्नुहुन्छ । अरुले बस्नुपर्छ भन्दा पनि नेतृत्व विकासलाई प्रश्रय दिनुपर्छ, पदलोलुप हुनुहुँदैन भनेर छोडेको उहाँले बताउनुभयो । यद्यपि, स्थापनाको सुरुवाती समयमा संस्थामा महिला नेतृत्व सर्वस्वीकार्य बन्न केही असहज पक्कै भएको इतिहास सुब्बाले भुल्नुभएको छैन । तर, क्षमता हुँदाहुँदै पनि लैङ्गिक विभेदलाई प्रश्रय दिनुहुँदैन भनेर अन्ततः स्वीकार्य भएको थियो जसले आफुलाई काम गर्ने उर्जा थपेको सुब्बा साकोस आवाजलाई सुनाउनुहुन्छ । हिजो महिला भएकै आधारमा आफुलाई अध्यक्ष बन्न केही असहज भएपनि बद्लिएको परिस्थिति र समयमा आज एकदमै सहज रुपमा अर्को महिलाकै नेतृत्व संस्थाले पाउनु अत्यन्त गर्व लाग्ने र उदाहरणीय कार्य भएकोमा उहाँ प्रशन्नता व्यक्त गर्नुहुन्छ ।

उहाँको विचारमा समुदायमा आधारित सहकारी संस्था नेतृत्व विकास र सहज हस्तान्तरण अभ्यासको अनुकरणीय पाठशाला पनि हो । महासंघकी सिद्धहस्त महाप्रबन्धक सुब्बा भन्नुहुन्छ, ‘विपन्न वर्गको आर्थिक सहभागिता, प्रजातान्त्रिक नियन्त्रण, लैङ्गिक समानता, उत्तराधिकारी विकास र व्यवस्थापन आदि जीवनोपयोगी आधारभूत सिद्धान्तहरुको प्रयोगशाला हो सहकारी । यी कोरा सिद्धान्तहरुमा प्राण भर्ने अभ्यास सुयोग्यले गरेको छ ।’ 

महासंघबाट हालसम्म हासिल गरेको अनुभव र सिकाइहरु सुयोग्यको ‘सुयोग्य’ सञ्चालक समिति र ‘शिल्पी’ व्यवस्थापनमा सञ्चार गर्न सकेकोमा उहाँलाई कम गर्व छैन । आफुले जानेसिकेको कुरालाई संस्थामा लागू गरेको दाबी थामसुहाङ गर्नुहुन्छ । सहकारी संस्थालाई सफल बनाउन सञ्चालक समितिको अहम भूमिका त हुन्छ नै त्यो भन्दा बढी जिम्मेवारी व्यवस्थापन समूहको हुन्छ । 

धेरै जना आफुसँगै काम गरेका साथीहरु सञ्चालक समितिमा निर्वाचित भएको र आफु रहँदाको व्यवस्थापन समूह नै कायम रहेकोले संस्थामा अनुभवको कुनै कमी नहुने विश्वास उहाँले व्यक्त गर्नुभयो । नयाँ नेतृत्व निर्विरोध चयन भएको हो । यसले पनि सञ्चालक समितिप्रति सबै सदस्यको पूर्णत विश्वास रहेको पुष्टि गर्दछ । 

कडा वित्तीय अनुशासनमा रहेको संस्थामा रहेको संस्थामा सञ्चालकहरुले हालसम्म पेश्की समेत नलिएको उहाँले बताउनुभयो । लेखा सुपरिवेक्षण समिति संयोजकले पनि नीतिगत कडाइ बढी भयो कि भनेर कुरा उठाउने गरेको स्मरण निवर्तमान अध्यक्ष थामसुहाङ गर्नुहुन्छ । बचत तथा ऋण सहकारी संस्था भएका कारण वित्तीय अनुशासन पहिलो कुरा हो । त्यसमा हामी सधै सचेत रह्यो र अबको नेतृत्व झनै रहने विश्वास छ । ‘मैले सही नेतृत्वलाई जिम्मा लगाएर छोडेँ, अब झनै सुयोग्यको योग्यताले उचाइ लिनेमा ढुक्क छु’ निवर्तमान अध्यक्ष थामसुहाङ भन्नुहुन्छ, ‘संस्थाको हरेक कृयाकलापमा साथ र सहयोग गर्ने मात्र होइन आवश्यक पर्दा आगामी दिनमा सल्लाह सुझाव समेत प्रदान गर्नेछु ।’

सहकारी ऐन २०७४ र नियमावली २०७५ निर्माणको चरणबाटै कैयौं छलफलहरुमा आफु सहभागी भएको र विभिन्न अन्तर्राष्ट्रिय कायदाकानुनका बारे जानकार रहेकाले कानुनी प्रावधानहरुलाई व्यवहारमा परिणत गर्दा आइपर्ने सफ्ठ्यार अफ्ठ्याराहरुसँग संस्थामा लागू गर्ने बेलामा निक्कै राम्रोसँग अभ्यस्त भएको समेत उहाँले बताउनुभयो । ‘त्यस हिसाबले हेर्दा आफु सहभागी भएर निर्माण गरेका कानुनहरु एक्सपेरिमेन्ट गर्ने प्रयोगशाला वा थलो सुयोग्य साकोस भयो जसले संस्था र मलाई व्यक्तिगत रुपमा राम्रो लर्निङ भयो ।’ 

२०६४ साल फागुन २१ गते २७ जना सेयर सदस्यहरुबाट २ लाख ७० हजार पुँजी संकलन गरी स्थापना भएको सुयोग्यमा हाल ८ कर्मचारी कार्यरत छन् । सेयर सदस्य १३ सय छन् भने साढे २६ करोड रुपैयाँ साकोसले परिचालन गरेको छ ।

१४ वर्षको उपलब्धिको संक्षिप्त समीक्षा गर्दै निवर्तमान अध्यक्ष सुब्बा भन्नुहुन्छ, ‘मुख्य कुरो समुदायको विश्वास आर्जन गर्न सफल भएको छ । २ वर्षअघि संस्था आफ्नै भवनबाट कारोबार सुरु गर्न सफल भयो । आफ्नै भवन हुनुमात्र दिगोपनाको परिचय नभएपनि वित्तीय सूचकहरुमा असर नपर्ने गरी र व्ययभार थेग्न सक्ने गरी आफ्नै बुताबाट त्यो सम्भव हुनु उपलब्धि नै हो ।’ भवन निर्माणका लागि कोष स्थापना गरिएको र सदस्यहरुले स्वेच्छाले रकम सहयोग गरेको उहाँले सुनाउनुभयो । सबैको साथ र सहयोगले कुनै ठूलो भारविना भवन निर्माण सम्पन्न भएको सुब्बाले बताउनुभयो ।

सदस्य तथा सेवा केन्द्र विस्तार र कारोबारको आयातन फराकिलो भन्दा पनि समुदायमा आधारित रही भएका सदस्यहरुलाई सन्तुष्टि प्रदान गर्ने काममा सफलता प्राप्त भएकोले सन्तोषको सास फेर्ने प्रशस्त ठाउँ भएको सुब्बा सगौरब सुनाउनुहुन्छ । ‘संख्या र अङ्क पनि चाहिन्छ तर सहकारी संस्थाको सफलताको मुख्य कडी  सदस्य सेवा र सन्तुष्टि हो भन्ने लाग्छ, ’ उहाँ भन्नुहुन्छ, ‘त्यस अर्थमा हामी अन्य सफल संस्था भन्दा कम छैनौं । गर्न बाँकी धेरै होला तर प्राप्त उपलब्धिहरु कम छैनन ।’

सदस्यको विश्वासका कारण हालसम्म संस्थामा कुनै प्रकारको तरलता संकट नभएको उहाँले जानकारी गराउनुभयो । कोभिड महामारीको सुरुवाती चरणमा संस्थाले विपन्न सदस्यहरुलाई २ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको थियो भने कोभिडको दोस्रो चरणमा सदस्यहरुलाई पोषण प्याकेज उपलब्ध गराएको थियो । उक्त प्याकेज २६ जना सदस्यले लिएको उहाँले बताउनुभयो ।

नेपालीहरुको महान चाड बडादशैंको सुभारम्भकै शुभसाइतमा निर्वाचित सुयोग्यको सञ्चालक समितिलाई साकोस आवाजको बधाईसँगै कार्यकाल सफलताको अग्रिम शुभकामना ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप