प्रजातन्त्रको सुगन्ध नै ‘डाइलग’ हो 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रजातन्त्रको सुगन्ध नै ‘डाइलग’ हो 

ऋषिराज घिमिरे
पूर्व अध्यक्ष, नेफ्स्कून

(नेफ्स्कूनले असोज २० गते बुधवार काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान’ कार्यक्रममा एशियाली ऋण महासंघ-अकूका पूर्व अध्यक्ष, नेफ्स्कूनका पनि पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार घिमिरेले प्रस्तुत गर्नुभएको विचारको सम्पादित अंश)


‘मैरा त गाउँमा म जादाँ, यत्रो बडेमानको बोर्ड रै'छ
के होला भनी हेरेको, सहकारी संस्था पो रै'छ’ 

सहकारी विकासको प्रारम्भिक चरणमा हामी गाउँ गाउँ पुग्थ्यौं । ठाउँ ठाउँमा सहकारी संस्था खोल्न प्रेरित गर्थ्यौं । तत्कालीन नेफ्स्कून सञ्चालक समितिका साथीहरु अहोरात्र खट्नुभयो । यसैक्रममा हामी रौतहट जिल्लाको मैरा भन्ने ठाउँमा पुग्यौं । त्यहाँ एउटा बचत ऋण सहकारी संस्थाको भव्य कार्यक्रम भैरहेको थियो । धरै वर्षअघिको त्यो विकट गाउँमा ठूलो साइनबोर्ड र त्यसमा पनि सहकारी संस्थाको देखर एक व्यक्ति खुसी भएँ । किनकि, त्यो गाउँमा त्यसबेला कुनै पनि संस्थाको साइनबोर्ड थिएन । कार्यक्रममा अतिथि पत्रकार, अध्यक्ष, सञ्चालकहरु आदिको नेमप्लेट राखिएको थियो । उक्त कार्यक्रममा ती व्यक्तिले तामाङ सेलो भाकामा माथिको सहकारी गीत सुनाएको स्मरणमा आउँछ ।

उक्त व्यक्तिबाट सहकारी संस्थाको साइनबोर्ड देख्दाको खुसी स्वभाविक रुपमा मञ्चबाट दर्शकश्रोता समक्ष अभिव्यक्त भएको थियो । सहकारीप्रतिको मोह र लगाव यसले पनि प्रष्ट पार्दछ । त्यस्ता संक्षिप्त तर दीर्घजीवी स्मरणहरुले सहकारीमा काम गर्ने हामीहरुलाई बेग्लै उर्जा दिन्थ्यो । सहकारी मेलो लाग्ने सिलसिलामा देशका अन्तरकुन्तर पुगियो । २०५०/५१ साल तिरको कुरा हो । कथा नारायणी बचत तथा ऋण सहकारी संस्थाको हो । नेफ्स्कूनको सदस्य नारायणीले त्यतिबेला मासिक ५ रुपैयाँको दरले सदस्यहरुबाट अनिवार्य बचत गराउदथ्यो । साधारण सभा सम्म आइपुग्दा मुस्किलले जम्मा १५ हजार रुपैयाँ जम्मा भएको थियो तर संस्थामा उत्साह भने करोडौंको । समुदायमा आर्थिक, सामाजिक जागरणको प्रारम्भ भएको थियो । यस्ता घटनाको प्रभाव चिरस्थायी हुन्छ ।

आज कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, लगायत बागमती प्रदेश भित्रका जिल्लाहरुबाट राम्रो सहभागिता देखेँ । यहाँ सहभागी संस्थाले सदस्यहरुलाई नियमित मासिक बचत गराइरहनुभएको छ । दिगो बचत गराउने अभ्यास पनि केही संस्थाले गरेको पाएँ । 

आज यो कार्यक्रममा सहभागी भैरहँदा मलाई विभिन्न विचारहरु मनमा आएका छन् । जब विचारको कुरा आउँछ तब म सहकारी सम्झिन्छु । विचार अभिव्यक्ति गर्ने हक सबै सदस्यलाई समान रुपमा हुन्छ सहकारीमा । हरेक संस्थामा नयाँ थपिने सदस्यले दुइवटा कुरा बोकेर आएको हुन्छः एउटा ज्ञान, अनुभव सीप, विचार (धेरै जसो अवस्थामा पछि सदस्य बन्नेहरु युवावयका हुन्छन् जसले नवीन विचार, उर्जा, सुझाव र क्षमता बोकेर आएका हुन्छन् र भोलि संस्थाको अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष हुन लायक व्यक्ति) वा भनौं सरस्वती र सेयर तथा बचत अर्थात् लक्ष्मी । हरेक नयाँ थपिने सदस्यले लक्ष्मी र सरस्वती दुबै बोकेर आएको हुन्छ । त्यसैले हरेक सदस्यलाई प्रेम र इज्जत गर्न सिक्नुपर्छ । यसको गतिलो उदाहरण भारतको अमुल सहकारीको नामाकरणसँग जोडिएको प्रेरणादायी किस्सा हो ।

गुजरातको आनन्द सहरमा छ अमुलको कार्यालय । त्यहाँ राष्ट्रिय सहकारी महासंघको संयोजनमा सन् २००३ मा एक महिना सहकारी अध्ययन गर्ने अवसर पाएको थिएँ । त्यहाँको दुग्ध सहकारी स्थापना गर्ने व्यक्तिको नाम हो डा. भिकुरियन । सहकारीको नाम राख्ने बेलामा हलमा सबै सदस्यहरु जम्मा भएका थिए । विविध नाम सुझाइयो, छलफल भयो तर कुनै पनि नामसँग हलको उर्जा जोडिएन । सबैभन्दा पछाडि झुत्रे कपडा र चप्पलमा सेफ्टीपीन लगाएको एक कर्मचारीले ‘अमुल’ भने । हलमा फेरि उर्जा आएन । सहभागीहरुमध्येबाट कसैले सोध्यो ‘के हो अमुल भनेको ?’ उसले ‘आनन्दनगर मिल्क युनियन लिमिटेड’ भनेँ । त्यो जवाफसँगै हल तालीले गुञ्जायमान भयो । किनकि त्यसले सही अर्थमा सहकारीको प्रतिनिधित्व गरेको थियो । सहरको नाम, दुधको नाम, संगठनको नाम र लिमिटेड पनि भएकाले सबैले तालीको कर्तलध्वनिले सहमति जनाए । त्यो झुत्रे मान्छेले दिएको नाम आज बहुराष्ट्रिय सहकारीको रुपमा विश्व चर्चित छ ।

त्यसैले सम्वाद नै प्रजातन्त्रको मर्म, आत्मा वा सुगन्ध हो । (Dialogue is the essence of democracy) ‘डाइलग’, ‘टक’, ‘डिबेट, ‘कन्भरसेसन’, ‘हार्ड टक’, ‘टेबल टक’ हुन्छ र कहिलेकाही ‘क्वारल’ पनि हुन्छ, तर यस्तै शान्तिपूर्ण बहसको मन्थनबाट निष्कर्ष निस्कन्छ । प्रजातन्त्रको सुगन्ध नै ‘डाइलग’ हो । ‘डाइलग’ हुँदैन भने कुनै पनि नयाँ विचार जन्मदैन ।

आज ५ वटा समूहबीच डाइलग भएको छ । हरेक समूहको डाइलगबाट निष्कर्ष निस्केको छ । नेफ्स्कूनले पनि आज धैरेभन्दा धेरै ‘डाइलग’ होस भनेर कार्यक्रम गरेको छ । विषयकेन्द्रीत छलफलले राम्रो नतिजा निकाल्छ भन्ने कुरा आज यहाँहरुले दिनुभएको लिखित सुझावहरुमध्ये एउटामा मेरो अलि बढी नै चासो रहेको छ । ‘बचत ऋण सहकारीको छुट्टै ऐन चाहिन्छ कि चाहिदैन ?’ भन्ने प्रश्नमा १ सय १९ जनाबाट जवाफ प्राप्त भएको छ । आजको मात्र हो यो, अन्य प्रदेशमा यस्तै गरी आएका छन् । १ सय ६ जनाले छुट्टै ऐन चाहिन्छ भन्नुभएको छ, १३ जनाले पर्दैन भन्नुभएको छ २ जनाले थाहा छैन भन्नुभएको छ । अब जनमत प्राप्त भैसक्यो । क्रेडिट युनियन एक्ट चाहिन्छ भन्ने जनमत बनिसक्यो । मलाई साकोस ऐन भन्दा पनि क्रेडिट युनियन एक्ट भन्ने पदावली ठीक लाग्छ किनकि यसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दछ ।

जापानको IDACA (The Institute for the Development of Agricultural Cooperatives in Asia) भन्ने इन्स्टिच्युटमा करिब अढाई महिनाको अध्ययन भ्रमणको अनुभव सुनाउँछु । त्यसबेला भर्खर भर्खर इमेलको सुरुवात भएको थियो । अहिलेको जस्तो मोबाइल, प्रविधि तथा सामाजिक सञ्जालको विकास भैसकेको थिएन । जापानमा पनि थिएन । एउटा कोठामा १५ वटा कम्प्युटर राखिएका थिए । त्यही कम्प्युटर कोठामा हामीलाई फर्म भर्न दिइयो । त्यहाँको सुविधा, बसाई, कम्प्युटरहरु कस्तो लाग्यो आदि सबै प्रश्नहरु समावेश थियो । मैले त सबै राम्रो राम्रो लेखेँ किनकि पहिलोपटक जापान पुगेको र त्यस किसिमका सेवा सुविधाहरु उपलब्ध थियो ।

नराम्रो किन लेख्नु भन्ने सोचेँ । तर, फिलिपिन्स, इन्डोनेसिया र भियतनामका साथीहरुले कम्प्युटर पुरानो छ, सीपीयू पुरानो छ, स्क्रिन पनि पुरानो छ, तार पनि पुरानो छ, टेबल पनि पुरानो छ भनेर लेखे । मैले ‘किन तिमीहरुले यस्तो लेख्या’ भनेर सोध्दा ‘चाहिने कुरा त लेख्नुपर्यो नि, पुरानो र नराम्रो कुराहरु त लेख्नुपर्यो नि’ भने । त्यसको सात दिन एउटा प्रान्तमा घुमेपछि भोलिपल्ट फर्कदा त्यो कम्प्युटर कोठा त अर्कै देखियो । कम्प्युटर, तार, स्क्रिन टेबल, कार्पेट आदि सबै नयाँ राखिएको थियो । हामी १३ मध्ये ३ जनाले मात्र कम्प्लेन गर्दा, एक साताबीचमा ती सबै कम्प्लेन सुनुवाइ भैसकेको थियो । यसैले जनमतको कदर महत्वपूर्ण हुन्छ भनेको । त्यसैले आजको कार्यक्रमबाट प्राप्त ‘साकोस ऐन आवश्यक छ’ भन्ने सुझाव वा जनमतको कदर गर्दै नेफ्स्कूनले शीघ्रातिशीघ्र काम अघि बढाउनुपर्छ ।

आजभन्दा २५ वर्ष अघि २०५३ सालमा ‘काभ्रे टाइम्स’ मा प्रकाशित मेरो लेखमा अब बचत ऋण सहकारीको लागि छुट्टै ‘क्रेडिट युनियन एक्ट’ चाहियो भनेर लेखेको छु । २५ वर्षअघि लेखेको, बोलेको कुरामा जनमत बलियो बन्दैछ । पछि मेरो अध्यक्षताको कार्यकालमा सञ्चालक समितिले पास गरेर नियामक निकायमा २ पटक बुझाएका थियौं । तर, त्यो बेला बुझाएको मस्यौदामा धेरै संशोधन आवश्यक छ । डिजिटाइजेसन, स्थिरीकरण कोष, भर्चुअल बैठकका कुरा, प्रतिनिधिमुलक, क्षेत्रगत साधारण सभा, विस्तारित मञ्च सँगै नयाँ सहकारी ऐन र नियमावली आदिमा सम्बोधन भएका विषयहरुलाई पनि समाहित गर्नुपर्ने हुन्छ । अब सञ्चालक समितिका साथीहरुले नसुतिकन क्रेडिट युनियन एक्टका लागि बहसपैरवीलाई अघि बढाउनुपर्छ । पद हुँदा मात्र काम गर्न सकिन्छ । पद खुस्केपछि बोल्ने मात्रै हो गर्ने केही पनि होइन । हस्ताक्षर चल्दैन । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप