मिलिजुली कालिञ्चोक साकोसको २८ औं वार्षिक साधारण सभा उद्घाटन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मिलिजुली कालिञ्चोक साकोसको २८ औं वार्षिक साधारण सभा उद्घाटन

चरिकोट, दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि.चरिकोट, दोलखाको २८ औं बार्षिक साधारणसभाको कार्यक्रमहरु सुरु भएको छ । आज संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षतामा तथा जिल्ला सहकारी संघ लि. दोलखाका अध्यक्ष हेमन्त चौलागाई को प्रमुख आतिथ्यतामा साधारणसभा उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रम जिल्लास्थित भीमेश्वर एफएम, हाम्रो रेडियो, जिरी एफएम, कालिञचोक एफएम र शैलुङ्ग एफएम तथा संस्थाको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामदाश श्रेष्ठ र प्रमुख अतिथि हेमन्त चौलागाईले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । शुभकामना मन्तब्यको क्रममा संस्थापक अध्यक्षले संस्थाको गर्विलो ईतिहास सुनाउँदै संस्थाले गरेको सदस्य सेवाको प्रशंसा गर्नु भएको थियो । यसैगरी कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला सहकारी संघ लि.दोलखाका अध्यक्षले शुभकामना मन्तब्यको क्रममा सहकार्यनै सहकारी संस्थाहरुको गहना भएको कुरामा जोड दिदै संस्थामा भएको ब्यावसायिक मानव संशाधन, सदस्य राहत कार्यक्रम, जेष्ठ शेयर सदस्य भत्ता कार्यक्रम, प्रविधि तथा मुस्कान सहितको वित्तिय सेवा प्रवाह, सबै सहकारी संस्थाले अनुसरण गर्नु पर्ने नेतृत्व पुर्व तालीम कार्यक्रम, शेयर सदस्य बिमा कार्यक्रम, स्वास्थ्य शिविर कार्यक्रम, सुत्केरी सहयोग कार्यक्रम अतिनै राम्रो भएकोमा प्रसंशा गर्नुभयो ।

कार्यक्रममा संस्थाको आर्थिक बर्ष २०७७/०७८ को कार्य प्रगति प्रतिवेदन र आर्थिक बर्ष २०७८/०७९ को प्रस्तावित कार्यक्रम संस्थाका सचिव श्री ठाकुर प्रसाद पाठकले र संस्थाको आर्थिक बर्ष २०७७/०७८ को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक बर्ष २०७८/०७९ को प्रस्तावित बजेट संस्थाका कोषाध्यक्ष श्री मनोज कुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । यसै गरी संस्थाको लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक श्री कृष्ण बहादुर गौतमले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्दै संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो भने संस्थाकी उपाध्यक्ष सरुणा बस्नेत (श्रेष्ठ) ले धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गर्नु भएको थियो ।

संस्थाको आर्थिक बर्ष २०७७/०७८ सम्ममा कुल शेयर सदस्य २२,८८२ कुल बाल बचतकर्ता ८,८०४ गरी जम्मा ३१,६८६ जना बचतकर्ताहरु पुग्नु भएको जानकारी संस्थाका सहायक ब्यवस्थापक रमेश सापकोटाले जानकारी दिनु भयो । आर्थिक बर्ष २०७७र०७८ मा संस्थाको कुल पूँजी रु। १,२१,९७,१९,६२४।– पुगेको छ । संस्थाले संघिय सहकारी ऐन २०७४ को परिच्छेद १२ दफा ७४ बमोजीम नेपाल एकाउन्टीङ्ग स्टयाण्डर्डले तोकेको र आईक्यानले लागु गरेको एनएफआरएस् बिधि बाट आर्थिक बर्ष २०७७/०७८ को लेखा परीक्षण गराएको संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले बताउनुभयो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

पाठकबाट थप