'चौथो ललितपुर साकोस समिट-२०७८' आजबाट सुरु हुँदै; सुशासन र दिगोपना प्रवर्धन मुख्य उद्देश्य
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'चौथो ललितपुर साकोस समिट-२०७८' आजबाट सुरु हुँदै; सुशासन र दिगोपना प्रवर्धन मुख्य उद्देश्य

ललितपुर । ललितपुर जिल्ला भित्रका बचत तथा ऋण सहकारीहरुको जिल्लास्तरीय अभिभावक संघ ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा अजबाट चौथो ललितपुर साकोस समिट–२०७८ आयोजना हुँदैछ ।  मंसीर ८ देखि १० गतेसम्म गोदावरीको होटेल भ्यु भृकुटीमा हुने ३ दिने समिटमा सहकारी, नियामक निकायसँगै सरोकारवाला क्षेत्रका विभिन्न व्यक्तित्वहरुले सहकारी, सुशासन, सम्पत्ती शुद्धीकरण, नेतृत्व विकास, साकोस व्यवस्थापन, सहकारी र स्थानीय सरकारहरुबीच अन्तर्सम्बन्ध लगायत विविध विषयमा कार्यपत्र प्रस्तुतिको कार्यक्रम छ ।

समिटमा सहकारीमा कोष विभाजन र सुरक्षित पूँजी फिर्ता कोष वितरण र सदस्यता केन्द्रीयता अवधारणा, कानुनी व्यवस्था र कार्यान्वयन, संघको परिचय, साकोस व्यवस्थापनमा सुशासन र सहकारी एकीकरणका अवसर र चुनौतीहरु, सकारात्मक सोच सहितको सहकारी नेतृत्व र व्यक्तित्व विकास, सहकारीमा सम्पत्ति शुद्धिकरण र गो एमएलको प्रयोग तथा रिपोर्टिङ, सरकार र सहकारी विचको अन्तरसम्बन्ध स्थानीय, प्रदेश र केन्द्र विषयमा कार्यपत्र प्रस्तुत गरिदैछ ।

यस्तै, सहकारीमा समुदाय प्रतिको चासो र नेपाल प्रहरीको भूमिका, साकोसमा संस्थागत सुशासन, अवधारणा÷मापदण्ड विकास÷प्रयोग, सफल सहकारी संस्थाको सफलताको कथा, क्रेडिट युनियनमा नेतृत्वलाई बढावा विषयमा पनि कार्यपत्र प्रस्तुति गरिदैछ । सहभागीहरुबीच छलफल गरी सम्मेलनको अन्यमा घोषणा पत्र जारी गर्ने कार्यक्रम तय भएको आयोजक संघका अध्यक्ष रामहरि बजगाईले जानकारी गराउनुभयो ।

सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दकुमार पुन पासाङले गर्ने कार्यक्रम छ । सम्मेलनको मुख्य उद्देश्य सहकारी ऐन २०७४, नियमावली २०७५, प्रदेश र स्थानीय तहका ऐन, नियमावली, विभिन्न मापदण्ड, निर्देशन, सम्पत्ति शुद्धिकरणका विषयमा  सहभागिहरुलाई प्रशिक्षित गराउने रहेको अध्यक्ष बजगाईले प्रष्ट पार्नुभयो । विशेषतः आफ्ना सदस्य संस्थाहरुलाई दिगो बनाउन र अभियानमा भएका समस्याहरुलाई हल गर्नको निम्ति सम्मेलन कोशेढुङ्गो सावित  हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  बचत तथा ऋण सहकारीले नै आर्थिक समृद्धिको विषयलाई सम्बोधन गर्ने अध्यक्ष बजगाईले धारणा राख्नुभयो ।

सहकारी अभियानमा देखिएको विकृति र विसंगति न्यूनिकरण गर्दै सुशासनयुक्त संस्थामार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहकारी संस्थालाई जोड्न सम्मेलन सहयोगी हुने अध्यक्ष बजगाईंको भनाई छ । जिल्ला भित्र ६ सयको हाराहारीमा बचत तथा ऋण सहकारी संस्था छन् । ती संस्थाको अभिभावक संघको रुपमा बचत संघ सधैं क्रियाशील रहेको छ । अहिले सहकारी ऐन २०७४ र नियमावली २०७५ लाई कार्यान्वयन गर्नुपर्ने अवस्था छ । सम्पत्ति शुद्धिकरण निर्देशिका कार्यान्वयन र सहकारीका विद्यमान समस्या तथा चुनौतीहरुको विषयमा गहन छलफल गरी एउटा निचोड निकाल्नुपर्ने छ । यसैको सेरोफेरोमा समिट गर्न लागिएको अध्यक्ष  बजगाईंले बताउनुभयो । 

जिल्लाको सहकारी अभियानलाई कस्तो बनाउने भन्ने सन्दर्भमा आफ्ना सदस्य संस्थासँग गहन छलफल र बहस गरी निचोडमा पुग्ने उद्देश्य समिटको छ । साकोस भित्रका संस्थागत समस्याहरुको सम्बोधन भई संस्थाहरुलाई सुदृढिकरण गरी दिगो र स्वस्थ संस्था बनाउन ललितपुर साकोस समिट कोशेढुंगा हुने अपेक्षा गरिएको छ ।

यस अघिका ३ वटा समिट अन्य जिल्लामा आयोजना गरिएको र चौंथो समिट ललितपुर जिल्लामा नै गर्ने तयारी भए बमोजिम होटल भ्यु भृकुटीमा गरिन लागेको हो । संघले यस अघि २०७६ मा नै चौंथो समिटको सम्पूर्ण तयारी गरेको भएतापनि कोभिड १९ को कारण अन्तिम समयमा आएर स्थगन भएको थियो । 

ललितपुरमा ६ वटा स्थानीय तह छन् । प्रत्येक स्थानीय तहका एउटा सहकारीले बेरोजगार, न्यून आय भएका र विपन्न वर्गलाई माथि उठाउन काम गर्नको निम्ति जिल्ला संघले अपील गरेको छ ।  सहकारीहरु नीति, विधि र प्रविधिमा आधारित भएर अगाडि बढ्नको निम्ति प्राविधिक संस्कारको पनि विकास गर्नुपर्ने खाँचो उहाँले औल्याउनुभयो । विधि बनाएर संस्थाहरुलाई अगाडि बढाउन जिल्ला संघले काम गरिरहेको भन्दै अध्यक्ष बजगाईले त्यसका लागि शिक्षा, तालिम र सचेतना कार्यक्रमलाई अगाडि बढाएको जानकारी गराउनुभयो । समिटको समापन बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा हुनेछ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप