पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

चितवन । पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर, चितवनले आगामी चार वर्षका लागि संस्थाको रणनीतिक व्यवसायिक योजना निर्माण गरेको छ । संस्थाको दीर्घकालीन विकास, सदस्य सेवा विस्तार तथा संस्थागत सुदृढीकरणका लागि आवश्यक रणनीति, लक्ष्य र कार्यक्रम तय गर्ने उद्देश्यले आयोजित चारदिने रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न भएको हो ।

असोज ०३ गतेदेखि ०६ गतेसम्म चितवनको पर्यटकीय क्षेत्र सौराहमा सञ्चालन भएको कार्यशालामा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा उच्च व्यवस्थापन गरी १८ जनाको सहभागिता रहेको थियो । कार्यशालाले संस्थाको वर्तमान अवस्था, उपलब्धि, सम्भावना, चुनौती तथा आगामी दिनमा संस्थाले लिनुपर्ने रणनीतिक कार्यदिशाका विषयमा विस्तृत छलफल गरेको थियो ।

संस्थाका अध्यक्ष नेत्र प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यशालामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोग रहेको थियो । कार्यशालाको सहजीकरण नेफ्स्कूनका प्राचार्य वल्लभ तिमिल्सिना र वरिष्ठ अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो ।

कार्यशालाका क्रममा संस्थाको विद्यमान अवस्था तथा विगतका कार्यसम्पादनको समीक्षा गर्दै आगामी चार वर्षमा संस्थालाई थप व्यवस्थित, सक्षम र सदस्यकेन्द्रित बनाउने विषयमा छलफल गरिएको थियो । सहभागीहरूले संस्थाको सबल पक्ष, सुधार गर्नुपर्ने क्षेत्र, सम्भावित अवसर तथा चुनौतीहरूको पहिचान गरी सोहीअनुसार आगामी कार्ययोजना तथा रणनीति तय गरेका थिए ।

त्यसैगरी, सदस्यको आवश्यकता र अपेक्षालाई केन्द्रमा राख्दै सदस्य सेवा प्रभावकारी बनाउने, संस्थाको वित्तीय अवस्था सुदृढ गर्ने, संस्थागत सुशासन कायम गर्ने, प्रविधिको प्रयोग विस्तार गर्ने तथा व्यवसायिक क्षमता अभिवृद्धि गर्ने लगायतका विषयलाई रणनीतिक योजनामा प्राथमिकताका साथ समेटिएको छ ।

कार्यशालाबाट तयार गरिएको रणनीतिक व्यवसायिक योजनाले आगामी चार वर्षमा संस्थाले हासिल गर्नुपर्ने लक्ष्य, प्राथमिकता, कार्यक्रम तथा कार्यदिशालाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ । योजनाको प्रभावकारी कार्यान्वयनमार्फत संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै सदस्यको विश्वास र सन्तुष्टि अभिवृद्धि गर्ने लक्ष्यसमेत लिइएको छ ।

कार्यशालाको समापन गर्दै संस्थाका अध्यक्ष नेत्र प्रसाद आचार्यले तयार गरिएको रणनीतिक व्यवसायिक योजनालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संस्थालाई थप सुदृढ र सदस्यकेन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले योजनाको सफल कार्यान्वयनका लागि सञ्चालक समिति, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको थियो ।

चारदिने कार्यशालाले संस्थाको आगामी यात्राका लागि स्पष्ट कार्यदिशा तय गर्नुका साथै बदलिँदो सहकारी क्षेत्र, सदस्यका आवश्यकता र बजारको परिवेशअनुसार संस्थालाई अघि बढाउन महत्वपूर्ण आधार तयार गरेको संस्थाले जनाएको छ ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१५ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप