खुसी खुसी साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
खुसी खुसी साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ८, मातातीर्थमा मुख्य कार्यालय र कीर्तिपुर नगरपालिका वडा नं ५, छुगांमा सदस्य सेवा केन्द्र सञ्चालन गरी वित्तीय सेवा प्रदान गरिरहेको खुसी खुसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । च.नं.पा वडा नं ८, मातातीर्थ स्थित हाम्रो मार्टमा हिजो सम्पन्न १३ औं साधारण सभाको प्रमुख अतिथि बागमती प्रदेशका सांसद् रमा आले मगरले उद्घाटन गर्नुभएको थियो । विशिष्ट अतिथि चन्द्रागिरि नगरपालिकाका उप–प्रमुख लिसा नकर्मी र वित्तीय क्षेत्रका विशिष्ट व्यक्तिहरू उपस्थिति कार्यक्रममा विभिन्न पुरस्कार तथा सम्मान पनि प्रदान गरिएको थियो । 

संस्थाको नियमानुसार यस वर्षको उत्कृष्ट कर्मचारी पुरस्कारमा क्यासियर सलिना महर्जन, बजार प्रतिनिधि सुर्मिला महर्जन र चेयरम्यान अवार्ड विमश थापा रहेको घोषणा गरिएको थियो । त्यसैगरी संस्थाको समग्र हितका लागि विभिन्न भूमिकाबाट सहयोग प्रदान गर्नुभएकोमा नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेलाई प्रमुख अतिथि सांसद् आले मगरले दोसल्ला र सम्मान पत्रसहित सम्मानित गर्नुभएको थियो । विगतमा नेफ्स्कूनको कलंकी फिल्ड कार्यालय इन्चार्ज रहनुभएका घिमिरेलाई खुसी खुसी साकोसको विकास, संस्थागत सुशासन, वित्तीय सबलता, कर्मचारीहरुको क्षमता अभिवृद्धि लगायत विविध कार्यमा पुर्याएको योगदानको कदरस्वरुप सम्मानित गरिएको संस्थाले जनाएको छ ।

प्रमुख अतिथि सांसद् आले मगरले पुरस्कृत कर्मचारीहरूलाई नगदका साथै प्रमाण पत्र र सम्मानित व्यक्तिलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । संस्थाको अध्यक्ष वटुकृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका संस्थापक रामप्रसाद अधिकारीले सञ्चालन गर्नुभएको थियो । उद्घाटन सत्रमा संस्थाका अध्यक्ष, कोषाध्यक्ष र लेखा समिति संयोजकले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप