जनकपुरमा 'ऋण जोखिम व्यवस्थापन तालिम' सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकपुरमा 'ऋण जोखिम व्यवस्थापन तालिम' सम्पन्न 

धनुषा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) जनकपुर फिल्ड कार्यालयको आयोजनामा 'ऋण जोखिम व्यवस्थापन तालिम' सम्पन्न भएको छ । हिजो तालिम समापनमा प्रमुख व्यक्तित्व जिल्ला बचत तथा ऋण सहकारी संघ लि. धनुषाका अध्यक्ष धुवनारायण यादव, नेफ्स्कून फिल्ड कार्यालय उप समितिका सदस्यहरु सुधिर पाण्डे, नवीन कर्ण, बैष्णवी साकोसका प्रमुख कार्यकारी अधिकृत जयनाथ मण्डल लगायतको उपस्थिति थियो । 

समापन कार्यक्रमका प्रमुख व्यक्तित्व जिल्ला बचत संघका अध्यक्ष धुव नारायण यादवले नेफ्स्कूनले प्रारभिक साकोसहरुलाई धेरै तालिम सञ्चालन गदै आएको बताउँदै नेफ्स्कूनको फिल्ड कार्यालय जनकपुरधाम सञ्चालनमा आएपछि धेरै संस्थाहरुमा सुधार भएको दाबी गर्नुभयो । समापन कार्यक्रममा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य सुधिर पाण्डेले नेफ्स्कून साकोसहरु सगँसँगै रहेको भन्दै आगामी दिनमा नेफ्स्कून फिल्ड कार्यालय जनकपुर अन्तर्गत विभिन्न क्षेत्र गएर त्यस्ता कार्याक्रमहरु संचालन गर्ने बताउनुभयो ।

त्यस्तै, फिल्ड कार्यालय व्यवस्थापन उपसमितिका अर्का सदस्य नवीन कर्णले तालिममा सिकाइका कुराहरु संस्थामा गएर लागु गर्नुपर्ने बताउनुभयो । संस्थालाई आवश्यक नीति, विधि लगायत साकोस लाई आवश्यक सम्पूर्ण कुराका लागि नेफ्स्कूनसगँ समन्वन गर्न उहाँले आग्रह गर्नुभयो । तालिममा ३५ ओटा साकोसका ३५ जनाको सहभागिता थियो । तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमन राज घिमिरेले गर्नु भएको थियो भने व्यवस्थापन नेफ्स्कून फिल्ड कार्यालय जनकपुरधामका रमेश कुमार साहले गर्नु भएको थियो भने समापन कार्याक्रम संचालन नेफ्स्कून फिल्ड कार्यालयका इन्चार्ज राजेन्द्र ढकालले गर्नु भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप