पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

काठमाडौं । नव दिपज्योती महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि., काठमाडौंको आयोजनामा सहकारी संस्थाको नेतृत्वमा महिला सहभागिता तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले “पूर्व नेतृत्व विकास” सम्बन्धी एकदिने तालिम भाद्र २७ गते सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालन गरिएको तालिममा संस्थासँग आबद्ध २० जना महिलाको सहभागिता रहेको थियो । सहकारीको नेतृत्वमा आउन इच्छुक तथा सम्भावित नेतृत्वकर्ताहरूलाई सहकारीको सिद्धान्त, कानुनी व्यवस्था, नेतृत्वको जिम्मेवारी तथा संस्थागत सुशासनका विषयमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

तालिममा नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । उहाँले सहकारी संस्थाको सञ्चालक बन्नका लागि आवश्यक योग्यता, सहकारीसम्बन्धी कानुनी व्यवस्था तथा सहकारी ऐन र नियमावलीका महत्वपूर्ण प्रावधानहरूबारे सहभागीलाई जानकारी गराउनुभएको थियो ।

त्यसैगरी, तालिममा सञ्चालक समितिको भूमिका, काम, कर्तव्य तथा अधिकार, सञ्चालकको जिम्मेवारी, संस्थाको नीति निर्माणमा सञ्चालक समितिको भूमिका तथा व्यवस्थापन र सञ्चालकबीचको जिम्मेवारीको सीमा लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । सहकारीलाई प्रभावकारी, पारदर्शी र सदस्यकेन्द्रित ढंङ्गबाट सञ्चालन गर्न सक्षम र जिम्मेवार नेतृत्व आवश्यक रहेको विषयमा समेत जोड दिइएको थियो ।

तालिमको अर्को महत्वपूर्ण विषयका रूपमा लेखा सुपरिवेक्षण समितिको गठन, भूमिका, काम, कर्तव्य तथा अधिकारबारे सहभागीलाई जानकारी गराइएको थियो। संस्थाको वित्तीय कारोबार तथा व्यवस्थापनको प्रभावकारी सुपरिवेक्षण, आन्तरिक नियन्त्रण र संस्थागत सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण हुने विषयमा सहभागीहरूसँग अन्तरक्रिया गरिएको थियो ।

तालिमका क्रममा सहभागीहरूले सहकारीको नेतृत्वमा आउँदा निर्वाह गर्नुपर्ने जिम्मेवारी, कानुनी तथा संस्थागत सीमाना, निर्णय प्रक्रियामा अपनाउनुपर्ने सावधानी तथा संस्थाको हितलाई प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने विषयमा जिज्ञासा तथा धारणा राखेका थिए । सहभागीहरूको सक्रिय सहभागिताका कारण तालिम थप अन्तरक्रियात्मक र व्यवहारिक बनेको थियो ।

कार्यक्रम नव दिपज्योती महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि.की व्यवस्थापक कमला लामाको सञ्चालनमा सम्पन्न भएको थियो । सहकारी अभियानमा महिलाको नेतृत्व र सहभागिता बढ्दै गएको सन्दर्भमा आयोजना गरिएको यस प्रकारको पूर्व नेतृत्व विकास तालिमले सम्भावित महिला नेतृत्वकर्ताहरूलाई सहकारीको नेतृत्व सम्हाल्न आवश्यक ज्ञान, जिम्मेवारीबोध र नेतृत्व कौशल विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । सक्षम, जिम्मेवार र जवाफदेही नेतृत्व विकासमार्फत सहकारी संस्थाको सुशासन, संस्थागत विकास तथा सदस्य हित संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

भर्खरै
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

अकूको सञ्चालक समितिमा नेपालबाट चन्द्रप्रसाद ढकाल उपाध्यक्षमा निर्वाचित
अकूको सञ्चालक समितिमा नेपालबाट चन्द्रप्रसाद ढकाल उपाध्यक्षमा निर्वाचित

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम विषहारामाई साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम विषहारामाई साकोसमा सम्पन्न

३ दिन अगाडि

रसुवा बाढी प्रभावित सहकारीलाई दक्षिण कोरियाली संघको ५० हजार डलर सहयोग
रसुवा बाढी प्रभावित सहकारीलाई दक्षिण कोरियाली संघको ५० हजार डलर सहयोग

३ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

४ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

१२ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१९ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

११ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप