नेफ्स्कून र पोखरा विश्वविद्यालयबीच सहकारी क्षेत्रको अनुसन्धान तथा पाठ्यक्रम विकास सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र पोखरा विश्वविद्यालयबीच सहकारी क्षेत्रको अनुसन्धान तथा पाठ्यक्रम विकास सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र पोखरा विश्वविद्यालयबीच  सहकारी क्षेत्रको अनुसन्धान, पाठ्यक्रम विकास तथा लागु गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । नयाँ बानेश्वरमा आज साँझ आयोजित एक कार्यक्रमका बीच नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र पोखरा विश्वविद्यालयका डीन डा. दयाराज ढकालबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा भएको हस्ताक्षर कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल, रजिष्ट्रार डा. दीपक भण्डारी, डिन डा. दयाराज ढकाल, व्यवस्थापन विषय समितिका अध्यक्ष प्रा.डा. महानन्द चालिसे, सह–प्राध्यापक डा. रविन्द्र घिमिरे र नेफ्स्कूनको तर्फबाट सञ्चालक समिति सदस्य न्हुच्छेनारायण मिलन श्रेष्ठ, रिना आचार्य, जीवसराज खड्का, नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य ठाकुर प्रसाद बास्कोटा, कास्कूनका बरिष्ठ उपाध्यक्ष खेम सुवेदी, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल लगायत विभागीय प्रमुखहरुको उपस्थिति थियो । 

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्यालले नेफ्स्कूनसँगको सहकार्यका लागि आज भएको सम्झौताबाट वास्तवमै एउटा नयाँ अध्यायको सुरु भएको बताउनुभयो । देशमा नयाँ कुरा ल्याउने सृजनशिल पाठ्यवस्तुको आवश्यकता रहेको र यसबाट भोलिको दिनमा खोज अन्वेषणमुलक काम गरेर अत्यन्त सफल र प्रभावकारी कार्यक्रम सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।  

वास्तवमा देश विकासको नयाँ अभियानमा पोखरा विश्वविद्यालय लागेको छ । उहाँले भन्नुभयो, “आज मात्रै उद्यमशिलता विकास र उद्यमशिलता स्रोत सम्बन्धमा तीनवटा सम्झौता भएका छन्, आज विद्यार्थीहरु पढेर सकेको भोलिपल्ट जागिरका लागि लोकसेवा भिड्ने तयारी गर्छन्, पोखरा विश्वविद्यालय त्यो काम गर्दैन । हामी विद्यार्थीले पढेर सिध्याउने बेलामा आफै केही गरोस्, केही नयाँ कुरा ल्याओस्, छुट्टै ज्ञान र सीप विकास होस् भन्ने कुरा सिकाउँछौं ।” 

नेफ्स्कून र विश्वविद्यालयबीच अगाडि बढेको आजको यस कार्यक्रम कार्यान्वयमा म निरन्तर घच्घच्याउने छु, उहाँले भन्नुभयो, “सम्झौता गर्ने र छोड्ने कुरामा यो विषय पर्दैन, म प्रत्येक तीन तीन महिनामा यसको प्रगति प्रतिवेदनका लागि आव्हान गर्छु । मलाई लाग्छ यो कार्यक्रम अत्यन्तै सफल र लोकप्रिय भएर जानेछ ।” 

अव जागिर खोज्ने जनशक्ति होइन देशलाई जागिर दिने जनशक्ति खाँचोपरेकोले एउटा सृजनशिल व्यक्तित्व विकासको खाँचोलाई पुरा गर्न सहकार्य गरौं, उहाँले जोड्नुभयो, नेफ्स्कूनलाई के कस्तो कार्यक्रम कसरी दिनुपर्छ त्यसका लागि पनि छलफल गरौं र  हामी भोलिदेखिनै सहकारीको पाठ्क्रम कस्तो बनाउने हो, त्यसको कोर्ष निर्माणमा जुटौं । अवको पुुस्ता आफ्ना लागि रोजगारीको खोजि गर्ने नभएर रोजगारी सृजना गर्ने शक्ति बनोस् भन्ने चाहाना विश्वविद्यालयको रहेको उहाँले दावी गर्नुभयो । 

नेपालको पश्चिमाञ्चलको पोखरा शहरमा अवस्थित पोखरा विश्वविद्यालयमा ३२ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने यसका चार आंगिक, देशभर ५८ सम्बन्धन प्राप्त र ४ संयुक्त आंगिक महाविद्यालयहरु सञ्चालनमा रहेका छन् । 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले धेरैवटा विषयहरुका बीचमा आज पोखरा विश्वविद्यालयसँगको साझेदारी परिणाममुखी बन्ने विश्वास व्यक्त गर्नुभयो । खोज अनुसन्धान, सृजना र नवसृजनाको पहिलो पाईलाको रुपमा आजको कार्यक्रम अगाडि बढेको चर्चा गर्दै उहाँले  समझदारी मात्र नभएर पोखराको ठूलो ज्ञानको गुरुकुलसँग जोडिएको र यसले रणनीतिक साझेदारी मार्फत समुदायकेन्द्रीत वित्त प्रणालीमा विचार, प्रविधि, सृजना र नवसृजना ल्याउन सकिनेमा जोड दिनुभयो । 

