सहकारी क्षेत्रको 'भिजन पेपर' तयार गरिदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्रको 'भिजन पेपर' तयार गरिदै

काठमाडौं । सरकारले सहकारी क्षेत्रको विकास र प्रवर्धनका लागि स्पष्ट रणनीतिक योजनासहितको 'भिजन पेपर' तयार गर्न लागेको छ । सहकारी क्षेत्र प्रवर्धनका लागि अल्प, मध्य र दीर्घकालीन योजनाहरु समेटिएको भिजन पेपर तयारीमा सरकार जुटेको हो । उक्त कुरा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३० औं वार्षिक साधारण सभालाई यही मंसिर ३ गते काठमाडौंमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै जानकारी गराउनुभएको हो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई थप मर्यादित, सुशासित बनाउँदै अभियान र सरकार लगायत सरोकारवालाहरुसँगको सघन परामर्शको निचोडलाई समेत समेटी उक्त भिजन पेपर जारी गर्ने तयारीमा मन्त्रालय जुटेको बताउनुभयो । उहाँले छिट्टै अभियान तथा सरोकारवाहरुसँग छलफल गरेर पृष्ठपोषणसहित भिजन पेपरलाई निष्कर्ष दिइने जानकारी गराउनुभयो । 

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले पनि भिजन पेपर तयारीको बारेमा जानकारी गराउनुभयो । उहाँले संविधानले मान्यता प्रदान गरेको सहकारी क्षेत्रका समस्या र सम्भावना, चुनौतीहरु, अभियान र सरकारका तर्फबाट गर्नुपर्ने र गर्नसकिने कामहरु आदि सबै समेटेर भिजन पेपर तयारी भैरहेको बताउनुभयो । रजिष्ट्रार अधिकारीले भिजन पेपरका आधारमा अब फरक ढंगबाट जानुपर्ने र प्राप्त उपलब्धिहरुलाई संस्थागत र भावी समस्या समधानका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

वर्तमान अवस्था, अन्तराष्ट्रिय असल अभ्यास, संस्थातग सुधार, संस्थाको अधिकार र दायित्वको समेटेर अबको ५ र १० वर्षको सहकारी कस्तो हुनुपर्छ भनेर भिजन पेपर सार्वजनिक गर्न खोजिरहेको जानकारी उहाँले गराउनुभयो । ६८ वर्षको अनुभव बोकेको अभियानले पनि भिजन पेपरका लागि मह्त्वपूर्ण पृष्ठपोषण दिने विश्वास रजिष्ट्रार अधिकारीले व्यक्त गर्नुभयो । 
 
भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

८ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२३ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप