पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

काठमाडौं । नव दिपज्योती महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि., काठमाडौंको आयोजनामा सहकारी संस्थाको नेतृत्वमा महिला सहभागिता तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले “पूर्व नेतृत्व विकास” सम्बन्धी एकदिने तालिम भाद्र २७ गते सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालन गरिएको तालिममा संस्थासँग आबद्ध २० जना महिलाको सहभागिता रहेको थियो । सहकारीको नेतृत्वमा आउन इच्छुक तथा सम्भावित नेतृत्वकर्ताहरूलाई सहकारीको सिद्धान्त, कानुनी व्यवस्था, नेतृत्वको जिम्मेवारी तथा संस्थागत सुशासनका विषयमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

तालिममा नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । उहाँले सहकारी संस्थाको सञ्चालक बन्नका लागि आवश्यक योग्यता, सहकारीसम्बन्धी कानुनी व्यवस्था तथा सहकारी ऐन र नियमावलीका महत्वपूर्ण प्रावधानहरूबारे सहभागीलाई जानकारी गराउनुभएको थियो ।

त्यसैगरी, तालिममा सञ्चालक समितिको भूमिका, काम, कर्तव्य तथा अधिकार, सञ्चालकको जिम्मेवारी, संस्थाको नीति निर्माणमा सञ्चालक समितिको भूमिका तथा व्यवस्थापन र सञ्चालकबीचको जिम्मेवारीको सीमा लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । सहकारीलाई प्रभावकारी, पारदर्शी र सदस्यकेन्द्रित ढंङ्गबाट सञ्चालन गर्न सक्षम र जिम्मेवार नेतृत्व आवश्यक रहेको विषयमा समेत जोड दिइएको थियो ।

तालिमको अर्को महत्वपूर्ण विषयका रूपमा लेखा सुपरिवेक्षण समितिको गठन, भूमिका, काम, कर्तव्य तथा अधिकारबारे सहभागीलाई जानकारी गराइएको थियो। संस्थाको वित्तीय कारोबार तथा व्यवस्थापनको प्रभावकारी सुपरिवेक्षण, आन्तरिक नियन्त्रण र संस्थागत सुशासन कायम गर्न लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण हुने विषयमा सहभागीहरूसँग अन्तरक्रिया गरिएको थियो ।

तालिमका क्रममा सहभागीहरूले सहकारीको नेतृत्वमा आउँदा निर्वाह गर्नुपर्ने जिम्मेवारी, कानुनी तथा संस्थागत सीमाना, निर्णय प्रक्रियामा अपनाउनुपर्ने सावधानी तथा संस्थाको हितलाई प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने विषयमा जिज्ञासा तथा धारणा राखेका थिए । सहभागीहरूको सक्रिय सहभागिताका कारण तालिम थप अन्तरक्रियात्मक र व्यवहारिक बनेको थियो ।

कार्यक्रम नव दिपज्योती महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि.की व्यवस्थापक कमला लामाको सञ्चालनमा सम्पन्न भएको थियो । सहकारी अभियानमा महिलाको नेतृत्व र सहभागिता बढ्दै गएको सन्दर्भमा आयोजना गरिएको यस प्रकारको पूर्व नेतृत्व विकास तालिमले सम्भावित महिला नेतृत्वकर्ताहरूलाई सहकारीको नेतृत्व सम्हाल्न आवश्यक ज्ञान, जिम्मेवारीबोध र नेतृत्व कौशल विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । सक्षम, जिम्मेवार र जवाफदेही नेतृत्व विकासमार्फत सहकारी संस्थाको सुशासन, संस्थागत विकास तथा सदस्य हित संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

११ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

११ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२७ दिन अगाडि

पाठकबाट थप