अध्यक्ष पौड्यालले शास्त्र र सस्त्रको विषयमा चर्चा गर्दै चाणक्यका चार डाइमेन्सन शक्ति, सामथ्र्य, सहनशिलता  र विश्वास जुन हाम्रा पुर्खाले आर्जन गरेका थिए, त्यो हाम्रो पुस्ताले संस्थागत गर्न नसकेको तर्फ संकेत गर्दै आर्थिक स्वतन्त्रताको उपलब्धिलाई संस्थागत गर्न नसक्नुमा बैचारिक पक्षको सघनता कमजोर देखिएको चर्चा गर्नुभयो ।

उहाँले विवश्वव्यापी रुपमा प्रतिष्पर्धात्मक योग्यता हासिल गर्ने, आफुलाई पहलकदमी र सक्रियताका साथ विषयवस्तुलाई संस्थागत गर्ने जुन परिपाटी विश्व अभ्यासमा रह्यो, त्यो अभ्यासमा कमजोरी रहेको आशंका व्यक्त गर्दै शिक्षाको क्षेत्रमा हामी दोस्रो÷तेस्रो पुस्तामै रहेको विचार व्यक्त गर्नुभयो ।

आजको यस सम्झौताले नेपालको उच्च शिक्षामा सहकारी विषयको औपचारिक प्रवेशसँगै  सहकारी अभियानलाई थप व्यवस्थित र सुसंस्कृत बनाउन, दक्ष जनशक्ति उत्पादन गरी वर्तमान र भविष्यको आवश्यकता पुरा गर्न, प्राज्ञिक, बहस र पैरवी मार्फत सहकारी व्यवसायलाई विश्वविद्यालय भित्रको पठन पाठनमा समावेश गरी नयाँ पिंढीलाई सहकारी क्षेत्रमा आकर्षण गर्न सकिने विश्वास लिइएको छ । साथै सरकारलाई सहकारी क्षेत्रको विकास र विस्तारका लागि आवश्यक प्राविधिक लगायतका सल्लाह प्रदान गर्न, विश्वविद्यालय स्तरमा सहकारी विषयको औपचारिक पाठयक्रम विकासमा सहकार्य गरी सहकारी क्षेत्रमा प्रमाणीकरण गर्न र सम्भाव्यता अध्ययन गरि ननक्रेडिट कोर्षहरु सञ्चालन गर्ने उद्देश्य अगाडि सारिएको छ । 


  

पोखरा विश्वविद्यालयका रजिष्ट्रार डा. दीपक भण्डारीले मुलुकलाई शिक्षा मार्फत ज्ञानको ज्योति जगाएर समृद्ध मुलुक निर्माण गर्ने उद्देश्य विश्वविद्यालयको रहेको र गरिबी निवारण मार्फत समृद्धी हाँसिल गर्ने उद्देश्य सहकारीको रहेको हुँदा दुवैको सहकार्यबाट अन्तिम लक्ष्यमा पुग्न सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । उद्देश्य हासिल गर्न र अन्तिम लक्ष्यमा पुग्न एक्लै हिडेर सम्भव छैन । धेरै अगाडि देखिको नेफ्स्कूनसँग एकता गर्ने सोच पुरा गर्ने दिन आज जुरेको चर्चा गर्दै उहाँले चाहेर र बल गरेर मात्रै नहुने, कुनै पनि कामका लागि दिन आउनु पर्ने रहेछ, त्यो दिन आज परेकोमा निकै खुशी व्यक्त गर्नुभयो । उहाँले दुवै पक्ष मिलेर एउट उद्देश्यमा पुग्नुपनि एक प्रकारको व्यवसाय हो, यो व्यवसायबाट  राष्ट्रलाइ योगदान गर्न सक्नुनै सवैभन्दा महत्तम उपलब्धि हुने बताउनुभयो । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले कार्यक्रममा स्वागत गर्दै नेफ्स्कूनको सक्षिप्त परिचय गराउनुभएको थियो । उहाँले दक्ष जनशक्ति निर्माणमा बैज्ञानिक खोज अनुसन्धानको जरुरत रहेको र यसमा पोखरा विश्वविद्यालयसँगको सहकार्यले मुर्त रुप लिनसक्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको सहकारी अभियान सञ्चालनमा आवश्यक पर्ने कुशल व्यवस्थापक निर्माणको दौरानमा पनि नेफ्स्कून भित्र छुटै तालिम तथा स्रोत केन्द्र मार्फत नेफ्स्कूनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटी सँगको सम्बन्धन प्राप्त सहकारी व्यवस्थापक कोर्ष निर्माण गरी दुई चरणमा कार्यक्रम सम्पन्न भई तेस्रो चरण सुरुवात गरेको जानकारी गराउनुभयो ।

कार्यक्रम सञ्चालन नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमल्सिनाले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

८ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप