महोत्तरीमा आज 'आधारशिला' र 'कर्ब्स' कार्यक्रम सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महोत्तरीमा आज 'आधारशिला' र 'कर्ब्स' कार्यक्रम सम्झौता

प्रदेश नं २ को महोत्तरी जिल्लामा आज नेफ्स्कूनले सञ्चालन गरेका दुई कार्यक्रममा सम्झौता भएको छ । नेफ्स्कून–औरही नगरपालिकाबीच आधारशिला कार्यक्रममा सम्झौता भएको छ भने बिषहारामाई बचत तथा ऋण सहकारी संस्था लि सँग जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) सम्झौता भएको छ ।

औरही नगरपालिकाको तर्फबाट नगर प्रमुख सुनिल कुमार यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र तथा नेफ्स्कूनका तर्फबाट अनुगमन अधिकृत श्यामराज तिमल्सिनाले आधारशिला कार्यक्रम सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । जिल्ला सहकारी संघ महोत्तरीका संचालक सदस्य तथा औरही सहकारी सञ्जालका संयोजक रामनारायण साह पनि त्यस अवसरमा उपस्थित रहनुभएको थियो ।

औरही नगरपालिकाका सबै प्रकृतिका सहकारीहरूको स्तरोन्नति तथा नीति, विधि र प्रविधिमा संचालन गराउने उद्देश्य अनुरुप कार्यक्रममा सम्झौता भएको हो । तीन वर्ष अवधिमा सञ्चालन हुने उक्त कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका सहकारीहरूको अवस्था मापन ,नीति तथा संस्थागत परामर्श सेवा प्रदान, सहकारी सचेतना कार्यक्रम सञ्चालन ,आधारभूत लेखा व्यवस्थापन तालिम, स्थानीय तहलाई नीतिगत तथा संस्थागत क्षमता विकास परामर्श, बचत तथा ऋण व्यवस्थापन तालिम ,व्यवसाय विकास तालिम आदि सञ्चालन हुनेछ ।

आधारशिला कार्यक्रममा सम्झौता गर्ने औरही नगरपालिका महोत्तरी जिल्लाको पहिलो नगरपालिका हो । प्रदेश २ का सबै स्थानीय तहलाई विविध कार्यक्रमहरुमा आवद्ध गराई सहकारीहरुको स्तरोन्नतिमा सहयोग तथा सहजीकरण गर्ने लक्ष्य आधारशिला कार्यक्रमको रहेको छ । 

यस्तै, बिषहारामाई बचत तथा ऋण सहकारी संस्था लि को कार्यालयमा आज कर्ब्स कार्यक्रम सम्झौता भएको हो । संस्थालाई नीति, विधि र प्रविधिमा संचालन गरी गुणस्तर साकोस निर्माण गर्न सहयोग पुग्ने उद्देश्य अनुरुप कर्ब्समा आवद्ध भएको साकोसका अध्यक्ष जितेन्द्र यादवले जानकारी दिनुभयो ।

सम्झौता पत्रमा साकोसका तर्फबाट अध्यक्ष जितेन्द्र यादव, सचिव राम नारायण साह र व्यवस्थापक दिनेश कुमार यादवले तथा नेफ्स्कूनको तर्फबाट अनुगमन अधिकृत श्यामराजा तिमल्सिनाले हस्ताक्षर गर्नुभएको थियो । उक्त अवसरमा सचिव साहले कर्ब्स कार्यक्रमले संस्थाको हरेक पक्षको विकासमा सहयोग पुग्ने अपेक्षा राख्दै कार्यक्रममार्फत नियमित सहयोग र सहजीकरण प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप