तरकारी फलफूल साकोसको २२औं बार्षिक साधारणसभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तरकारी फलफूल साकोसको २२औं बार्षिक साधारणसभा सम्पन्न 

काठमाडौं । तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औँ बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उज्वल कार्कीको अध्यक्षतामा नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ लि.( नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा कालिमाटीमा साधारणसभा सम्पन्न भएको हो । 

साधारणसभाले अध्यक्ष कार्की, सचिव दुर्गालाल श्रेष्ठ, लेखा समिति संयोजक रामकृष्ण नेपालले प्रस्तुत गरेका प्रतिवेदन पारित गरेको छ । तरकारी फलफूल साकोसका व्यवस्थापक विमला पुडासैनीका अनुसार एक हजार सात सय ३६ सेयर सदस्य रहेको तरकारी फलफूल साकोसले गत आर्थिक वर्षमा ४३ करोड ३९ लाख ९२ हजार ६ सय २७ रुपैयाँ बचत निक्षेप संकलन गरेको छ । ६ करोड २८ लाख ३३ हजार चार सय रुपैयाँ सेयर पुँजी रहेको सहकारीले ६० करोड ४० लाख ६४ हजार ६ सय ६६ रुपैयाँ कुल सम्पत्ति आर्जन गरेको छ ।

संस्थाको गत आर्थिक वर्षमा तीन करोड ४१ लाख ४३ हजार तीन सय २१ संचालन आम्दानी र यस वर्ष चार करोड सात लाख ४२ हजार ६ सय ९६ रुपैयाँ कुल आम्दानी रहेको छ । संस्थाले दुई करोड ८५ लाख आठ हजार ३४ रुपैयाँ खुद नाफा गरेको छ । 

सहकारीको जगेडा कोषमा पाँच करोड ८९ लाख ३३ हजार ६ सय ६६ रुपैयाँ जम्मा भएको छ । आगामी चार वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले साधारणसभाले निर्वाचनप्रक्रिया अगाडि बढाएको छ । नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयनका लागि सोमबार बिहान उम्मेदवारी दर्ताको कार्यक्रम रहेको निर्वाचन समिति सदस्य अधिवक्ता विष्णु रुपाखेतीले जानकारी दिनुभयो । 

तरकारी फलफूल साकोस कालिमाटी तरकारी तथा फलफूल बजार तथा बल्खु तरकारी बजारका व्यवसायीहरू सेयर सदस्य रहेको संस्था हो । साधारणसभामा संस्थाले यस वर्षको उत्कृष्ट कर्मचारीका रूपमा व्यवस्थापक विमला पुडासैनीलाई सम्मान तथा पुरस्कृत गरेको छ । 
यस्तै, गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएका सेयर सदस्यहरूका छोराछोरीलाई पनि सम्मान गरेको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप