बचत ऋण सहकारीमा शिक्षा तथा तालिमको उपयोगिता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बचत ऋण सहकारीमा शिक्षा तथा तालिमको उपयोगिता

रमेश खनाल
व्यवस्थापक
पिपलबोट साकोस वीरेन्द्रनगर ४ सुर्खेत ।

सहकारीको जिम्मेवारीमा रहेका सञ्चालक तथा व्यवस्थापन तहका व्यक्तिहरूले तालिमको माध्यमले ज्ञान, सीप र क्षमता अभिबृद्धि गरी प्रभावकारी योजना निर्माण र कर्यान्वयन गर्नमा मद्दत गर्दछ । सिकाई व्यक्तिगत रूपमा रहन्छ भने त्यसले व्यवहारमा परिर्वतन ल्याउँछ र यसरी तालिमले व्यक्तिको व्यवहारमा परिवर्तन संगै संस्थागत विकासमा समेत योगदान गर्दछ ।

कुनै पनि ब्यक्तिले औपचारिक शिक्षा प्राप्त नगरेको भए पनि व्यावहारिक ज्ञान, सीप, क्षमताको  प्रयोगबाट आफ्नो पेसा तथा व्यवसाय एवं कर्मलाई सफलतापूर्वक सञ्चालन गरेको पाईन्छ । सहकारीको सञ्चालन एवं व्यवस्थापनमा पनि कुनै न कुनै तबरबाट ज्ञान, सीप भने आर्जन गरेको हुनु पर्दछ वा आधारभुत स्तरको ज्ञान, सीप भने कुनै माध्यमबाट लिएको हुनु पर्दछ, ताकी साकोस व्यवस्थापन एवं सु–सञ्चालनमा सहयोग पुर्याउँछ । साधारणतया सामान्य कला तथा क्षमता भएका व्यक्तिहरू बाट पनि सहकारी संस्था सञ्चालन भएको पाईन्छ । तर पनि असहज र वातावरणीय प्रभावमा समेत संस्थालाई नियमित सञ्चालन एवं व्यवस्थापन र संस्थागत क्षमता अभिवृद्धिका लागि पनि व्यक्तिमा थप असाधारण ज्ञान, सीप, क्षमता विकास हुनु अपरिहार्य छ । साकोसको दीगो ब्यवस्थापनका लागि र स्थायी प्रकृतिमा सञ्चालन गर्नका लागि नियमित बृद्धि विकास आवश्यक हुन्छ । साकोसको आकारमा बृद्धि विकास हुदै जाँदा सोही अनुरूप सञ्चालकीय जिम्मेवारी प्राप्त व्यक्ति र मानव संशाधनहरूको समेत क्षमता बृद्धि हुदै जानु पर्ने हुन्छ । अन्यथा भबिष्यमा विभिन्न खालका वित्तीय तथा गैर–वित्तीय जोखिमहरू सिर्जना हुन सक्छ । त्यसैले त्यस तर्फ ध्यान दिन जरूरी हुन्छ । यसरी सम्भावित जोखिमबाट बचाउनका लागि धेरै प्रकारका विकल्पहरूको खोजी गर्न सकिन्छ । तर पहिलो र आधारभूत विकल्प भनेको विद्यमान सञ्चालक र मानव संशाधनको क्षमता विकास गर्नु नै उत्तम विकल्पका रूपमा लिन सकिन्छ । त्यसर्थ साकोसको निरन्तर बृद्धि र विकासका लागि सञ्चालकीय क्षमतामा समेत नियमित बृद्धि आवश्यक पर्दछ र क्षमता विकासका लागि आवश्यक विकल्पहरू मध्ये तालिम तथा शिक्षा एक प्रभावकारी विकल्पका रूपमा प्रचलित रहेको छ । 

शिक्षा आर्जन गर्ने प्रक्रिया मानव जीवनमा निरन्तर चलिरहन्छ । शिक्षाले मानिसको सर्वाङ्गीण विकास सँगै ज्ञान, सीप धारणाको विकास गरी अनुशासित र सभ्य नागरीक निर्माणमा भूमिका निर्वाह गर्दछ । तालिम मार्फत व्यक्तिको क्षमताको अभिबृद्धि संगै व्यावहारिक जीवनमा परिवर्तन ल्याउँछ । तालिमका माध्यमले व्यक्तिको कमजोरीलाई विस्थापित गर्न समेत मद्दत गर्दछ भने व्यक्तिको व्यक्तित्व विकास सँगै कार्यक्षमतामा सुधार ल्याई उत्पादकत्वमा उल्लेख्य बृद्धि हुन्छ । 

सहकारीको जिम्मेवारीमा रहेका सञ्चालक तथा व्यवस्थापन तहका व्यक्तिहरूले तालिमको माध्यमले ज्ञान, सीप र क्षमता अभिबृद्धि गरी प्रभावकारी योजना निर्माण र कर्यान्वयन गर्नमा मद्दत गर्दछ । सिकाई व्यक्तिगत रूपमा रहन्छ भने त्यसले व्यवहारमा परिर्वतन ल्याउँछ र यसरी तालिमले व्यक्तिको व्यवहारमा परिवर्तन संगै संस्थागत विकासमा समेत योगदान गर्दछ । अन्तर्राष्ट्रिय रूपमा नै स्थापित सहकारीका ७ सिद्धान्तहरूमा सहकारी संस्थालाई स्वनियमन र स्वचालित, गतिशिल र पारदर्शीता कायम राख्ने उद्देश्य राखेको छ । उक्त सिद्धान्त मध्ये सहकारी संस्थालाई आत्मनिर्भर र सक्षम बनाउन पाँचौ सिद्धान्तमा शिक्षा, तालिम तथा सूचना लाई जोड दिईएको छ । यस कारण सहकारी संस्थाको दीगो विकास र प्रवर्धनका लागि आफ्ना सेयर सदस्य, सञ्चालक समिति, उपसमिति, मानव संशाधन समुह तथा अन्य कर्मचारीलाई शिक्षा तथा तालिममा सहभागी गराउने र संस्थाले बार्षिक कार्यक्रममा समेत सहकारी शिक्षाकोष एवं थप बजेटको श्रोतको ब्यवस्थापन गरेर संस्था स्वयमले समेत आयोजना गरी संस्थामा आबद्ध सम्बन्धित पक्षलाई जिम्मेवारी अनुसारको शिक्षा तथा तालिमको व्यवस्थापन गर्नु पर्दछ । सहकारी व्यवसाय अरू निजी व्यवसाय भन्दा फरक भएकोले पनि यसमा संलग्न तथा कार्यरत समुहलाई विशेष प्रकारको ज्ञान, सीप र क्षमता आवश्यक पर्दछ त्यो आवश्यकता तालिम तथा शिक्षाले मात्र पुरा गर्न सक्दछ । तालिम साध्य नभई यो निर्दिष्ट लक्ष्यमा पुग्ने एक साधन हो । तालिम भविष्यको कोरा सपना मात्र नभई उक्त सपनालाई साकार पार्ने ज्ञानको भण्डारण हो जसको व्यावहारिक प्रयोगले नतिजामुखी कार्य सम्पादन गर्न थप उत्प्रेरणा प्रदान गरी ब्यवहारगतरूपमा परिवर्तन ल्याउँछ र व्यक्तिलाई सक्षम सिद्ध गर्दछ । 

सहकारी अझ वित्तीय व्यवसायको कारोवार गर्ने, त्यसमा पनि वित्तीय कारोवार मात्रै गर्ने सकोसमा कार्यरत जनशक्तिलाई तालिम तथा शिक्षाको अपरिहार्य आवश्यकता पर्दछ । उत्पादकत्वमा उल्लेखनीय बृद्धि गर्न र कार्यसम्पादनको नतिजालाई गुरणस्तरमा स्थानान्तरण गर्न समेत प्राविधिक तथा सञ्चालकीय विषयमा तालिमको अपरिहार्यता रहेको छ । सहकारी क्षेत्रको जनशक्ति बजारमा हाल सम्म पनि बिषयगत ज्ञान, सीप र आधारभूत शिक्षा प्राप्त गरेको जनशक्तिको विकास भई नसकेकोले पनि तालिम एक अनिवार्य सर्त जस्तै भएको छ । अझ मानव संशाधन व्यवस्थापनलाई भने नभई नहुने साधनकै रूमा रहेको छ । बिषयगत जनशक्तिको उत्पादन नहँुदा सम्मका लागि तालिमको माध्यमले साकोसको पेशालाई मूर्तरूप दिन सक्दछ । तालिम तथा शिक्षाबाट प्रशिक्षित जनशक्ति वा नेतृत्व भएन भने संस्थागत दीगो विकास र नतिजामुखी कार्य सम्पादनमा असर गर्दछ ।

तालिम तथा शिक्षाले संगठनको योजना, बजेट र नीति–कार्यक्रम निर्माण तथा कार्यान्वयनमा सहयोग हुनुका साथै संगठनको विकास गर्न क्षमतामा बृद्धि हुनुका साथै सही निर्णय गर्ने क्षमतामा विकास हुन्छ । संस्था सञ्चालन तथा दीगो व्यवस्थापनका लागि दक्ष र तालिमप्राप्त मानव संशाधनको आवश्यकता पर्दछ । संस्थाको बार्षिक रूपमा भएको नाफाबाट तालिम तथा शिक्षाकोषमा प्राप्त बजेट र बार्षिक बजेटमा समेत सञ्चालक र मानव संशाधनको वृत्ति विकास र क्षमता अभिबृद्धिका लागि बजेट व्यवस्थापन गर्नुपर्दछ र अनिवार्य रूपमा सम्बन्धित बिषयमा नयाँ तथा पुर्नःताजगीका प्याकेज मुलक तालिमहरूमा सहभागिता र आयोजना गर्नु  पर्दछ र यसले संस्थाको संस्थागत क्षमता र उत्पादकत्वमा समेत बृद्धि गर्दछ ।

त्यसैले व्यक्तिको ज्ञान, सीप र उसको बानी व्यवहारमा परिवर्तन गरी परिमाणमुखी काम गर्न र तोकिएको लक्ष्य तथा उद्देश्य पुरा गर्न तालिम प्राप्त जनशक्तिको आवश्यकता पर्दछ । प्रशिक्षित जनशक्ति र सञ्चालकले मात्रै संस्थालाई सुशासन युक्त तवरबाट सञ्चालन तथा व्यवस्थापन गर्न सकिने एक उदाहरणको रूपमा संस्थाको संस्थागत विकास तालिमलाई लिन सकिन्छ । त्यस्तै वित्तीय क्षेत्रको कार्य धेरै सम्बेदनशील र प्राविधिक बिषय भएकोले त्यस्ता प्राविधिक बिषयमा तालिम लिनै पर्ने हुन्छ वा थप अध्ययन गर्न जरूरी हुन्छ । जस्तो वित्तीय स्वच्छताको प्रयोग गर्न (एभ्ब्च्ीक् ःयलष्तयचष्लन क्थकतझ) पर्ल्स पद्धतिको कार्यान्वयन र अनुगमन गर्नका लागि तालिमको आवश्यकता पर्दछ भने अन्य त्यस्ता धेरै प्राविधिक बिषय औपचारीक शिक्षाको पाठ्यक्रममा नभएका बिषयमा समेत तालिमकै माध्यमले पुरा गर्न सकिने र बिगतको ज्ञान, सीपलाई पुर्नःताजगी गर्न समेत तालिमको महत्व बढेको छ । 

तालिम तथा शिक्षाले संगठनको योजना, बजेट र नीति–कार्यक्रम निर्माण तथा कार्यान्वयनमा सहयोग हुनुका साथै संगठनको विकास गर्न क्षमतामा बृद्धि हुनुका साथै सही निर्णय गर्ने क्षमतामा विकास हुन्छ । संस्था सञ्चालन तथा दीगो व्यवस्थापनका लागि दक्ष र तालिमप्राप्त मानव संशाधनको आवश्यकता पर्दछ । संस्थाको बार्षिक रूपमा भएको नाफाबाट तालिम तथा शिक्षाकोषमा प्राप्त बजेट र बार्षिक बजेटमा समेत सञ्चालक र मानव संशाधनको वृत्ति विकास र क्षमता अभिबृद्धिका लागि बजेट व्यवस्थापन गर्नुपर्दछ र अनिवार्य रूपमा सम्बन्धित बिषयमा नयाँ तथा पुर्नःताजगीका प्याकेज मुलक तालिमहरूमा सहभागिता र आयोजना गर्नु  पर्दछ र यसले संस्थाको संस्थागत क्षमता र उत्पादकत्वमा समेत बृद्धि गर्दछ । तालिम तथा शिक्षामा गरिएको खर्च, खर्च नभई लगानी हो । तालिमले व्यक्तिको ज्ञान, सीप र क्षमताको अभिबृद्धिबाट व्यक्तिको व्यवहारगत परिवर्तन ल्याउन मद्दत गर्दछ  । तालिममा गरिएको खर्च भविष्यको लगानी भएकोले पनि जनशक्ति विकासका लागि तालिम तथा शिक्षामा बजेट व्यवस्थापन गर्न सञ्चालक समितिले विशेष ख्याल गर्नुपर्दछ । साकोसमा काम गर्दा प्राविधिक बिषयलाई बढी भन्दा बढी लेखाजोखा राख्नुपर्ने भएकोले पनि सम्बन्धित बिषयमा तालिमको आवश्यकता पर्दछ, यो आवश्यकतालाई महशुस गरी व्यवस्थापन प्रमुख र सञ्चालकले उचित बजेट विनियोजन गरेको हुनुपर्दछ र विनियोजित बजेट सम्बन्धित शीर्षकमा खर्च समेत भएको हुनु पर्दछ ।  

सहकारी क्षेत्रमा समर्पित व्यक्तिहरुको कार्यक्षमता बृद्धि गर्नका लागि तालिम अपरिहार्य भएको छ । जुन सुकै क्षेत्रमा काम गर्दा सफल हुनका लागि सम्बन्धित बिषयमा आधारभूत स्तरको  सम्पूर्ण ज्ञान हासिल भएको हुनै पर्दछ । त्यसका लागि सहकारीमा पनि समय सापेक्ष तालिममा सहभागिता जनाउने र त्यसबाट पाएको उपलब्धिलाई व्यावहारिक प्रयोगबाट मात्रै तालिमको सार्थकता हुन्छ । सहकारी संस्थाहरुले तालिमको आवश्यकता महशुस गरि यसलाई कार्यान्वयन गर्नु वाहेक अरु विकल्प छैन । यसरी सहकारीका पदाधिकारी, कर्मचारी तथा सदस्यहरु प्रशिक्षित भई कार्यक्षमता अभिबृद्धि गरेमात्र संस्था सञ्चालनमा सहजता आउंनुका साथै नतिजामुखी व्यवस्थापनमा समेत टेवा पुग्दछ र सहकारी क्षेत्रको भविष्य उज्वल  एवं दीगो हुने देखिन्छ ।

व्यवस्थापक खनाल नेफ्स्कूनले प्रदान गर्ने प्रदेशस्तरीय उत्कृष्ठ व्यवस्थापक पुरस्कार (कर्णाली प्रदेश) २०७८ बाट पुरस्कृत घोषित हुनुहुन्छ । 


 

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

५ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप