सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुसागर साकोस र पागा महिला साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

काठमाडौं । सहकारीको क्षेत्रको दीगो विकास, सुशासन तथा सदस्यहरुको वित्तीय हित संरक्षण तथा सुनिश्चित गर्न जोखिममा आधारीत सुपरिवेक्षण प्रणालीको आवश्यकता दिनानुदिन बढ्दै गएको सन्दर्भमा नेफ्स्कूनद्धारा स्क्यान कार्यक्रम सञ्चालनमा रहेको छ । 

स्क्यान कार्यक्रम अन्तर्गत सहकारी संस्थाहरुको जोखिम विश्लेषणका लागि वित्तीय क्षेत्रमा प्रचलित आधुनिक विधि तथा औजारहरुको प्रयोग गरी संस्थाहरुको विश्लेषण गरिन्छ । यसै क्रममा चावाहिल सदस्य सेवा कार्यालय अन्तर्गत रहेको सिन्धुसागर साकोस  र कलंकी सदस्य सेवा कार्यालय अन्तर्गत रहेको पांगा महिला साकोस आबद्ध भएका हुन । 

सहकारी ऐन, २०७४ को दफा २५ र दफा ९९ द्वारा प्रदान गरिएको कानुनी आधारअनुसार सम्पन्न सम्झौताले सहकारी संस्थाहरूमा जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाउने लक्ष्य राखेको छ ।

सहकारी संस्थालाई थप व्यवस्थित र सुदृढ बनाउन नियमनकारी निकायबाट जारी गरिएका निर्देशिका अनुसार साकोसले पालना गर्नुपर्ने नीति तथा नियमको अवस्थाको विश्लेषण गरिनेछ । यसका लागि नेफ्स्कूनले स्क्यानका सूचकका आधारमा नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्याङ्कन तथा आन्तरिक नियन्त्रण प्रणालीको परीक्षण गरी निरन्तर अनुगमन गर्नेछ ।

सम्झौतामार्फत संस्थामा विद्यमान जोखिमको पहिचान तथा व्यवस्थापन गर्दै सहकारी क्षेत्रमा उपलब्ध नवीनतम प्रविधिको प्रयोग, निरन्तर प्रर्बधन, विकास तथा संरक्षणमार्फत क्षेत्रगत स्थायित्व सुनिश्चित गर्ने लक्ष्य लिइएको छ। साथै, सहकारीको मर्मअनुसार स्व–नियमनको अभ्यासलाई सुदृढ बनाउने उद्देश्य पनि कार्यक्रमले राखेको छ ।

स्क्यान कार्यक्रममार्फत साकोसहरूको वित्तीय सुशासन प्रवद्र्धन, सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रतिवेदन तोकिएको ढाँचामा सम्बन्धित निकायमा पेश गर्ने प्रणालीको प्रभावकारी कार्यान्वयन, भाखा नाघेको ऋण असुलीमा सुधार, जोखिम व्यवस्थापन तथा संस्थागत सक्षमता विकास गर्ने लक्ष्य राखिएको छ ।

भर्खरै
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१९ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

९ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

पाठकबाट थप