नवलपरासी पश्चिमका २ साकोस कर्ब्स कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवलपरासी पश्चिमका २ साकोस कर्ब्स कार्यक्रममा आबद्ध

नवलपरासी पश्चिमका २ वटा बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) मा आबद्ध भएका छन् । सरावल गाउँपालिका–१, तिलकपुर नवलपरासी पश्चिमस्थित तिलकपुर महिला बचत तथा ऋण सहकारी संस्था लि. र सुस्ता गाउँपालिका–२, महलबारीस्थित श्री महर्षि बचत तथा ऋण सहकारी संस्था लि. साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी नेफ्स्कूनले सञ्चालन गरेको लोकप्रिय कार्यक्रम कर्ब्समा आबद्ध भएका हुन् ।

दुबै साकोसहरुसँग आज औपचारिक सम्झौता भएको हो । सम्झौतापत्रमा तिलकपुर साकोसको तर्फबाट अध्यक्ष मिना चौधरी तथा नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्काले हस्ताक्षर गर्नुभएको थियो । उक्त सम्झौता तिलकपुर साकोसकी उपाध्यक्ष सत्य देवी चौधरी, सचिव सविता महतो, कोषाध्यक्ष गंगा चौधरी तथा लेखा सुपरिवेक्षण समिति संयोजक अनुपा कुमारी चौधरी तथा नेफ्स्कूनका व्यवसाय सहायक नेत्र प्रसाद सापकोटाको रोहबरमा हस्ताक्षर गरिएको थियो । यसअघि नेफ्स्कूनका कार्यक्रम अधिकृत खड्काले तिलकपुर साकोसका सञ्चालक तथा व्यवस्थापन समूहलाई जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रमका सम्बन्धमा अभिमुखीकरण गर्नुभएको थियो ।

यस्तै, श्री महर्षि साकोसको तर्फबाट सम्झौतामा अध्यक्ष डिल्लीराम काफ्ले तथा नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्काले हस्ताक्षर गर्नुभएको थियो ।  साकोसका सचिव सागरमणि पाण्डेय, सञ्चालक सदस्य इश्वर प्रसाद उपाध्याय, व्यवस्थापक थिरलाल अधिकारी तथा नेफ्स्कूनका व्यवसाय सहायक नेत्र प्रसाद सापकोटा रोहबरमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । तिलकपुर साकोसको कुल सम्पत्ति ६ करोड २८ लाख बढीको छ भने श्री महर्षि साकोसको कुल सम्पत्ति  ७ करोड ८७ लाख भन्दा बढी छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप