अकूको सञ्चालक समितिमा नेपालबाट चन्द्रप्रसाद ढकाल उपाध्यक्षमा निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अकूको सञ्चालक समितिमा नेपालबाट चन्द्रप्रसाद ढकाल उपाध्यक्षमा निर्वाचित

काठमाडौं । एशियाली ऋण महासंघ (अकू) को ४५औँ साधारण सभाले सन् २०२६ देखि २०२८ सम्मका लागि नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । मलेसियाको क्वालालम्पुरमा आज सम्पन्न महासंघको वार्षिक साधारण सभाबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपालबाट सञ्चालकमा निर्वाचित हुनुभएको छ ।

नेपालको तथा बचत तथा ऋण सहकारी अभियानको प्रतिनिधित्व गर्दै अकूको सञ्चालक समितिमा निर्वाचित हुनुभएका ढकाललाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । निर्वाचनसँगै नेपालको सहकारी अभियानले एशियाली स्तरको बचत तथा ऋण सहकारी अभियानमा महत्वपूर्ण प्रतिनिधित्व प्राप्त गरेको हो ।

सभाले दक्षिण कोरियाबाट यङ–चुल कोच, थाइल्यान्डबाट दानुक्रित कटाम्पाकोम, नेपालबाट चन्द्रप्रसाद ढकाल, फिलिपिन्सबाट रे डी. लाबासानो र ताइवानबाट लियो चुन फोङलाई सञ्चालकमा निर्वाचित गरेको छ । त्यसैगरी, इन्डोनेसियाबाट डा. वारे साबोर डोमिनिकसलाई प्रथम र श्रीलंकाबाट एल. बी. देसनायकेलाई द्वितीय वैकल्पिक सञ्चालकमा निर्वाचित गरेको छ । अकूको सञ्चालक समितिमा निर्वाचित सञ्चालकमध्ये कुनै कारणवश पद रिक्त भएमा पहिलो प्राथमिकतामा रहेका वैकल्पिक सञ्चालक स्वतः सञ्चालक बन्ने प्रचलन रहेको छ । यस व्यवस्थाका कारण प्रथम वैकल्पिक सञ्चालक आगामी दिनमा सञ्चालक बन्ने सम्भावना समेत रहनेछ  ।

नेपालबाट चन्द्रप्रसाद ढकाल अकूको उपाध्यक्षमा चयन हुनुलाई नेपालको बचत तथा ऋण सहकारी अभियानको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो पहिचान र प्रभावका रूपमा समेत लिइएको छ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप