सहकारी व्यवस्थापक कोर्षको तेस्रो ब्याचको अभिमुखीकरण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी व्यवस्थापक कोर्षको तेस्रो ब्याचको अभिमुखीकरण सम्पन्न

काठमाडौं । नेफ्स्कूनले सीटीइभीटीसँगको सम्बन्धनमा सञ्चालन गर्दै आएको सहकारी व्यवस्थापक कोर्षको तेस्रो ब्याचको अभिमुखीकरण कार्यक्रम आज आयोजना गरेको छ । सहकारीमा दक्ष जनशक्ति उत्पादनमा लक्षित उक्त कोर्षको तेस्रो ब्याचको अभिमुखीकरण कार्यक्रम आज बिहान भर्चुअल रुपमा आयोजना गरिएको थियो । अभिमुखीकरण कार्यक्रम शुभारम्भ सत्रमा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, महासचिव दामोदर अधिकारी र प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले मार्गदर्शन प्रदान गर्नुभएको थियो ।

नेफ्स्कूनका अध्यक्ष पौड्यालले संघले सञ्चालन गरेको छोटो अवधिका प्रमाणीकृत तालिमले सहकारीमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमका क्रममा संघका प्रशिक्षकहरुसँगै बाह्य विषयविज्ञहरुलाई पनि जोडिने जानकारी गराउनुभयो । साथै नेफ्स्कूनले मानव संशाधन बैंकको अवधारणालाई पनि अघि सारेको जानकारी गराउँदै अध्यक्ष पौड्यालले तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संघका महासचिव अधिकारीले सहकारी व्यवस्थापक कोर्ष सैद्धान्तिक मात्र नभई प्रयोगात्मक पनि भएकाले काम गर्दा उत्पन्न हुने व्यावहारिक कठिनाईहरु समाधानमा कोर्ष सहयोगी हुने बताउनुभयो । महासचिव अधिकारीले नेफ्स्कूनले वित्तीय कारोबारसँगै सहकारी क्षेत्रको आवश्यकता सम्बोधनका लागि यस्ता किसिमका सरकारी मान्यताप्राप्त प्रमाणीकृत कोर्षहरु सञ्चालनलाई रणनीतिक योजनामा समेत समावेश गरेको जानकारी गराउनुभयो ।

यसैगरी, संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले नेफ्स्कूनले एचआर बैंंकको विषयलाई रणनीतिक योजनमा समेत समाहित गरेको जानकारी गराउँदै सहकारी व्यवस्थापक कोर्ष त्यसै दिशामा लक्षित भएको उल्लेख गर्नुभयो । उहाँले सहभागीहरुले तालिमबाट सिकेका कुराहरु संस्थामा लागू गरी विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघका तालिम विभाग प्राचार्य गणेश प्रसादले तिमिल्सिनाले सहकारी व्यवस्थापक कोर्षका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो भने बरिष्ठ तालिम अधिृकत बल्लभ तिमिल्सिनाले अभिमुखीकरण गर्नुभएको थियो । उहाँले कोर्ष अन्तर्गत १४ वटा मोडलमा सैद्धान्तिक व्यावहारिक तथा बाँकी एक मोडलमा प्रयोगात्मक कक्षा सञ्चालन हुने जानकारी गराउनुभयो । कार्यक्रम व्यवस्थापन संघका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

६ सय घन्टा (२० प्रतिशत सैद्धान्तिक र बाँकी व्यावहारिक) को उक्त कोर्षको नियमित कक्षाहरु भोलिबाट सुरु हुने जानकारी गराइएको थियो । भर्चुअल रुपमा सञ्चालन हुने कक्षामा २० जनाको सहभागिता रहेको छ । सहकारी व्यवस्थापक कोर्ष अन्तर्गत पहिलो ब्याच २०७७ भदौंमा सञ्चालन गरिएको थियो भने दोस्रो ब्याज २०७८ भदौंमा सञ्चालन गरिएको थियो । हाल दोस्रो ब्याचको कक्षा पनि सञ्चालनरत रहेको संघका तालिम अधिकृत रविन्द्र श्रेष्ठले जानकारी गराउनुभयो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप