हाम्रो एकीकृत साकोसको सेवा केन्द्र अब भक्तपुरमा पनि
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो एकीकृत साकोसको सेवा केन्द्र अब भक्तपुरमा पनि

काठमाडौं । स्वयम्भूमा मुख्य कार्यालय रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्था लि.ंको आठौ सेवा केन्द्र भक्तपुरमा हिजो उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेक प्रसाद चौलागाइले सेवा केन्द्रको उद्घाटन गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि चौलागाईं, विषेश अतिथि राष्ट्रिय युवा परिषद्का निवर्तमान कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, जिल्ला सहकारी संघ लि. काठमाडौका उपाध्यक्ष खेमराज सुबेदी, सुर्यविनायक नगरपालिका–२ का वडा अध्यक्ष कमलनाथ आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सहकारीताको माध्यमबाट समाज रुपान्तरणमा हाम्रो एकीकृत साकोसको महत्वपूर्ण भूमिका रहनुपर्नेमा बक्ताहरुले जोड दिनुभएको थियो । 

उद्घाटनका क्रममा संस्थाका अध्यक्ष परितोष पौड्यालले संस्थाले सदस्यमुखी सेवा प्रदान गर्ने बताउनुभयो । उहाँले संस्थामार्फत सदस्यहरुलाई सम्पूर्ण वित्तीय समाधान गर्ने सोच बनाएको जानकारी गराउनुभयो । समुदायमा आधारित नमुना संस्था बनाउने योजना रहेको र सदस्य तथा समुदायको चाहना बाहिर गएर संस्था सञ्चालन गर्न नहुने बताउनुभयो । 

संस्थाका उपाध्यक्ष रामहादुर कट्वालले संस्थाको विगत र भावी रणनितिक योजनाबारे प्रकाश पार्दै कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । 

संस्थाका कोषाध्यक्ष शरद वाग्लेले संस्थाको सेवा केन्द्रमार्फत ढुक्कसँग कारोबार गर्न सम्पूर्ण सदस्यहरुलाई अनुरोध गर्नुभएको थियो । उहाँले समुदायमा विविध प्रकृतिका सहकारीहरु सञ्चालनमा रहेको जानकारी गराउँदै विश्वासिलो र उत्कृष्ट सहकारीमा मात्रै बचत तथा ऋणको कारोबार गर्न सदस्यहरुलाई सचेत गराउनुभएको थियो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा प्रवर्धित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोवेशनमा सहभागी हाम्रो एकीकृत साकोसले सम्पूर्ण वित्तीय समाधान सहित सदस्यहरुका लागि दीर्घकालिन सेवा तथा सुविधा ल्याएको छ, कोषाध्यक्ष वाग्लेले भन्नुभयो, संस्थाको कारोबार बृद्धि गरी यस बर्ष करिब ६६ करोड पुँजी पुर्याउने लक्ष्य छ भने सदस्यहरुलाई वित्तीय शिक्षा सहित भक्तपुर सेवाकेन्द्रमार्फत लघुवित्त कार्यक्रम सञ्चालन गरी उद्यमशिलता विकासमा जोड्ने योजना अगाडि सारिएको छ ।” 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप