इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

सुनसरी । सुनसरीको इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापना सम्बन्धमा छलफल कार्यक्रम भएको छ । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी, सुनसरीको सभा हलमा असोज ०७ गते कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का उपाध्यक्ष तथा प्रस्तावित बचत सहकारी बैंक स्थापना कार्यदलका संयोजक शान्ति अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेफ्स्कूनका सञ्चालक सदस्य शालिकराम ढकालले गर्नुभएको थियो । कार्यक्रममा बचत तथा ऋण सहकारी संघ लिमिटेड, सुनसरीकी अध्यक्ष गोमा कुमारी गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सुनसरी क्षेत्रका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट करिब ५० जनाको सहभागिता रहेको कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य तथा प्रस्तावित बचत सहकारी बैंक स्थापना कार्यदलका सदस्य खेम राज सुवेदीले बचत सहकारी बैंक स्थापना गर्नुपर्ने औचित्यसम्बन्धी पत्र प्रस्तुत गर्नुभएको थियो । 

त्यस्तै, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष तथा प्रस्तावित बचत सहकारी बैंक स्थापना कार्यदलका सदस्य उद्धव सापकोटाले बैंक स्थापनाको आवश्यकता, औचित्य तथा महत्त्वबारे आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सहकारी महासंघकी सदस्य योगमाया सुवेदी तथा सेवा साकोसका अध्यक्ष एवं सुनसरी सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य प्रदीप पोख्रेलले समेत आफ्नो धारणा राख्नुभएको थियो । सहभागीका तर्फबाट पनि बैंक स्थापनासम्बन्धी विभिन्न सुझाव तथा धारणा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा संघका वरिष्ठ अधिकृत भरतप्रसाद न्यौपाने, कार्यक्रम अनुगमन अधिकृत मुकेश दाहाल, व्यवसाय अधिकृत रिषभराज रेग्मी तथा व्यवसाय सहायक रामहरि भट्टराईको समेत उपस्थिति रहेको थियो ।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप