सहकारी क्षेत्रको 'भिजन पेपर' तयार गरिदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्रको 'भिजन पेपर' तयार गरिदै

काठमाडौं । सरकारले सहकारी क्षेत्रको विकास र प्रवर्धनका लागि स्पष्ट रणनीतिक योजनासहितको 'भिजन पेपर' तयार गर्न लागेको छ । सहकारी क्षेत्र प्रवर्धनका लागि अल्प, मध्य र दीर्घकालीन योजनाहरु समेटिएको भिजन पेपर तयारीमा सरकार जुटेको हो । उक्त कुरा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३० औं वार्षिक साधारण सभालाई यही मंसिर ३ गते काठमाडौंमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै जानकारी गराउनुभएको हो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई थप मर्यादित, सुशासित बनाउँदै अभियान र सरकार लगायत सरोकारवालाहरुसँगको सघन परामर्शको निचोडलाई समेत समेटी उक्त भिजन पेपर जारी गर्ने तयारीमा मन्त्रालय जुटेको बताउनुभयो । उहाँले छिट्टै अभियान तथा सरोकारवाहरुसँग छलफल गरेर पृष्ठपोषणसहित भिजन पेपरलाई निष्कर्ष दिइने जानकारी गराउनुभयो । 

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले पनि भिजन पेपर तयारीको बारेमा जानकारी गराउनुभयो । उहाँले संविधानले मान्यता प्रदान गरेको सहकारी क्षेत्रका समस्या र सम्भावना, चुनौतीहरु, अभियान र सरकारका तर्फबाट गर्नुपर्ने र गर्नसकिने कामहरु आदि सबै समेटेर भिजन पेपर तयारी भैरहेको बताउनुभयो । रजिष्ट्रार अधिकारीले भिजन पेपरका आधारमा अब फरक ढंगबाट जानुपर्ने र प्राप्त उपलब्धिहरुलाई संस्थागत र भावी समस्या समधानका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

वर्तमान अवस्था, अन्तराष्ट्रिय असल अभ्यास, संस्थातग सुधार, संस्थाको अधिकार र दायित्वको समेटेर अबको ५ र १० वर्षको सहकारी कस्तो हुनुपर्छ भनेर भिजन पेपर सार्वजनिक गर्न खोजिरहेको जानकारी उहाँले गराउनुभयो । ६८ वर्षको अनुभव बोकेको अभियानले पनि भिजन पेपरका लागि मह्त्वपूर्ण पृष्ठपोषण दिने विश्वास रजिष्ट्रार अधिकारीले व्यक्त गर्नुभयो । 
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

७ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

७ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप