एकीकृत फ्रेण्डसिप साकोस दोलखाको सातौ वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकीकृत फ्रेण्डसिप साकोस दोलखाको सातौ वार्षिक साधारण सभा सम्पन्न

जिरी। दोलखाको जिरी नगरपालिका ५ स्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि. को कार्तिक छ गतेदेखि सुरू भएको सातौं वार्षिक साधारणसभा विभिन्न कार्यक्रमका साथ विहिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा भएको साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रमहरु सचिव केदार बहादुर जिरेलले प्रस्तुत गर्नुभएको थियो भने १ अर्ब १० करोड २३ लाख ९० हजार बराबरको आर्थिक प्रतिवेदन संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले प्रस्तुत गर्नुभएको थियो।

साधारणसभाको अवसरमा असल ऋणी, नियमित मासिक बचत कर्ता १ सय २० जना अधिकतम शेयरखरिद कर्ता १० जनालाई पुरस्कृत गरिएको थियो । सभाको उद्घाटन जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकीले पानसमा बत्ती बाल्दै गर्नुभएको थियो । सभामा जिरी नगरपालिकाका उपप्रमुख  कृष्णमाया बुढाथोकी, सस्थाका अध्यक्ष भुमिराज खड्का उपाध्यक्ष गोपाल जिरेल, सल्लाहकार समितिको सदस्य इन्द्र बहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टि जिरी नगर कमिटि अध्यक्ष केशव कुमार कार्की, नेपाली काग्रेस जिरी नगर कमिटि सभापति सोनाम शेर्पा, नेपाल कम्युनिष्ट पार्टी जिरी नगर कमिटिका अध्यक्ष नविन जिरेल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी जिरी नगर कमिटि अध्यक्ष् शैलेन्द्र बहादुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

आफ्ना शेयर सदस्यहरूलाई मध्यनजर गर्दै मुख्य कार्यालय सहित १२ वटा सेवा कन्द्रबाट सेवा सञ्चालन गरिरहेको संस्थाले आगामी बर्ष काठमाडौको कोटेश्वर, रामेछापको मन्थली र भुजीमा आफ्नो सेवाकेन्द्र वितार गर्ने योजना बनाएको छ । जेष्ठ नागरिकहरूलाई बृद्व भत्ता वितरण गर्दै आएको यस संस्थाले सुत्केरी स्याहार, सदस्यहरूको बिमा, मोवइल बैकिंङ सेवा, इन्टरनेट बैकिंङ, मिस्डकल बैकिंङ,  लगायतका कार्यक्रम गर्दै शेयर सदस्यहरूको मन जितिरहेको छ । २०४८ सालमा स्थापना भएको फ्रेण्डसिप सहकारी संस्थाले २०७१ सालमा एकै पटक नौ वटा सहकारी संस्थाहरूसँग  एकीकरण गरेर एकीकृत फ्रेण्डसिपको नाम बाट परिचित  सहकारी संस्थाले सदस्यहरूलाई लक्षित गर्दै विभिन्न ६५ वटा शिर्षकमा ऋण लगानी गरीरहेको छ भने २४ प्रकारमा बचत संकलन गरिरहेको छ ।  

गरिबी, व्यवसाय, उद्योगिहरूको आयआर्जनमा बृद्वि गर्न महत्त्वपूर्ण भुमिका खेलिरहेको संस्थाले सदस्यहरूको हितका लागि भन्दै पछिल्लो समयमा ब्याजदर परिवर्तन गरेको छ भने दुई  वटा बिमाका कार्यक्रम सञ्चालन गरेर सदस्यहरूलाई थप सहयोग गरिरहको छ । सहकारी संस्थाले हाल सम्म १४ वटा सहकारी संस्थासँग एकीकरण गरिसकेको छ । आगामि दिनमा पनि अन्य सहकारीहरूसँग एकीकरण गर्दै आफ्नो सेवालाई थप सहज र सरल बनाउने लक्ष्य लिएको संस्थाका अध्यक्ष भुमिराज खड्काले बताउनुभयो । जिरी नगरपालिका वडा नम्बर ५ मा मुख्य कार्यालय रहेको यस संस्थाले रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका तथा दोलखा जिल्लाको  जिरी नगरपालिका, भीमेश्वर नगरपालिका र बैतेश्वर गाउपालिकालाई कार्यक्षेत्र बनाएर सेवा प्रदान गरिरहेको संस्थाले १ करोड २७ लाख ५ हजर १ सय ८२ रुपैया खुद मुनाफा आर्जन गर्न सफल भएको संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले जानकारी दिनु भयो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप