लुम्बिनी साकोसको २७ औं वार्षिक साधारण सभा सम्पन्न, इन्द्र बहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी साकोसको २७ औं वार्षिक साधारण सभा सम्पन्न, इन्द्र बहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

रुपन्देही । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–१२, रूपन्देहीको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष तेज बहादुर थापाको अध्यक्षता तथा रूपन्देही बचत तथा ऋण सहकारी संघ लि. बुटवलका अध्यक्ष प्रकाश भट्टराईको प्रमुख आतिथ्यतामा मंसिर ४ गते साधारण सभा सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रकाश भट्टराईले सहकारीको लगानी उत्पादनशील क्षेत्रमा सदस्य केन्द्रित लगानी गर्नु पर्नेमा जोड दिनुभएको थियो । उहाँले सहकारी सदस्य बन्नु पूर्व संस्थाको आर्थिक गतिविधि तथा संचालकहरूको पहिचान गरेर मात्र सदस्य बन्न जोड दिनु भयो । साथै सहकारीका सदस्यहरूको आयस्रोत वृद्धिका साथै आवद्ध सबै सदस्यहरूको अर्थिक रुपमा विकास गराउन सहकारीको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । साधारण सभामा नेफ्स्कून फिल्ड कार्यालय बुटवलका प्रमुख छत्र प्रसाद धमाला र राष्ट्रिय सहकारी बैंक लि. भैरहवा शाखा प्रमुख आलोक शिवाकोटीको विशिष्ट आतिथ्यता रहेको थियो । पूर्व सहकारी निरीक्षक चन्द्रकान्त भट्टराई, सिद्धार्थनगर नगर पालिकाका सहकारी अधिकृत कमलकान्त खनाल र अधिवत्ता शेषनारायण भण्डारीको आतिथ्यतामा सम्पन्न सो साधारण सभाको संचालन संस्थाका प्रबन्धक राम प्रसाद बरालले गर्नु भएको थियो । 

सभाले इन्द्र बहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चलक समिति निर्विरोध चयन गरेको छ ।  उपाध्यक्ष राधादेवी थापा, सचिव लक्ष्मण ज्ञवाली, सदस्य अमृत गिरी, इन्द्र प्रसाद गुरुङ, गोपाल खनाल, पानेश्वर पौडेल, सीता कुमारी ढुंगाना काफ्ले र रिता खनाल चयन हुनु भएको छ । त्यसै गरी सभाले बैकुण्ठनाथ अर्यालको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । जसमा माधव अर्याल र कृष्ण प्रसाद घिमिरे सदस्य रहनु भएको छ । नव निर्वाचित सञ्चालक पदाधिकारी तथा लेखा सुपरिवेक्षण समिति पदाधिकारी र सदस्यहरूलाई निर्वाचन उप समिति संयोजक समेत रहनु भएका चन्द्रकान्त भट्टराईले सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो । 

सभामा शेयर सदस्य कृष्णप्रसाद बस्यालकी सुपुत्री प्रकृति बस्याललाई कक्षा ११ र १२ मा उत्कृष्ट अंक ल्याएकोमा नगद तथा सम्मानपत्रबाट सम्मानित गरिएको थियो । संस्थाका नव निर्वाचित अध्यक्ष लगायत पदाधिकारीहरुको तर्फबाट निवर्तमान अध्यक्ष तेज बहादुर थापा तथा प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
संस्थाले २४ करोड १४ लाख २५ हजार ५ सय एकासीको वजेट समेत सर्वसम्त पारित गरेको थियो । सपथ ग्रहण पश्चात नवनिर्वाचित अध्यक्षले सभामा संस्थागत विकासका लागि प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप