जिल्ला बचत संघ झापाको दशौं बार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला बचत संघ झापाको दशौं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । झापाको विर्तामोड नगरपालिका ४, भद्रपुरमा अवस्थित बचत तथा ऋण सहकारी संघ लि. झापाको दशौं बार्षिक  साधारणसभा पुस २९ गते विहिबार सम्पन्न भएको छ । संघका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो ।

सभामा विशिष्ट अतिथि जिल्ला सहकारी संघ लि. झापाका अध्यक्ष गणेश ढकाल, नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव प्रसाद पोख्रेल र अतिथिहरुमा नेफ्स्कून सञ्चालक गोमा नेपाल, संघका निवर्तमान अध्यक्ष एवम् नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारी, मोरङ जिल्ला बचत संघका अध्यक्ष सोमनाथ निरौला लगायत स्थानीय सहकारीकर्मी र सदस्यहरुको उपस्थिति रहेको थियो । 

सभामा बोल्दै प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष पौड्यालले सहकारीको सिद्धान्त र नीति विधि प्रविधि प्रयोगमा प्रारम्भिक संस्था र संघहरुले विशेष जोड दिनुपर्ने बताउनुभयो । उहाँले विश्व डिजिटलाइजेसनको युगमा प्रवेश गरिसकेको प्रशंङ्ग उल्लेख गर्दै सहकारी अभियानलाई समय सापेक्ष बनाउन अब उच्च स्तरको प्रतिस्पर्धी प्रविधिको विकल्प नरहेको बताउनुभयो । बचत तथा ऋण सहकारी अभियानलाई प्राविधिकीकरण र सञ्जालीकरणमा जोड्न नेफ्स्कूनले एकीकृत प्रविधि सेवा विकास गरिरहेको उहाँले बताउनुभयो । 

सधारणसभामा अध्यक्ष तुलाराम न्यौपानेले आर्थिक बर्ष २०७७ ०७८ को प्रगति प्रतिवेदन र चालु बर्षको बार्षिक बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो  भने लेखा सुपरिवेक्षण समितिका सदस्य राजेन्द्र प्रसाद रिजालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संघले सहकारी मूल्य मान्यता र सिद्धान्त अनुसरण गर्दै नीति, विधि र प्रविधि प्रयोग मार्फत सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा क्रियाशिलता अभिवृद्धि गराउन शिक्षा, तालिम कार्यक्रमहरुमा जोड दिइने जनाएको छ । 

संघका अध्यक्ष न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै असार मसान्तसम्म १५ लाख ५० हजार सेयर पुँजी, ८२ लाख ऋण लगानी, ८१ लाख बचत संकलन सहित कुल डेढ करोडको कारोबार रहेको जानकारी गराउनुभयो । १ सय ६४ सेयर सदस्य रहेको संघले बचत संकलन बृद्धिलाई भन्दा सदस्यहरुको नियमित बचत बानी विकास गराउन पहल गर्नेतर्फ जोड दिइएको अध्यक्ष न्यौपानेले जानकारी गराउनुभयो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप