मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक, सहकारीलाई प्रविधिसँग जोड्ने विषय समावेश
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक, सहकारीलाई प्रविधिसँग जोड्ने विषय समावेश

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासाको समीक्षा प्रतिवेदन आज सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा सहकारीलाई प्रविधिसँग जोड्ने विषय समोवेश गरिएको छ । राष्ट्र बैंकले सहकारी र लघुवित्तलाई प्रविधि सेवा उपयोग गर्ने नीति दिएको हो । यसका कारण अब सहकारीलाई प्रविधिमा जोडिन सहज हुने भएको छ । सहकारी क्षेत्रले प्रविधिकरणमा जान कानुनी तथा नीतिगत अहसजता भएको विषयलाई प्राथमिकताका साथ सरोकारवालाहरुसँगको बहसपैरवीको विषय बनाउँदै आएको छ । खासगरी कोभिड १९ पश्चात उत्पन्न असहजतालाई ध्यानमा राखी सहकारी क्षेत्रले पनि प्रविधिकरणको आवश्यकता बढी नै बोध गरेको अवस्थामा मौद्रिक नीतिको समिक्षामा यो विषय प्रवेश भएको हो ।

राष्ट्र बैंकले आफ्नो क्षेत्राधिकार नभएको भन्दै सहकारीलाई वेवास्ता गर्दै आएपनि प्रविधिमा जोड्ने विषय पहिलो त्रैमासा समीक्षा प्रतिवेदनमा उल्लेख छ । सहकारीलाई प्रविधिमा जोड्न सकिए नियमन गर्न पनि सघाउ पुग्ने नियामक निकाय सहकारी विभागले बताउँदै आएको छ । सहकारी अभियानको उपल्लो निकाय राष्ट्रिय सहकारी महासंघले समेत सहकारीलाई प्रविधिमा जोड्न मार्गनिर्देशन तयारी गरिरहको छ । 
स्पष्ट कानुन अभाव र सदस्यहरुमा प्रविधि पहुँचको अभाव कारण सहकारीमा प्रविधि प्रयोग प्रयोग अगाडि बढ्न नसकेको अवस्था छ । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप