सामूहिक साकोसको सियुडिसिसि तथा सहकारी अध्ययन अवलोकन सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामूहिक साकोसको सियुडिसिसि तथा सहकारी अध्ययन अवलोकन सम्पन्न 

भक्तपुर । सामूहिक बचत तथा ऋण  सहकारी संस्था लि. भक्तपुर बोलाछेँका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) तथा सहकारी अध्ययन अवलोकन सम्पन्न भएको छ । संस्थाको वार्षिक नीति तथा कार्यक्रम तालिका अनुसार पोखरामा पुस २५ देखि २८ गतेसम्म साञ्चालन भएको चार दिने सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम नेफ्स्कूनको प्राविधिक सहजिकरणमा सम्पन्न भएको हो । 

तालिम उद्घाटन सत्रको अध्यक्षता संस्थाका सचिव कृष्णहरी सैंजुले गर्नुभएको थियो भने तालिम समापन समारोह कार्यक्रमका प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ लि. कास्कीका अध्यक्ष भेषराज बराल हुनुहुन्थ्यो ।

तालिमका कक्षाहरुमा वित्तीय बजारमा साकोसको छवि, सञ्चालक समितिको काम, कर्तव्य र अधिकार, सञ्चालक समिति र व्यवस्थापनबीचको सम्बन्ध, साकोसले पल्र्सको विश्लेषण सहितको  वित्तीय व्यवस्थापन, क्षमतामा आधारित ऋण लगानी तथा ऋण असुली प्रक्रियामा सञ्चालक समिति र व्यवस्थापनको भूमिका, भाखा नाघेको ऋण व्यवस्थापन लगायतका विषयहरुमा सहजीकरण गरिएको थियो ।  तालिम सहजीकरण नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिना र तालिम अधिकृत उमेश कोईरालाले गर्नुभएको थियो ।

तालिममा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उपसमितिका पदाधिकारीहरु र कर्मचारी गरी २१ जनाको सहभागिता रहेको थियो ।

सोही अवसरमा तालिमका सहभागीहरुले सहकारी अध्ययन अवलोकन अन्र्तगत पोखरा रोयल साकोस, पोखरा र जनकल्याण साकोस, धाडिङ्ग को अध्ययन अवलोकन गरेका थिए । अवलोकनका क्रममा एकअर्का साकोस बीचको सिकाइ आदानप्रदान गरिएको थियो भने सकोसहरुले प्रयोगमा ल्याएका नविन प्रविधिहरुको बारेमा जानकारी लिइएको सामूहिक साकोसका व्यवस्थापक कविन्द्र धौवन्जारले जानकारी गराउनुभयो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप