‘हेडसर’ यज्ञराज ढुङ्गेल भन्नुहुन्छ ‘यस्तो हुन्छ सहकारी’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘हेडसर’ यज्ञराज ढुङ्गेल भन्नुहुन्छ ‘यस्तो हुन्छ सहकारी’

आखिर कस्तो हुन्छ सहकारी ‘हेडसर’ ? नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलसँग उहाँको कक्षमा आज दिउँसो भेटिनुभएका अग्रज सहकारी अभियन्ता यज्ञराज ढुङ्गेलसँग यो पक्तिकारको पहिलो प्रश्न थियो । केही समयअघि फोन र इमेलमार्फत साकोस आवाजमै ‘हेडसरका सहकारी भोगाइ र भावहरु’ शीर्षकमा अनुभव र उमेर दुबै हिसाबले पाका सहकारी अभियन्ता ढुङ्गेलको ‘बायोग्राफिकल’ अन्तर्वार्ता गरेपनि प्रत्यक्ष भेटको पहिलो मेसो आज जुरेको थियो । सुस्पष्ट वक्ता ढुङ्गेल आफ्ना अमुल्य प्रकाशनहरुको कोसेली लिएर नेफ्स्कून आउनुभएको थियो । तीमध्ये पंक्तिकारको बिशेष चासो ५६ पृष्ठको पछिल्लो पुस्तक ‘यस्तो हुन्छ सहकारी’ प्रति थियो । आजको प्रश्नोत्तर त्यसैको सेरोफेरोमा चल्यो ।

‘मुल्य, मान्यता र सिद्धान्तको परिधिभित्र सञ्चालन हुन्छ सहकारी’ पहिलो प्रश्नको जवाफ आयो, ‘सिद्धान्तबाट रत्तिभर स्खलित हुन पाइदैन । सिद्धान्तको टेको बलियो हुन्छ सहकारीको । यस्तो हुन्छ सहकारी ।’ दोलखामा सहकारी बिजारोपण गर्दा होस् वा लामोसमय जनसचेतन साकोसको नेतृत्व गर्दा होस् वा प्रशिक्षणको क्रममा होस्, जतासुकै र जहिलेपनि सिद्धान्त, मुल्य र मान्यतामै आफुले जोड दिदै आएको ढुङ्गेलले दोहोर्याउनुभयो ।

पछिल्लो पुस्तक प्रकाशनको साइत कसरी जुर्यो भन्ने अर्को प्रश्नमा दोलखाली सहकारी अभियानका धरोहर ढुङ्गेलले सुनाउनुभयो, ‘दोलखाको काब्रेस्थित जनसचेतन साकोसमा आमन्त्रित सहकारी अगुवा दीपकप्रकाश बास्कोटालाई हेडसर पुस्तक दिने मौका पाएँ । उहाँले पुस्तक अद्योपान्त पढ्नुभएछ । केही समयपछि म र अन्य ३ सहकारी अगुवाहरु बास्कोटा, कैलाशभक्त प्रधानाङ्ग र ऋषिराज घिमिरेबीच भेट भयो । त्यसैदिन दीपक दाइले ‘हेडसर पुस्तक अत्यन्तै मनपर्यो, पुस्तकभित्रको सहकारी पाटो मात्रै म छुट्टै प्रकाशन गर्छु’ भन्ने प्रस्ताव राख्नुभयो । २०७७ साल कार्तिक १ गते विमोचित ‘हेडसर’ ढुङ्गेलको जीवनी हो, ‘अटोबायोग्राफी’ हो भने 'यस्तो हुन्छ सहकारी' त्यसभित्रको हेडसरको सहकारी जीवन। 

बास्कोटाको त्यस्तो पुनित प्रस्तालाई कसरी नाइँ भन्नु । ढुङ्गेलले सहर्ष ‘हुन्छ’ भन्नुभयो । यसरी तयार भयो सहकारी तिर्खा मेटाउने सानो तर खदिलो पुस्तक ‘यस्तो हुन्छ सहकारी ।’

राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेशस्तरीय साधारण सभाको दिन पुस २४ गते शनिबार पुस्तक बिमोचित भयो । सोही दिन ढुङ्गेल बैंकको सिफारिशमा नेपालको सहकारी अभियानमा उल्लेख्य योगदान गरेबापत एशियाली ऋण महासंघ (अकू) ले प्रदान गर्ने घोषणा गरेको 'Outstanding Credit Union Volunteer Award' बाट सम्मानित समेत हुनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले ढुङ्गेललाई उक्त अवार्डबाट सम्मानित गर्नुभएको थियो । ‘पुस्तकमा केही थपिएको पनि छ कि ?’ पंक्तिकारको अर्को प्रश्न थियो । सहकारी मुल्य, मान्यता र सिद्धान्तसँग अनुभवको तादात्म्यता जोड्ने विषय केही थपिएको उहाँले सुनाउनुभयो । प्रकाशक दीपकप्रकाश बास्कोटा रहनुभएको पुस्तकको बिक्री मुल्य १५० रुपैयाँ राखिएको छ । राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून लगायत सहकारी निकायका सञ्जालमार्फत देशका कुना काप्चाका अध्येताहरुसम्म पुर्याउने जमर्कोको सिलसिलामा नै ढुङ्गेल आज नेफ्स्कून आइपुग्नुभएको थियो ।

केही समयअघि आफ्नो फेसबुक पेजमा पोष्ट गरिएको कुरा हेडसरले दोहोर्याउनुभयो, ‘खासमा मैले त पुस्तकमा केही देखिनँ, अरु धेरैलाई पनि पुस्तक दिए, उनीहरु कसैले पनि केही देखेनन् तर दीपक दाइले धेरै कुरा देख्नुभयो, उहाँका आँखा अर्कै रहेछन् । पुस्तक भित्रको सहकारी गुह्य बास्कोटाको अन्तर्चक्षुले दृष्टिगोचर गर्यो । सहकारी ऐन निर्माणदेखि राष्ट्रिय सहकारी विकास बोर्डको पहिलो अध्यक्ष, राष्ट्रिय सहकारी महासंघको पहिलो अध्यक्ष बन्दै त्यसको दिगोपनाका आधारहरु र अन्तर्राष्ट्रिय सम्बन्धका ढोकाहरु खोल्ने काममा लाग्नुभएका अनुभवी बास्कोटाले हेडसर पुस्तकभित्र अर्को सहकारी पुस्तक देख्नुभएको ढुङ्गेलले बताउनुभयो ।

यस्तो ढुङ्गेललाई मात्र होइन, अरु धेरैलाई हुन्छ । राष्ट्रकवि माधव घिमिरेले पत्नी वियोगमा भक्कानिएका भावहरुलाई आँसु र अक्षरसँगै पोख्दा जन्मिएको ‘गौरी’ खण्डकाव्य पाठकहरुले अत्यधिक रुचाएको प्रसङ्ग यही पंक्तिकारसँगको निक्कै वर्षअघिको अन्तर्वार्तामा कोट्याउनुभएको थियो । हेडसरको प्रसङ्गमा पनि त्यस्तै भयो । ‘हेडसर’ पुस्तकभित्रबाट अर्को पुस्तक जन्मियो ‘यस्तो हुन्छ सहकारी’ र त्यसको श्रेय उहाँ बास्कोटालाई दिनुहुन्छ । ‘दिपक दाइ पछिल्लो समय जे अभियान (आध्यात्मिक जागरण) मा लाग्नुभएको छ’, ढुङ्गेलले अगाडि सुनाउनुभयो, ‘उहाँले मेरो पुस्तकबाट सहकारीको पाटोमात्रै छापेर देशका नेताहरुकोमा पनि पुर्याउर्ने कुरा गर्नुभयो ।’

पुस्तकमा उल्लेख छ ‘सहकारी मेरो जीवनको आर्दश’ । अनि उल्लेख छ ‘परिश्रम र इमान्दारी मेरो जीवनको गहना हुन् ।’ आफ्नो बानी सन्तानहरुले पनि अनुसरण गरेको भन्दै परिवारप्रति पनि कृतज्ञता व्यक्त गर्नुभएको छ ढुङ्गेलले । पुस्तकमा INDECUA, PEARLS, ACCESS का कुराहरु अटाएका छन् । २०४२ सालदेखि निरन्तर सहकारीमा आबद्ध ढुङ्गेल पुस्तकमा लेख्नुहुन्छ,‘ मैले सहकारीको ढोका खोलेँ । सहकारीका कारण मेरो लागि विदेश यात्राको ढोका खुल्यो । सहकारीको नेतृत्व वास्तविक सहकारीकर्मीहरुबाट हुन सकेको छैन । वास्तविक सहकारी खडा गर्न सकिन्छ ।’ पुस्तकमा कमीकमजोरीहरुदेखि सशस्त्र द्धन्द्धको प्रभावसँगै मुख्यता आफ्नो सहकारी बुझाइ प्रमुख रुपमा चित्रित भएको उहाँले प्रष्ट पार्नुभयो । 

ससर्ती पढ्दा सहकारी अनभिज्ञता हुँदै सिकाइ, भोगाइ, देखाइ, सुनाइ हुँदै फैलिएको ढुङ्गेलको अनुभव पुस्तकमा पोखिएको छ । ‘सहकारीका मुल्य र मान्यता एक रौं पनि दायाँबायाँ गर्नुहुँदैन, अरुलाई पनि यही भन्छु, ’ फेरि थप्नुभयो, ‘सहकारीका मुल्य, मान्यता र सिद्धान्त भनेको रेलको लीक हो, यो लीक भित्र हिडे सहकारी हिड्छ, लीक छोड्यो भने दुर्घटना हुन्छ । यस्तो हुन्छ सहकारी । मेरो जहाँ पनि बोली त्यही हो, तालिम होस् कि भाषण होस् ।’

२०५० सालमा स्थापित जनसचेतनको सफलताको श्रेय पनि सहकारी मुल्य, मान्यता र सिद्धान्तको पूर्ण परिपालना नै भएको हाल उक्त साकोसका प्रमुख संरक्षक ढुङ्गेलले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सिद्धान्त, मुल्य र मान्यताप्रतिको मेरो निष्ठाका भावहरु दीपक दाइलाई सही लाग्यो होला र त उहाँले छुट्टै पुस्तक निकाल्ने सोच सुनाउनुभयो ।’

सिद्धान्त र व्यवहारमा फरक हुन्छ वा हुनुपर्छ सबै कुरा सिद्धान्तका आधारमा मात्र चलेर हुन्छ र ? बेलाबखत सुनिने कुरा हो । पंक्तिकारको अर्को जिज्ञासा त्यही थियो । ढुङगेल हेडसरको खरो जवाफ आयो, ‘सिद्धान्तकै आधारमा त हो नि नियम, कानून र नीतिहरु बनाउने । व्यवहार हेर्छु भनेर सिद्धान्त नै छोड्ने किसिमको नीति, नियम बनाउन त मिल्दै मिल्दैन । सिद्धान्तभित्रको व्यवाहारिकता मात्रै सहकारी हो । सिद्धान्तबाट बाहिर निस्केर सञ्चालन हुने त सहकारी नै होइनन् नि । 

‘पुस्तक पढ्ने मात्र होइन मनन पनि गर्ने हो भने मलाई लाग्छ सबै व्यक्ति लीक भित्र हिड्छन् । किताब सानो, लेखाइ थोरै तर गहन छ । गहन रहेछ भनेर दीपक दाइले भनेपछि मैले बुझेँ’ फेरि श्रेय दीपक प्रकाश बास्कोटालाई नै दिनुभयो । जनसचेतनको सुरुवात, त्यसको विकास, ढुङ्गेल लगायतकाहरुलाई सहकारी सिकाउने व्यक्तिहरु पनि पुस्तकमा समेटिएको उहाँले बताउनुभयो । यसरी सहकारीका अग्रणी व्यक्तिसँगको आज अपरान्हको संक्षिप्त भेट बिट मारियो ।

२००३ साल साउन ९ गते हालको बैतेश्वर गाउँपालिका वडा नं. ४ पोखरे, दोलखा जिल्लामा जन्मनुभएका ढुङ्गेलको अगुवाइमा २०५० सालमा स्थापित जनसचेतन साकोसको उहाँले २० वर्ष नेतृत्व गर्नुभयो । उहाँकै अध्यक्षताकालामा जनसचेतनले एसिया प्रशान्तस्तरको एक्सेस ब्राण्ड प्राप्त गरेको थियो । ढुङ्गेल नेफ्स्कूनका पूर्व सञ्चालक पनि हुनुहुन्छ । 

(ढुङ्गेलको सहकारी अनुभवले खारिएको पुस्तक नेफ्स्कूनमा उपलब्ध छ ।)
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप