फैलदैं विश्व सहकारी अर्थतन्त्रको आयतन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
फैलदैं विश्व सहकारी अर्थतन्त्रको आयतन 

विश्वका ३ सय ठूला सहकारीहरुको सूची World Cooperative Monitor-2021 सार्वजनिक भएको छ । विश्व सहकारीको उपल्लो निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघले हिजो कोरियाली राजधानी सोलमा उक्त सूची सार्वजनिक गरेको हो । वार्षिक कारोबार र कुल ग्राहस्र्थ उत्पादनमा प्रति व्यक्ति आय कारोबार अनुपात गरी २ वटा आधारमा प्रत्येकका शीर्ष १० सहकारीहरुको सूचीसहित १० औं प्रतिवेदन सार्वजनिक गरिएको हो ।

उक्त प्रतिवदेन अनुसार विश्वका ३ सय ठूला सहकारीहरुले आर्थिक वर्ष सन् २०१९ मा कुल २,१८०.०१ विलियन अमेरिकी डलरको वार्षिक कारोबार गरेका छन् । त्यसमध्ये सबैभन्दा धेरै अर्थात् १०२ सहकारीहरुले बिमा र ९८ ले कृषि तथा खाद्य क्षेत्रमार्फत कारोबार सफलता हासिल गरेका हुन् भने थोक तथा खुद्रा व्यापारको क्षेत्रमा ५५ सहकारीहरुले उच्च कारोबार गरेका हुन् । त्यस्तै, कुल ग्राहस्थ उत्पादनमा प्रति व्यक्ति आयको कारोबार अनुपातका आधारमा कृषि तथा खाद्य (९५) र बिमा (९४) क्षेत्रमा उत्तिकै संख्यामा ठूला सहकारीहरुले योगदान गरेका छन् । थोक तथा खुद्रा व्यापारको क्षेत्रमा ५३ वटा सहकारीहरुले राम्रो कारोबार गर्दा  शिक्षा, स्वास्थ्य र सामाजिक कार्यको क्षेत्रमा काम गर्ने १० वटा ठूला सहकारीहरुले पनि कुल ग्राहस्थ उत्पादनको आधारमा प्रति व्यक्ति आयको कारोबार अनुपातमा भूमिका खेलेका छन् ।

‘वल्ड कोअपरेटिभ मनिटर २०२०’ मा विश्वका ३ सय ठूला सहकारीहरुले २.१ ट्रिलयन अमेरिकी डलरको कारोबार गरेको उल्लेख थियो । बार्षिक कारोबारमा १५९ युरोपेली सहकारीहरु, ९५ उत्तर र दक्षिण अमेरिकी सहकारीहरु, ४६ एशिया प्रशान्त क्षेत्रीय सहकारीहरु परेका छन् ।

कुल ग्राहस्थ उत्पादनमा प्रति व्यक्ति आयको कारोबार अनुपातका आधारमा युरोपका १६५ सहकारीहरु, उत्तर र दक्षिण अमेरिकाका ७७, एसिया प्रशान्तका ५७ र अफ्रिकाको १ सहकारीले योगदान गरेका छन् । सबैभन्दा बढी वार्षिक कारोबार गर्ने सहकारी फ्रान्सको ग्रुप क्रेडिट एग्रिकोल बनेको छ । वित्तीय कारोबार केन्द्रीत उक्त उपभोक्ता सहकारीले सन् २०१९ मा ११४.५५ विलियन अमेरिकी डलर कारोबार गरेको थियो । ठूला दशको सूचीमा फ्रान्सको बीपीसीइ सहकारी रहेको छ । सूचीमा ४ फ्रान्सेली सहकारीहरु छन् भने जर्मनीका ३, जापानका २  र अमेरिकाको एउटा सहकारी पनि परेका छन् ।

कुल ग्राहस्थ उत्पादनमा प्रति व्यक्ति आयको कारोबार अनुपातका आधारमा तयार गरिएको १० ठूला सहकारीहरुको सूचीको पहिलो स्थानमा कृषि मल कारोबार गर्ने भारतीय बहुराष्ट्रिय सहकारी इफ्को रहेको छ भने तेस्रो नम्बरमा दुध र दुधजन्य कारोबार गर्ने अर्को बहुराष्ट्रिय भारतीय सहकारी अमुल रहेको छ । ४६२३ कर्मचारी कार्यरत इफ्कोको कुल ग्राहस्थ उत्पादनमा प्रति व्यक्ति आयको कारोबार अनुपात ३,९०५,२३१.५७ रहेको छ । उक्त सूचीमा फ्रान्स, ब्राजिल, जापान, जर्मनी र कोरियाली सहकारीहरु छन् ।

आइसीएले सहकारी तथा सामाजिक उद्यमसम्बन्धी युरोपेली अनुसन्धान संस्था Euricse को प्राविधिक तथा साझेदार संघ संस्थाहरुको आर्थिक सहयोगमा प्रतिवेदन तयार गरेको हो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१५ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१५ घण्टा अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप