केन्द्रीय पशुपंक्षीपालन र  मत्स्य केन्द्रीय सहकारी संघ एकीकरण हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
केन्द्रीय पशुपंक्षीपालन र  मत्स्य केन्द्रीय सहकारी संघ एकीकरण हुँदै

काठमाडौं । दुई विषयगत केन्द्रीय सहकारी संघहरु एकीकरण हुने भएका छन् । केन्द्रीय पशुपंक्षीपालन सहकारी संघ लि. नेपाल र नेपाल केन्द्रीय मत्स्य सहकारी संघ लि. बीच एकीकरण हुने भएको हो । एकीकरणका लागि सहकारी विभागबाट पूर्व स्वीकृति पत्र प्राप्त भएसँगै दुबै संघलाई एकीकरणमा जान बाटो खुलेको हो । केन्द्रीय पशुपंक्षीपालन सहकारी संघ लि.नेपालका अध्यक्ष बाबुराम अधिकारीले सहकारी विभागबाट २०७८ असोज २९ गते सोमबार अर्थात् हिजो पूर्व स्वीकृति पत्र प्राप्त भएको जानकारी साकोस आवाजलाई गराउनुभयो ।

यसरी बन्यो एकीकरणको वातावरण

अध्यक्ष अधिकारीले तराई क्षेत्रका जिल्लाहरुका तालिमहरु सञ्चालन गर्ने क्रममा मत्स्यपालन सहकारी संघका पदाधिकारीहरुसँग भेट हुँदा एकीकृत रुपमा दरिलो बनेर अघि बढ्नुपर्छ भन्ने मनसाय व्यक्त गरिएपछि आफुहरु पनि इच्छुक भएको बताउनुभयो । सोही अनुरुप दुबै संघको सञ्चालक समितिले मर्जको बिषयलाई सकारात्मक रुपमा लिई संयुक्त कार्यदल गठन गरेको थियो । कार्यदलले तयार पारेको प्रतिवदेनका आधारमा २०७८ साल असोज ६ गते संघीय सहकारी विभागमा एकीकरण पूर्व स्वीकृतिका लागि पत्राचार गरिएको थियो । मत्स्यपालन केन्द्रीय संघको गत वर्ष निर्वाचनसहितको साधारण सभाले एकीकरणको विषयलाई अनुमोदन गरेको थियो भने केन्द्रीय पशुपंक्षीपालन सहकारी संघको पनि हालै सम्पन्न साधारण सभाले मर्जरलाई अनुमति प्रदान गरेको थियो । प्रत्युत्तरमा सहकारी विभागबाट हिजो असोज २९ गते पूर्व स्वीकृति पत्र प्राप्त भएको हो ।

प्रस्तावित नाम

एकीकृत संघको नाम केन्द्रीय पशुपंक्षी मत्स्य सहकारी संघ लि. नेपाल नाम प्रस्ताव गरिएको छ । यद्यपि, दुवै संघको संयुक्त साधारण सभामार्फत सबै कुरो टुङ्गो लाग्ने पशुपालन केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष अधिकारीले जानकारी गराउनुभयो । ‘एकीकरण कार्यविधि तथा संयुक्त साधारण सभाको निर्णयको आधारमा बाँकी विषयहरु तय गर्छौ,’ उहाँले भन्नुभयो, ‘दुवै संघबाट तदर्थ समिति गठन हुन्छ । एकीकृत विनियम र कार्यविधि पास भएपछि अरु कुरोहरु टुङ्गो लाग्छ ।’ त्यसका लागि चाँडै नै संयुक्त साधारण सभा गर्ने तयारीमा जुट्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।

केन्द्रीय पशुपंक्षीपालन सहकारी संघ लि. नेपालको अवस्था

२०७१ साल पुस २३ गते दर्ता भएको संघमा हाल ५४ जिल्लाका पशुपालनसम्बन्धी प्रारम्भिक सहकारीहरु सदस्य छन् । संघमा सुदूरपश्चिमबाहेकका ६ प्रदेशका प्रारम्भिक संस्थाहरु सदस्य छन् । संघको ७ औं वार्षिक साधारण सभा गत भदौं ४ र ५ गते धनुषाको लालगढमा सम्पन्न भएको थियो । संघले बहसपैरवीको कामलाई प्राथमिकतामा राखेको छ । कोभिड महामारीअघि सम्म संघले किसानका उत्पादित वस्तुहरुलाई काठमाडौंको शाान्तिनगरमा सोरुम भाडामा लिई बिक्री वितरण र बजारीकरणको काम गरेको जानकारी अध्यक्ष अधिकारीले साकोस आवाजलाई गराउनुभयो ।

नेपाल केन्द्रीय मत्स्य सहकारी संघ लि.को अवस्था

नेपाल केन्द्रीय मत्स्य सहकारी संघ लि.का अध्यक्ष सञ्जय कुमार साहले विषय र प्रकृति मिल्ने भएकाले एकीकरणको प्रक्रिया अघि बढाइएको बताउनुभयो । साकोस आवाजसँग कुरा गर्दै अध्यक्ष साहले उत्पादनमूलक काम गर्ने सोचका साथ एकीकरण गर्ने निश्चय गरेको बताउनुभयो । २०६९ असार ३० गते स्थापित संघमा हाल २ वटा जिल्ला संघ (धनुषा र बारा) समेत गरी ३४ सदस्य छन् । संघले पनि बहस पैरबीको कामलाई नै प्राथमिकतामा राखेको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप