भक्तपुर जिल्ला बचत संघका नवनिर्वाचित समितिलाई नेफ्स्कूनद्वारा बधाई एवम् शुभकामना 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर जिल्ला बचत संघका नवनिर्वाचित समितिलाई नेफ्स्कूनद्वारा बधाई एवम् शुभकामना 

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का नवनिर्वाचित समितिलाई नेफ्स्कूनले आइताबार एक कार्यक्रमका बीच बधाई एवम शुभकामना प्रदान गरेको छ ।

भक्तपुरको सुर्यविनायकमा आयोजित कार्यक्रममा नवनिर्वाचित समितिलाई बधाई दिँदै नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बचत ऋण सहकारी अभियानमा नयाँ युगको सुरुवात गर्न नेफ्स्कून र जिल्ला संघ हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो । 

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले बचत ऋण सहकारी अभियानको विकास र प्रवर्धनमा भक्तपुर जिल्ला बचत संघको भूमिका उत्कृष्ट रहेको बताउँदै अभियानको गरिमालाई अझ उचाईमा पुर्याउन नवनिर्वाचित टीमलाई शुभकामना प्रदान गर्नुभयो । 

जिल्ला बचत संघको कार्तिक २४ गते सम्पन्न सत्रौं बार्षिक साधारण सभा तथा छैंटौं अधिवेशनबाट दोस्रो कार्यकालका लागि पुनः कृष्ण गोविन्द लाखाजुको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित भएको थियो । 

नेफ्स्कूनद्वारा आयोजित कार्यक्रममा नेफ्स्कूनका सञ्चालक समिति सदस्य माधव प्रसाद जोशी, जनक खत्री, कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, भक्तपुर फिल्ड कार्यालय इन्चार्ज पेशल कुमार खड्का उपस्थित हुनुहुन्थ्यो । 

जिल्ला बचत संघका नवनिर्वाचित अध्यक्ष कृष्ण गोविन्द लाखाजुले नेफ्स्कूनले कार्यक्रमको आयोजना गरी नवनिर्वाचित समितिलाई बधाई एवम् शुभकामना प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नेफ्स्कूनले सिकाएको मार्गमा अघि बढ्दै समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाहरुको विकास, प्रवर्धन र सुशासन कायम गराउने अभियानमा जिल्ला संघ प्रतिबद्धताका साथ अगाडि बढ्ने  विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नवनिर्वाचित समितिका उपाध्यक्ष हरि बल्ल, सचिव जगनाथ प्रजापति, कोषाध्यक्ष कान्छाभक्त घःजु, लेखा सुपरीवेक्षण समिति संयोजक बालमुकुन्द उपाध्याय, सञ्चालक समिति सदस्यहरुमा पञ्चकुष्ण श्रेष्ठ, इन्द्र प्रसाद ब्यान्जु, काजी बहादुर पञ्च, सन्तोषी खतिवडा, कृष्णेश्वरी प्रजापति र लेखा समिति सदस्यहरु सुशिला पराजुली बराल, श्रीप्रसाद त्यातजु  र संघका व्यवस्थापक बालकृष्ण धोजु उपस्थित हुनुहुन्थ्यो ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप