ठेचो महिला जागरण साकोसको CUDCC तालिम धुलिखेलमा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ठेचो महिला जागरण साकोसको CUDCC तालिम धुलिखेलमा सम्पन्न 

काठमाडौं । ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि., गोदावरी ललितपुरको CUDCC तालिम नेफ्स्कूनको प्राविधिक सहयोगमा काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । पुस २२ देखि २५ गतेसम्म संचालित 'साकोस सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम'को समापन सत्रको प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारी रहनुभएको थियो भने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल अथिति हुनुहुन्थ्यो । तालिम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमल राज अधिकारी र तालिम अधिकृत समुनराज घिमिरेले गर्नुभएको थियो । संस्थाकी अध्यक्ष लक्ष्मितारा डङगोलले ब्याानरमा हस्ताक्षर गरेर तालिम उद्घाटन गर्नुभएको थियो । तालिममा संचालक समिति, लेखा सुपरिवेक्षेण समिति, उपसमिति र कर्मचारी गरी जम्मा २० जनाको सहभागिता थियो । समापन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष लक्ष्मितारा डङगोलले गर्नु भएको थियो ।

प्रमुख अतिथि नेफ्स्कून उपाध्यक्ष शान्ति अधिकारीले नेफ्स्कूनले राज्यसँग बचत ऋण सहकारी संचालनमा देखिएका चुनौती र बेथिति समाधानका लागि वकालतको कार्य गर्ने गर्दछ र निरन्तररुपमा सोकार्य गरेको दाबी गर्नुभयो । हाल करमा भएको छुट त्यसको परिणम भएको उहाँले बताउनुभयो । उपाध्यक्ष अधिकारीले संचालक समितिलाई संस्थाको भावी कार्यदिशा बनाई सोही बमोजिम अगाडि बढ्न अनुरोध गर्नुभयो । संस्थाले सहकारी शिक्षाको साथसाथै सदस्यहरुलाई वित्तिय साक्षरता सम्बन्धि शिक्षा दिई सदस्यहरुको आर्थिक उन्नतिमा लाग्नको लागि पनि उहाँको अनुरोध थियो । महिला साकोस भएकोले बचत ऋणको साथसाथै समुदायमा रहेका महिलाहरुका शसक्तिकरणका कार्यक्रमहरु अगाडि बढाउन पनि प्रमुख अतिथि अधिकारीले सुझाउनुभयो । 

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले संस्था संचालनमा रणनीतिक व्यावसायिक योजनाको निकै महत्व रहने भन्दै संस्थाले बनाएको रणनीतिक व्यवसायिक योजना अनुसार कार्य गर्ने र समय समयको त्यसको समिक्षा गर्दे अगाडि बढ्न आग्रह गर्नुभयो । तालिमका सिकाइलाई संस्थामा कार्यान्वयनमा ल्याउन अनुरोध गर्दै ब्राण्ड सफलताको शुभकामना समेत दिनुभयो ।  
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप