पोखरा रोयल साकोसद्वारा १ सय ५२ विद्यार्थीलाई न्यानो पोसाक वितरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा रोयल साकोसद्वारा १ सय ५२ विद्यार्थीलाई न्यानो पोसाक वितरण 

कास्की । पोखरास्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.ले पोखरा-१०, रामबजारस्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ५२ विद्यार्थीलाई न्यानो पोसाक (स्वेटर) वितरण गरेको छ ।

विद्यालयका प्रधानाध्यापक बलराम गिरीको अध्यक्षतामा भएको एक कार्यक्रममा पोखरा रोयल साकोसकी अध्यक्ष रुद्रकुमारी गुरुङ, उपाध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङ र प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले विद्यार्थीहरुलाई न्यानो पोसाक वितरण गर्नुभएको संस्थाका मूख्य प्रवन्धक तथा सूचना अधिकारी मिलन ढकालले जानकारी दिनुभयो ।

संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत कमजोर आर्थिक अवस्थाका कारण जाडो समयमा समेत न्यानो पोसाक खरिद गर्न कठिन भएका विद्यार्थीहरुलाई विद्यालयको माग बमोजिम सहयोग हस्तान्तरण गरिएको साकोसकी अध्यक्ष रुद्रकुमारी गुरुङले बताउनुभयो ।

विद्यालयमा अध्ययनरत विद्यार्थी, विद्यालय र समुदायमा नियमित रुपमा वित्तीय साक्षरता र प्रविधि साक्षरता सम्वन्धी शिक्षा र रोयल सेभिङ क्लबमार्फत विविध गतिविधि सञ्चालन गर्न साकोसका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ र विद्यालयका प्रधानाध्यापक बलराम गिरीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सहकारीले गरेको सहयोग र गतिविधि समुदायको लागि नमुनायोग्य काम भएको उदाहरण दिँदै प्रधानाध्यापक गिरीले सहकारी परिवारलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहकारी संग सहकार्य गर्दै काम गर्न विद्यालय परिवार तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो। विद्यालयका सहायक प्रधानाध्यापक सूर्यमोहन ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक बासुदेव अधिकारीले गर्नुभएको थियो। विद्यालयमा बिहानी र दिवा कक्षा गरी २ हजार ६०० बढी विद्यार्थी अध्ययनरत छन् भने ८३ जना शिक्षकहरु कार्यरत रहेको सहायक प्रधानाध्यापक सूर्यमोहन ढकालले जानकारी दिनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप