'समृद्धिमा सहकारीको महत्वपूर्ण भूमिका'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 'समृद्धिमा सहकारीको महत्वपूर्ण भूमिका'

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्रिय सहकारी विकास बोर्डको सह-अध्यक्षमा नियुक्त मित्रराज दवाडीलाई नियुक्ति पत्र प्रदान गर्नुका साथै प्रतिबद्धता जाहेर गराउनुभएको छ । आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले खारेजीको चरणमा पुगेको सहकारी बोर्डले पुर्नजीवन पाएको बताउँदै सहकारी क्षेत्रलाई सही दिशामा लैजान बोर्डले अहम् भुमिका खेल्नुपर्ने बताउनुभयो ।  हालै मन्त्री परिषदले चितवनका सहकारी अभियन्ता दवाडीलाई बोर्डको सह अध्यक्षमा नियुक्त  गरेको थियो । सहकारी बोर्डको अध्यक्ष समेत रहनुभएकी मन्त्री श्रेष्ठले नीतिगत रुपमा देखिएका समस्या हल गर्दै सहकारी क्षेत्रलाई अनुशासित र मर्यादित बनाउन जोड दिनुपर्ने बताउनुभयो । देशको सापेक्षता र मौलिक ढंगबाट सहकारी क्षेत्रलाई अगाडी बढाउनु पर्नेमा उहाँको जोड थियो । सहकारीका सर्वमान्य सिद्धान्त, मूल्य र मान्यता अनुसार सहकारीलाई अगाडी बढ्न र बढाउन सहकारी बोर्डको भूमिका महत्वपूर्ण हुने मन्त्री श्रेष्ठले बताउनुभयो ।

संविधानमा नै व्यवस्था गरिएको अर्थतन्त्रको तीन खम्बे नीति अनुरुप देशलाई समृद्धिको दिशामा लैजान सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुनेमा उहाँले जोड दिनुभयो । सहकारी क्षेत्रको सुधारका लागि मन्त्रालयको सधै साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रसँग चुनौती र अवसर रहेकाले संभावनाको खोजी गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

सहकारी क्षेत्रले रोजगारी सिर्जना र गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा उहाँले जोड दिनुभयो । मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले सहकारी क्षेत्रमा सुधार आवश्यक रहेको बताउनुभयो । सहकारी बोर्डको आवश्यकता र औचित्य अझै छ भन्ने कुराको पुष्टी गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो । नवनियुक्त सहअध्यक्ष दवाडीले सहकारी क्षेत्रमा रहेका समस्या समाधान गर्न नीतिगत  पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप