नेफ्स्कून अध्यक्ष पौड्यालद्वारा संघको ३४ औं सेवा केन्द्र सिन्धुलीमा उद्घाटन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून अध्यक्ष पौड्यालद्वारा संघको ३४ औं सेवा केन्द्र सिन्धुलीमा उद्घाटन

नेफ्स्कूनको ३४ औँ सेवा केन्द्र सिन्धुलीमा सञ्चालनमा आएको छ । उक्त सेवा केन्द्रको नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले आज उद्घाटन गर्नुभएको छ । नेफ्स्कूनले सदस्य संस्थाको प्रवर्धन र विकासका लागि सिन्धुलीमा पनि सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । सदस्य संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा आज बिहान कार्यालय उद्घाटनसँगै कारोबार सञ्चालनमा आएको हो ।

यसैबीच, सिन्धुली भ्रमणमा रहनुभएका नेफ्स्कून अध्यक्ष पौड्याल साकोस अभियानवारे समसामयिक विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा समेत सहभागी हुनुएको छ । सिन्धुलीका ३० साकोसका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, संचालक र व्यवस्थापकहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेफ्स्कूनका संचालक सदस्य जिवसराज खड्का, जिल्ला बचत तथा ऋण सहकारी संघ सिन्धुलीका अध्यक्ष बल कुमारी श्रेष्ठ, नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल लगायतको आतिथ्यता रहेको थियो । प्रमुख व्यक्तित्व संघका अध्यक्ष परितोष पौड्यालले नेपालको सबै भन्दा ठुलो सञ्जाल वचत तथा ऋण सहकारीहरु रहेकोले साकोस अभियानले उद्यमशिलता विकासका लागि काम गर्नु पर्ने बताउनुभयो । उहाँले छाताले तब मात्र काम गर्छ जब छाता समाउने मान्छेले बलियो गरि पकडिन्छ , छातालार्इ कमजोर सँग समायौ भने छाताले पनि ओत दिन नसक्ने बताउनुयो ।

कार्यक्रममा जिल्ला बचत संघकी अध्यक्ष श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो भने नेफ्स्कूनका संचालक जिवसराज खड्काले प्रतिबद्धता मन्तव्य राख्नु भएको थियो । उहाँले अब साकोस अभियानलाइ बलियो वनाउन साकोस, जिल्ला बचत संघ, प्रदेश बचत संघको साथ र सहयोग आवाश्यक रहेको औल्याउनु भएको थियो । नेफ्स्कूनका सदस्य सेवा विभागका प्रमुख दुर्गा प्रसाद ढकालले नेफ्स्कूनको सेवा व्यवसायबारे प्रस्तुति गर्नुभएको कार्यक्रमको सञ्चालन नेफ्स्कून फिल्ड कार्यालय सर्लाहीका इन्चार्ज महेश बरालले गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप