सिस्टर सोसाइटी रामपुर, पाल्पा गठन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिस्टर सोसाइटी रामपुर, पाल्पा गठन

काठमाडौं । गण्डकी प्रदेशको पाल्पास्थित रामपुर बचत तथा ऋण सहकारी संस्था लि.मा आबद्ध महिला सदस्यहरुको पहलमा सिस्टर सोसाइटी रामपुर, पाल्पा गठन भएको छ । बचत तथा ऋण सहकारी (क्रेडिट युनियन) हरुमा आबद्ध महिलाहरुको विश्वव्यापी साझा मञ्च सिस्टर सोसाइटी विश्व ऋण परिषद् (ओकू) ले सन् २००९ मा स्थापना गरेको महिला सशक्तिकरण एवम् सञ्जालीकरण अभियान हो । रामपुर साकोसका करिब ६० महिला सदस्यहरुको सहभागितामा सिस्टर सोसाइटी गठन भएको हो । संस्थाको १४ औं वार्षिक साधारण सभाको अवसर पारेर मंसिर १७ गते शुक्रबार नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष शान्ति अधिकारीको बिशिष्ट आतिथ्यतामा सिस्टर सोसाइटीको विधिवत् उद्घाटन एवम् गठन भएको हो ।

नेफ्स्कून अध्यक्ष पौड्यालले सिष्टर सोसाइटी गठन भएकोमा हार्दिक बधाई दिदैं शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले सोसाइटीमार्फत महिला उद्यमशीलता, रोजगारी सिर्जना, नेतृत्व विकास र सशक्तिकरणका दिशामा नवीन र नतिजामुखी कार्यहरु आयोजना गरिने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा नेफ्स्कून उपाध्यक्ष एवम् सिस्टर सोसाइटी नेफ्स्कून, नेपाल च्याप्टरकी संयोजक शान्ति अधिकारीले सिस्टर सोसाइटीको इतिहास, औचित्य र यसमार्फत महिलाको सीप, क्षमता, नेतृत्व कौशलसँगै सशक्तिकरणमा गर्न सकिने कामहरुबारे सदस्यहरुलाई अभिमुखीकरण गराउनुभएको थियो ।

क्रेडिट युनियनमा आबद्ध महिलाहरुको बिश्व सञ्जाल सिस्टर सोसाइटीले विश्वभरका महिलाहरुबीच साझा मुद्दाहरुमा समान धारणा बनाउन, ज्ञान, शिक्षा र अनुभव आदानप्रदान गर्न सहयोग गर्नुका साथै महिला शसक्तिकरण, लैङ्गिक असमानता र विविध किसिमका विभेद अन्त्य गर्दै महिलाहरुलाई आर्थिक आत्मनिर्भरतातर्फ डोहोर्याउन भूमिका खेल्दछ । नेपालमा विश्व ऋण परिषद्को पहल तथा नेफ्स्कूनको अग्रसरतामा पहिलो पटक सन् २०१७ मा सिस्टर सोसाइटी नेफ्स्कून, नेपाल च्याप्टर गठन भएको जानकारी नेफ्स्कून उपाध्यक्ष अधिकारीले गराउनुभयो । नेपालमा हालसम्म गठन भएका सिस्टर सोसाइटीहरुमार्फत महिला शसक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएको पनि उहाँले बताउनुभयो । विश्व ऋण परिषद्ले Global Women's Leadership Network मार्फत सिस्टर सोसाइटीका कार्यक्रमहरुलाई अघि बढाउँदै आएको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप