रामपुर साकाेसकाे १४ औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामपुर साकाेसकाे १४ औं वार्षिक साधारण सभा सम्पन्न

पाल्पा । रामपुर बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । न्यु श्रीनगर होटल पाल्पामा भएको साधारण सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याल प्रमुख अतिथि रहनु भएको हो । प्रमुख अतिथि पौड्यालले बोल्दै सहकारी संस्थाको प्रगति शेयर सदस्यहरुको विश्वास र सञ्चालक समितिको सक्षमतामा निर्भरहने बताउनु भएको छ । पानसमा दिप प्रजोलन गरि कार्यक्रम उट्घाटन गर्दै वित्तिय सुचाङ्क सकारात्मक रहे पनि सहकारीको उत्थानका लागि सदस्यहरुलाई सहकारी प्रति पूर्वरुपमा विश्वास दिलाउन आवश्यक रहेको बताउनुभयो ।

सहकारीको मर्म र भावना अनुसार समय सापेक्ष नीति तथा कार्यक्रम कार्यान्वयनमा सञ्चालक समितिको ध्यान दिन सकेमा सदस्यहरुको मन जित्न सकिने बताउनुभयो । सहकारीहरुले उद्यमशीलताको माध्यम बाट शेयर सदस्यहरुको आम्दानी बढाउने खालका कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्य वित्तिय संस्था नाफामा केन्द्रित हुन्छ भने सहकारीले सदस्यहरुलाई रकम व्यवस्थापन गर्ने सीप सिकाउँछ । अब सहकारीहरुले आम्दानी गर्ने माध्यम संगै उद्यमशीलतालाई जोड्नु आवश्यक छ ।’ दुनियाँ प्रविधि मैत्री बन्दै गएकाले अबको केही वर्षमा नगदी कारोबार बन्द हुने अवस्था सृजना हुने बताउँदै समय अनुसारको प्रविधि र नीतिको अवलम्बन गर्ने समय आएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद युवराज खनालले सहकारीले आर्थिक कारोबार संगै विकासको लागि सहकार्यको ज्ञान प्रदान गरेको बताउनुभयो । उहाँले रामपुर बचत तथा ऋण पाल्पाको पूर्वी क्षेत्र कै अग्रणी सहकारी भएकाले अन्य सहकारीहरुको लागि अनुकरणीय हुने खालका कार्यक्रम सहित अघि बढ्न आग्रह गर्नुभयो । उहाँ सहकारीेले कृषी, पर्यटन, रोजगार उद्यमशिलतामा जोड दिनु पर्ने जसले गर्दा आर्थीक उर्पाजनले आर्थिक समृद्धि मिल्न सहयोग गर्ने बताउनु भएको छ । उहाँले थोपा थोपा गरेर घैटो भरिन्छ त्यसै गरि वचत गर्न सके वचत गर्दै जादा जिबन सुरक्षित हुनेमा समेत जोड दिनु भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका उपाध्यक्ष शान्ति अधिकारीले केन्द्र, प्रदेश र स्थानीय तहको सहकारी ऐन फरक फरक भएको बताउँदै एकरुपता ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले उद्यमशीलता तर्फ ध्यान दिने समय आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला सहकारी संघ पाल्पाका सदस्य इश्वरी देवी खनाल, अन्धकारमुुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटा, सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्ण कुमार अर्याल र शेयर सदस्य लक्ष्मण सुनामले सहकारीले आर्थिक रुपान्तरणमा पु¥याएको योगदानको चर्चा गर्दै संस्थालाई प्रगतिको शुभकामना दिनु भएको थियो ।

सस्थाका उपाध्यक्ष नगिलाल पौडेलको स्वागत बाट सुरुभएको कार्यक्रममा रामपुर बचत तथा ऋण सहकारीका अध्यक्ष राजु प्रसाद श्रेष्ठले संस्थाले प्राप्त गरेको उपलब्धी, भावि योजना र रणनितीको बारेमा जानकारी गराउँदै एउटै प्रकृतिका सहकारीलाई मर्ज गरी अघि बढ्ने तयारीमा संस्था रहेको बताउनुभयो ।
सहकारीले साधारण सभाको अवसरमा शेयर सदस्यहरुलाई विभिन्न विद्यामा सम्मान सहित पुरस्कृत गरेको छ । रामपुर नगरपालिका सहित निस्दी गाउँपालिकाका ५ वटा वडा र पूर्वखोला गाउँपालिका १ भित्रका ४ हजार ४ सय ३ जना शेयर सदस्य मध्ये बाट छनौट गरी सम्मान सहित पुरस्कृत गरेको हो । सहकारीले जेष्ठ शेयर सदस्यहरु चुरा बहादुर सेन, हेम बहादुर राना र पेमा कुमारी श्रेष्ठलाई दोसला ओढाई नगद र प्रमाण पत्र सहित सम्मान गरेको हो ।

त्यस्तै उत्कृष्ट बचत कर्ताहरु मध्ये ऐच्छिक बचतमा रामु श्रेष्ठ, दैनिक बचतमा बालकृष्ण श्रेष्ठ र रेमिट बचतमा नौ माया गाहा, नियमित बचतकर्ता तर्फ मोहन वि।क।, प्रेम कुमारी भण्डारी, धनमाया दर्जी र ईश्वर बहादुर खवास, बालबचतकर्ता तर्फ विनिता सिग्देल, प्रवेश लम्साल, पियन्स थापा र विद्यान सिग्देल र ऋण सदुपयोगकर्ता सरस्वती श्रेष्ठ, हरिमाया ढुङ्गाना, टेक बहादुर श्रेष्ठ र कृष्ण गैरेलाई प्रमाण पत्र र नगद सहित सम्मान गरेको व्यवस्थापक रामचन्द्र अधिकारीले बताउनुभयो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप