मसला उद्योगबाट ममायाको मनग्गे आम्दानी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मसला उद्योगबाट ममायाको मनग्गे आम्दानी

रौतहटको चन्द्रपुर नगरपालिका–४, कप्तानटोलकी ममाया तिमल्सिना एक सफल उद्यमी हुनुहुन्छ । स्थानीय मसला उद्योगबाट मात्रै बार्षिक दशौं लाख आम्दानी गर्ने ममायाले आफ्नै पैतृक सम्पत्तिमा खेती किसानी साथै भैसीपालन समेत गर्दै आउनुभएको छ । ७ जनाको परिवार आफ्नै खेतबारीको उब्जनी र मसला उद्योगबाट सहजै चलेको छ । 

 “मसला उद्योगबाट मात्रै खर्च कटाएर वार्षिक ८ लाख र दूध बिक्रीबाट वार्षिक १ लाख आम्दानी हुन्छ ।” उद्योगबाट नियमित आम्दानी हुन थालेसँगै एउटा पक्की घर बनाएकी छु भने, दुई छोरालाई उच्च शिक्षा पढाउन र बाँकी केही रकम सहकारीमा नियमित बचत समेत गर्न सकिएको छ, उहाँले बताउनुभयो । 

रौतहटको चन्द्रपुरस्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्थामा २०७० देखि सेयर सदस्य बनेर उहाँले नियमित ३ किसिमको बचत गर्दै आउनुभएको छ । साकोस स्थापनाको एक बर्षभित्रै सदस्य रहेकी ममाया सहकारीकी क्रियाशिल सदस्य ( सदस्य नं. १०५५) हुनुहुन्छ । साकोसको चौतारी बचत समूहमा आबद्ध रही समूहमार्फत नै बचत गर्ने, ऋण माग गर्ने र ऋणको किस्ता तिर्ने साथै नियमित बैठकमा उपस्थित भई आफ्ना बिचारहरु समेत राख्ने गर्नुहुन्छ ।
 
स्थानीय उत्पादनलाई नै प्रवर्धन गर्ने उद्देश्यसहित आजभन्दा १० बर्ष अगाडि गाउँमै सञ्चालित मसला उद्योगबाट जिरा मसला, बेसार, तिल, खुर्सानी लगायतको उत्पादनले स्थानीय साथै बाह्य बजार समेत लिएको छ । उद्यमी ममाया भन्नुहुन्छ, “मसला उद्योगबाट मात्रै खर्च कटाएर वार्षिक ८ लाख र  दूध बिक्रीबाट वार्षिक १ लाख आम्दानी हुन्छ ।”  उद्योगबाट नियमित आम्दानी हुन थालेसँगै एउटा पक्की घर बनाएकी छु भने, दुई छोरालाई उच्च शिक्षा पढाउन र बाँकी केही रकम सहकारी तथा बैंकमा नियमित बचत समेत गर्न सकिएको छ, उहाँले बताउनुभयो ।   

थोरै लगानीमा मसला पिस्ने हाते मिसिन लिएर व्यवसाय सुरु गर्नुभएकी ममायाले मसलाको माग बढेसँगै हाल २ वटा स्वचालित मेसिन समेत खरिद गर्नुभएको छ । जिरा मसला सँगै अन्य मसलाहरुको पनि माग छ, त्यसैले बेसार, खुर्सानीको धुलो लगायतको उत्पादन थालिएको र पछिल्लो समय उत्पादित मसलाहरुको माग अत्याधिक बढेको उहाँले बताउनुभयो ।  

स्थानीय बजारको माग अनुसार मसला पिस्ने दुईंवटा मेसिन र प्याकेजिङको लागि दुईवटा मेसिन छन् । हातले काम गर्दा ढिलो हुने र बजार माग धान्न नसक्नेभएपछि मेसिन थप गरियो । उहाँले बताउनुभयो, “उद्योगको लागि चाहिने आवश्यक कच्चा पदार्थ स्थानीय स्तरमा नै जुटाउने गरेका छौं । प्याकिङको सामान भैरहवाबाट प्रिण्ट भएर आउँछ । हाम्रो उद्योगबाट उत्पादन भएका सामाग्रीहरु चन्द्रपुर नगरपालिकाका बजारहरुको साथै निजगढ बजार सम्म आपूर्ति हुन्छ । व्यापारीहरु हाम्रो उद्योग मै आएर सामानहरु लाने गर्छन् । उत्पादन भएका सामानले बजारको माग धान्नै मुस्किल छ ।”

उहाँको परिवारमा श्रीमान, दुई छोरा, दुई बुहारी र एक नाति सहित ७ जना हुनुहुन्छ । उद्योगले उहाँका श्रीमान श्रीमती र दुई छोराबुहारी सबैलाई रोजगारी दिएको छ । मसला उद्योग सँगै उहाँको घरमै किराना पसल पनि छ । मसला उद्योगमा लगानी बढाउन स्वस्तिक साकोसबाट लिइएको ३ लाख व्यावसायिक ऋणको नियमित किस्ता पनि बुझाइरहनुभएको छ । 

स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले ग्रामीण क्षेत्रका महिला दिदीबहिनीहरुलाई समूहमा आवद्ध गराई बचत तथा ऋणको कारोबार मार्फत उनीहरुको आयआर्जनमा टेवा पुर्याउँदै आइरहेको छ । अझै ग्रामीण क्षेत्रका धेरै भन्दा धेरै दिदीबहिनीहरुलाई सहकारीमा आवद्ध गराई उहाँहरुको आर्थिक समृद्धिको लागि सरल रुपमा ऋण प्रवाह गर्न उहाँ स्वस्तिक बचत तथा ऋण सहकारी संस्था समक्ष अनुरोध  समेत गर्नुहुन्छ । 

उद्यमी ममाया भन्नुहुन्छ, “सहकारी संस्थाले सकेसम्म कम ब्याजमा ऋण उपलब्ध गराएर आवद्ध सदस्यहरुको आर्थिक जिवनस्तर सुधारमा टेवा पुर्याओस साथै अझ धेरै सदस्य एवम् पुँजी बृद्धि गरी सबल संस्था निर्माण होस्, शुभकामना । ”

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

पाठकबाट थप